भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति, केन्द्रीय समिति

  • Home
  • India
  • Darjeeling
  • भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति, केन्द्रीय समिति

भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति, केन्द्रीय समिति भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति

शहीद दिवसको पावन अवसरमा श्रद्धाञ्जलीआजको पावन शहीद दिवस को अवसरमा भारतीय गोर्खा युवा शक्ति केन्द्रीय समितिका अध्यक्ष अमृ...
27/07/2026

शहीद दिवसको पावन अवसरमा श्रद्धाञ्जली

आजको पावन शहीद दिवस को अवसरमा भारतीय गोर्खा युवा शक्ति केन्द्रीय समितिका अध्यक्ष अमृत योन्जनद्वारा सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो।

हाम्रो पहिचान, अस्तित्व, अधिकार र उज्ज्वल भविष्यका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ती महान् शहीदहरूको बलिदान कहिल्यै बिर्सन सकिँदैन। उहाँहरूको त्याग, साहस र समर्पणले आज पनि हामीलाई सत्य, न्याय र अधिकारको मार्गमा दृढतापूर्वक अघि बढ्न प्रेरणा दिइरहेको छ।

अमर शहीदहरूको सपना साकार पार्नु नै उहाँहरूप्रति सच्चा सम्मान हुनेछ। उहाँहरूको योगदानलाई सधैं उच्च सम्मानका साथ स्मरण गर्दै सम्पूर्ण अमर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

“अमर शहीदहरू अमर रहून्!”

 #बिपेन गोलेलाई भागोप्रमो कालेबुङ जिल्ला समितिको युवाशक्ति संयोजकको रुपमा नियुक्त गरिएको छ!
18/07/2026

#बिपेन गोलेलाई भागोप्रमो कालेबुङ जिल्ला समितिको युवाशक्ति संयोजकको रुपमा नियुक्त गरिएको छ!

भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रीय समितिको तत्वधानमा आज खरसाङको नयाँ बजारस्थित सामूहिक भवनमा युवा जनसभा आ...
05/07/2026

भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रीय समितिको तत्वधानमा आज खरसाङको नयाँ बजारस्थित सामूहिक भवनमा युवा जनसभा आयोजना गरियो। आजको जनसभामा खरसाङ महकुमा अन्तर्गतका विभिन्न समष्टिका युवा शक्तिका सदस्यहरूले भाग लिएका थिए।

युवा शक्ति खरसाङ महकुमा समितिका महासचिव ब्रिगेन मिश्रले भने, "हामीलाई यो समय विष उगाल्ने नेता होइन तर विष पिउने नेता चाहिएको छ। यो समय टुक्रिने होइन तर जातीय एकीकरणको निम्ति काम गर्ने समय आएको छ।"

प्रेस विज्ञप्ति ....अनित थाप ज्युले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन (GTA) को प्रमुख पदबाट राजीनामा दिनु समय सापेक्ष र पर...
17/06/2026

प्रेस विज्ञप्ति ....

अनित थाप ज्युले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन (GTA) को प्रमुख पदबाट राजीनामा दिनु समय सापेक्ष र परिस्थितिअनुकूल निर्णय हो। हामी यस निर्णयलाई सकारात्मक दृष्टिकोणले हेर्दै स्वागत गर्दछौं।

नेतृत्व भनेको केवल पदमा रहिरहनु मात्र होइन, आवश्यक पर्दा संगठन, विचार र क्याडरहरूको दीर्घकालीन हितका लागि एउटा कदम पछाडि हट्ने साहस पनि हो। इतिहासले प्रमाणित गरेको छ कि असल नेताले व्यक्तिगत पदभन्दा आन्दोलन, संगठन र जनताको हितलाई सधैं माथि राख्छन्।

त्यसैले यस घटनालाई लिएर हाम्रा कुनै पनि क्याडर, समर्थक तथा शुभेच्छुकहरू निराश वा हतास हुनु आवश्यक छैन। संघर्षको यात्रा उतारचढावले भरिएको हुन्छ, तर लक्ष्यप्रति हाम्रो प्रतिबद्धता, एकता र विश्वास कहिल्यै कमजोर हुनु हुँदैन।

आजको यो निर्णयलाई अन्त्यको रूपमा होइन, नयाँ रणनीति, नयाँ ऊर्जा र अझ सशक्त यात्राको सुरुवातको रूपमा लिनुपर्छ। संगठन बलियो छ, विचार बलियो छ, र सबैभन्दा महत्वपूर्ण कुरा—हाम्रा कार्यकर्ता र जनताको विश्वास बलियो छ।

हामी सबै क्याडरहरूलाई धैर्य, अनुशासन र एकता कायम राख्दै संगठनको पक्षमा दृढतापूर्वक उभिन आग्रह गर्दछौं। समय बदलिन्छ, परिस्थिति बदलिन्छ, तर लक्ष्यप्रतिको हाम्रो प्रतिबद्धता कहिल्यै बदलिनु हुँदैन।

एकता हाम्रो शक्ति हो, धैर्य हाम्रो अस्त्र हो, र जनताको विश्वास हाम्रो सबैभन्दा ठूलो पूँजी हो।

- अमृत योञ्जन
अध्यक्ष
सदर १ समष्टि
तथा
युवा शक्ति
केन्द्रिय समिति

Anit Thapa BGPM News Gorubathan Web Following

जनआकाङ्क्षा र पहाडको हितलाई सर्वोपरि राख्दै अध्यक्ष श्री अनित थापाज्यूद्वारा चालिएको दूरदर्शी कदम: युवा शक्तिको ऐक्यबद्ध...
17/06/2026

जनआकाङ्क्षा र पहाडको हितलाई सर्वोपरि राख्दै अध्यक्ष श्री अनित थापाज्यूद्वारा चालिएको दूरदर्शी कदम: युवा शक्तिको ऐक्यबद्धता!

​ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (BGPM) का आदरणीय केन्द्रीय अध्यक्ष श्री अनित थापाज्यूले आज फेसबुक भिडियोमार्फत जीटीए (GTA) प्रमुख र सभासद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ।

​पहाडको शान्ति, सुरक्षा र आम जनताको उच्च आकांक्षालाई मध्यनजर राख्दै उहाँले जनहितमा चाल्नुभएको यो कदम अत्यन्तै संवेदनशील, दूरदर्शी र साहसिक छ। पदभन्दा पहाड र गोर्खाहरूको भविष्य ठूलो हो भन्ने कुरा उहाँको यो त्यागले प्रष्ट पारेको छ। पहाडको राजनीतिक इतिहासमा जनभावनाको कदर गर्दै लिइएको यो निर्णय अत्यन्तै उदाहरणीय, ऐतिहासिक र दूरगामी महत्वको छ। हामी उहाँको यस जनहितकारी कदम र भावनाको उच्च कदर गर्दछौं।

​युवा शक्ति केन्द्रीय समितिको तर्फबाट हामी सम्पूर्ण केन्द्रीय पदाधिकारीहरू, क्षेत्रगत युवा नेतृत्व, देश-विदेशमा रहनुभएका हाम्रा ऊर्जावान युवा कार्यकर्ता तथा समर्थकहरू यो दृढ घोषणा गर्न चाहन्छौँ कि— पदमा रहँदा होस् वा नरहँदा, हाम्रो पूर्ण समर्थन, अटल आस्था र भरोसा सदैव जननेता श्री अनित थापाज्यू र BGPM पार्टीप्रति अविचलित रहनेछ। अध्यक्षज्यूको यो ऐतिहासिक त्यागको घडीमा सिंगो युवा शक्ति उहाँको नेतृत्वमा चट्टान झैँ बलियो भएर उभिने सङ्कल्प गर्दछ।
​पार्टीको उच्च आदर्श, उच्च विचार र पहाडको विकास अनि मुक्तिको जुन महान उद्देश्य छ, त्यसलाई जीवन्त राख्न हामी अझ सशक्त रूपमा मैदानमा उभिनेछौँ। अनित थापाज्यूको नेतृत्वमा हाम्रो संघर्ष र सेवाको यात्रा निरन्तर जारी रहनेछ।

​“विचार कहिल्यै मर्दैन, संकल्प कहिल्यै झुक्दैन!”

​जय गोर्खा, जय BGPM! ✊

​छिरिङ भोटिया
सांगठनिक सचिव
युवा शक्ति केन्द्रीय समिति
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा

दुःखको घडीमा साथ दिने मानवीय उदाहरण : आगलागी पीडित अरुण छेत्रीलाई भेट्न पुगे युवा शक्ति केन्द्रिय अध्यक्ष अमृत योञ्जनविग...
31/05/2026

दुःखको घडीमा साथ दिने मानवीय उदाहरण : आगलागी पीडित अरुण छेत्रीलाई भेट्न पुगे युवा शक्ति केन्द्रिय अध्यक्ष अमृत योञ्जन

विगत २९ मेको साँझ अचानक भएको सर्ट सर्किटका कारण चुङथुङ निवासी युवा शक्ति केन्द्रिय उपाध्यक्ष तथा बिजनबारी पञ्चायत समितिका कर्माध्यक्ष श्री अरुण छेत्रीको घरमा भीषण आगलागी भएको थियो। उक्त दुःखद घटनाले उनको परिवारलाई ठूलो क्षति पुर्‍याउनुका साथै भावनात्मक रूपमा समेत विक्षिप्त बनाएको छ।

यस कठिन र पीडादायी अवस्थामा उहाँलाई एक्लो महसुस हुन नदिन युवा शक्ति परिवार उहाँको साथमा उभिएको छ। सोही क्रममा युवा शक्ति केन्द्रिय अध्यक्ष श्री अमृत योञ्जन नेतृत्वको टोली आगलागी प्रभावित निवासमा पुगेर पीडित परिवारसँग भेटघाट गर्दै दुःखमा सहभागी बनेका छन्।

भेटका क्रममा अध्यक्ष योञ्जनले पीडित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै यस कठिन परिस्थितिबाट पुनः उठ्न आवश्यक पर्ने सहयोग र साथ सदैव उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले दुःखको समयमा एकअर्काको हात समात्नु नै साँचो संगठन, साँचो मित्रता र साँचो मानवीयताको परिचय भएको बताउनुभयो।

उक्त अवसरमा पार्टीका केन्द्रिय सदस्य श्री निर्मल छेत्री, समष्टि सभासद् श्री सन्दिप छेत्री तथा अन्य केन्द्रिय सदस्यहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैले पीडित परिवारलाई धैर्य र साहसका साथ यो संकटको सामना गर्न आग्रह गर्दै आवश्यक सहयोगका लागि सधैं साथ रहने विश्वास दिलाएका थिए।

जीवनमा आउने यस्ता अप्रत्याशित विपत्तिहरूले भौतिक संरचना नष्ट गर्न सक्छन्, तर आत्मबल, एकता र सद्भावलाई कहिल्यै हराउन सक्दैनन्। यही एकता र मानवीय भावनाले श्री अरुण छेत्री तथा उहाँको परिवारलाई पुनः नयाँ आशा र ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।

दुःखमा साथ दिने हातहरू नै सम्बन्धको वास्तविक परिचय हुन्।

युवा नै हुन् पार्टीको असली मेरुदण्ड!आज दार्जिलिङ जजबजारस्थित केन्द्रीय पार्टी कार्यालयमा 'युवा शक्ति' केन्द्रीय समितिको ...
21/05/2026

युवा नै हुन् पार्टीको असली मेरुदण्ड!

आज दार्जिलिङ जजबजारस्थित केन्द्रीय पार्टी कार्यालयमा 'युवा शक्ति' केन्द्रीय समितिको निर्देशमा एक महत्त्वपूर्ण सभा भव्यताका साथ सम्पन्न भयो।

उक्त सभालाई सम्बोधन गर्दै।
युवा अध्यक्ष अमृत योञ्जन ज्यूले युवावर्गको काँधमा पार्टीको ठूलो जिम्मेवारी रहेको बताउनुभयो।
उहाँले भन्नुभयो —
"हामी युवाहरू आफ्नो पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा को प्रति सदैव मेरुदण्ड भएर उभिनेछौँ र पार्टीलाई अझ उचाइमा पुर्‍याउन प्रतिबद्ध रहनेछौँ।"

युवाहरूको यो जोश र संकल्पले पार्टीको भविष्य अझ उज्ज्वल र सवल हुने निश्चित छ।

Address

Darjeeling
734101

Website

Alerts

Be the first to know and let us send you an email when भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति, केन्द्रीय समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share