Gorkha Janmukti Morcha

Gorkha Janmukti Morcha Gorkha Janmukti Morcha (GJM) is a political party founded on 7 October 2007, by Sri Bimal Gurung as

"डीआई फण्ड तथा डेभलपमेन्ट एरियाको जमिनसम्बन्धी जनजागरण सभा सम्पन्न" #कालेबुङ, ५ सेप्टेम्बर २०२६।गोर्खा जनमुक्ति मोर्चा क...
05/09/2026

"डीआई फण्ड तथा डेभलपमेन्ट एरियाको जमिनसम्बन्धी जनजागरण सभा सम्पन्न"

#कालेबुङ, ५ सेप्टेम्बर २०२६।
गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समितिको पहल तथा जिल्ला समिति संयोजक निमा तामाङको अगुवाइमा कालेबुङ नगरपालिका क्षेत्रअन्तर्गत डीआई फण्ड तथा डेभलपमेन्ट एरियामा बसोबास गर्ने स्थानीयवासीहरूको जमिनको पर्चापट्टा तथा जमिनसम्बन्धी अधिकारबारे जनजागरण सभा सम्पन्न भएको छ।
कालेबुङ नगरपालिका वार्ड नम्बर २१ अन्तर्गत अपर कार्ट रोडस्थित रानीवन सामाजिक भवनमा आयोजित उक्त सभामा वार्ड नम्बर २१ का कल्याण समाज, बेला समाज, नवदीप समाज, एकता समाज तथा कञ्चनजङ्घा समाजका प्रतिनिधिहरूका साथै जमिनसम्बन्धी विषयमा सरोकार राख्ने स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभामा डीआई फण्ड तथा डेभलपमेन्ट एरियाको जमिन, पर्चापट्टा प्राप्त गर्ने प्रक्रिया, स्थानीयवासीका अधिकार तथा यस विषयमा देखिएका विभिन्न समस्याबारे छलफल गर्दै जनतालाई आफ्नो जमिनसम्बन्धी अधिकार र कानुनी प्रक्रियाबारे सचेत गराउने विषयमा जोड दिइयो। गोर्खा जनमुक्ति मोर्चाले डीआई फण्ड तथा डेभलपमेन्ट एरियामा बसोबास गर्ने जनसमुदायलाई आफ्नो जमिन तथा अधिकारसम्बन्धी विषयमा जागरूक बनाउने उद्देश्यले विभिन्न स्थानमा यस्ता जनजागरण सभा तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

कार्यक्रममा गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समिति संयोजक निमा तामाङ, युवामोर्चा महासचिव बालकृष्ण थापा जिल्ला सचिव सुरज बाग्दास, ३५ नम्बर समष्टि संयोजक दिप थापा तथा उत्तम छेत्रीको उपस्थिति रहेको थियो।

ग्राम पञ्चायतमा Skilled Technical Person (एस० टी० पी०) हरूले भोगिरहेका समस्याहरूलाई लिएर आज दार्जीलिङ पहाडको ११२ वटा पञ्...
05/09/2026

ग्राम पञ्चायतमा Skilled Technical Person (एस० टी० पी०) हरूले भोगिरहेका समस्याहरूलाई लिएर आज दार्जीलिङ पहाडको ११२ वटा पञ्चायत अन्तर्गतका एस० टी० पी० हरूले गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष श्रीमान बिमल गुरुङ संग भेटवार्ता गरि आफ्नो समस्याहरू राखेका छन् ।

५ सेप्टेम्बर २०२६ दार्जीलिङ
दार्जीलिङ पहाडका ११२ वटा पञ्चायत अन्तर्गतका एस० टी० पी० हरूले आफ्नो स्थायी समाधानको निम्ति राज्य सरकार अनि क्षेत्रीय सरकार लगायत पञ्चायत सम्बन्धित निकायहरूमा धेरै गुहार लगाएर ज्ञापन पत्र चढाएता पनि अझ सम्म कुनै पहल नगरेको गुनासो पोख्दै पञ्चायतमा एस० टी० पी० बिना सरकारले पञ्चायती क्षेत्रको बिकाश गर्न धेरै गाह्रो हुन्छ , जबसम्म पञ्चायतमा एस० टी० पी० हरूको समस्या समाधानको मार्ग खोलिन्दैन तबसम्म वर्तमान पञ्चायत राजमा आएका बिकाशका कार्यहरू सुचारू रूपमा चल्न गाह्रो पर्नेछ।

२२ वर्ष पश्चात पहाडमा लागु भएको पञ्चायत राजमा पूर्ण रूपमा Qualified भएर अस्थायी रूपमा काम गरिरहेको सम्पूर्ण Skilled Technical Person (STP) हरूलाई पनि निर्माण सहायकको रूपमा होस् अत् अन्य कुनै पनि पञ्चायती ठाउँहरूमा स्थायी रूपमा ब्यवस्थित गरिदियोस् भन्ने गुहार समस्त दार्जीलिङ पहाडको पञ्चायत सम्बन्धित जोडिएका एस० टी० पी० (Skilled Technical Person) को तर्फबाट गोजमुमो अध्यक्ष श्रीमान बिमल गुरुङ समक्ष राखेका छन् ।

गोजमुमो अध्यक्ष बिमल गुरुङ ज्युले समस्त पञ्चायत सम्बन्धित एस० टी० पी० हरूको समस्याहरूलाई सुने पश्चात यो समस्या चाँडो भन्दा चाँडो समाधान गरिनु पर्छ जसको निम्ति गोजमुमोको तर्फबाट दार्जीलिङ जिल्ला अधिकारी (DM) दार्जीलिङ, खरसाङ, कालेबुङका बिधायक लगायत राज्यका पञ्चायत मन्त्री अनि पञ्चायत सचिव समक्ष यस जटिल विषयमा कुरा राखिदिने भनी सभाबाट नै क्षेत्रीय जीटीए सरकारका अधिकारी अनि राज्य सरकार पञ्चायत अधिकारीहरू संग फोन मार्फत पनि कुरा राखिदिएका छन् ।

५ सेप्टेम्बर २०२६ सिलगढीगोर्खा जनमुक्ति मोर्चा, सिलगडी–तराई तथा डुवर्स को संयुक्त पहलमा मतिगडा–नक्सलबाडी विधानसभा क्षेत्...
05/09/2026

५ सेप्टेम्बर २०२६ सिलगढी
गोर्खा जनमुक्ति मोर्चा, सिलगडी–तराई तथा डुवर्स को संयुक्त पहलमा मतिगडा–नक्सलबाडी विधानसभा क्षेत्रका विधायक तथा पश्चिम बङ्गाल सरकारका राज्य मन्त्री माननीय श्री आनन्दमय बर्मणज्यू लाई एक महत्वपूर्ण ज्ञापनपत्र बुझाइएको छ।

उक्त ज्ञापनपत्रमार्फत सिलगडी–तराई तथा डुवर्स क्षेत्रमा रहेका ३९६ वटा गोर्खा बाहुल्य मौजाहरूलाई समावेश गरी मात्र गोर्खाहरूको दीर्घकालीन एवं स्थायी संवैधानिक राजनीतिक समाधान गरिनुपर्ने माग स्पष्ट रूपमा राखिएको छ।
गोर्खा समुदायको पहिचान, अधिकार, अस्तित्व र भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको यस महत्वपूर्ण विषयमा ३९६ गोर्खा बाहुल्य मौजाहरूलाई समेटेर गरिने संवैधानिक समाधान नै न्यायोचित, स्थायी र स्वीकार्य समाधान हुनुपर्ने हाम्रो स्पष्ट धारणा रहेको छ।

यस विषयमा सम्बन्धित निकाय तथा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, गोर्खा समुदायको दीर्घकालीन हित र आकांक्षालाई सम्बोधन गर्ने दिशामा सकारात्मक पहलका लागि आग्रह गरिएको छ।

गोर्खा जनमुक्ति मोर्चा
सिलगडी–तराई तथा डुवर्स

गोर्खा जनमुक्ति मोर्चा, मिरिक महकुमा समितिको प्रतिनिधिमण्डलद्वारा राज्य-मन्त्री आनन्दमय बर्मनसित भेटवार्ता ।५ सेप्टेम्बर...
05/09/2026

गोर्खा जनमुक्ति मोर्चा, मिरिक महकुमा समितिको प्रतिनिधिमण्डलद्वारा राज्य-मन्त्री आनन्दमय बर्मनसित भेटवार्ता ।

५ सेप्टेम्बर २०२६ सिलगढी
गोर्खा जनमुक्ति मोर्चा, मिरिक महकुमा समितिका चार सदस्यीय प्रतिनिधिमण्डलले आज पश्चिम बङ्गाल सरकारका वाणिज्य तथा यातायात विभागीय राज्य-मन्त्री माननीय श्री आनन्दमय बर्मनसित शिष्टाचार भेट गरी क्षेत्रसँग सम्बन्धित विविध समसामयिक विषयहरूमा महत्वपूर्ण चर्चा-परिचर्चा गरेको छ।

भेटवार्ताका क्रममा मिरिक महकुमा तथा पहाडी क्षेत्रका जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा सकारात्मक विचार-विमर्श भएको थियो।

पेशाले शिक्षक रहनुभएका माननीय राज्य-मन्त्री श्री आनन्दमय बर्मनलाई शिक्षक दिवसको अवसरमा प्रतिनिधिमण्डलले हार्दिक शुभकामना व्यक्त गर्दै शिक्षा, समाज र राष्ट्र निर्माणमा शिक्षकहरूको महत्वपूर्ण योगदानप्रति सम्मान व्यक्त गर्‍यो। साथै, उहाँको सार्वजनिक जीवन तथा राजनीतिक यात्राको निरन्तर सफलता, सुस्वास्थ्य र उज्ज्वल भविष्यको कामना गरिएको छ।

भेटका क्रममा राजनीतिक मतभिन्नताभन्दा माथि उठेर जनताको हित र सकारात्मक सहकार्यलाई केन्द्रमा राख्दै सौहार्दपूर्ण समन्वयका साथ अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिइएको थियो।

गोर्खा जनमुक्ति मोर्चा, मिरिक महकुमा समितिले आगामी दिनहरूमा पनि आफ्नो जातीय मुद्दाहलाई लोकतान्त्रिक र संस्थागत माध्यमबाट सम्बन्धित सरकार तथा निकायसमक्ष निरन्तर रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्ध रहेको छ।

"शिक्षक दिवसको हार्दिक शुभकामना"भारतका पूर्व राष्ट्रपति, महान् शिक्षाविद्, प्रख्यात विचारक तथा **‘भारत रत्न’** बाट सम्मा...
05/09/2026

"शिक्षक दिवसको हार्दिक शुभकामना"

भारतका पूर्व राष्ट्रपति, महान् शिक्षाविद्, प्रख्यात विचारक तथा **‘भारत रत्न’** बाट सम्मानित डा. सर्वपल्ली राधाकृष्णनको स्मरणमा मनाइने शिक्षक दिवसको पावन अवसरमा सम्पूर्ण शिक्षक, शिक्षिकाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
ज्ञान, संस्कार र शिक्षाको ज्योति फैलाउँदै समाज तथा राष्ट्र निर्माणमा निरन्तर योगदान पुर्‍याउनुहुने सम्पूर्ण गुरुजनप्रति यस अवसरमा हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछु।
शिक्षक दिवसको हार्दिक मंगलमय शुभकामना!

बिमल गुरुङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा
केन्द्रीय समिति, दार्जिलिङ

गोरुबथान, कालेबुङ जिल्ला अन्तर्गत पर्ने मिशन हिल चिया बगानमा मिशन हिल शाखाको तत्वावधानमा महत्वपूर्ण संगठनात्मक सभा सम्पन...
04/09/2026

गोरुबथान, कालेबुङ जिल्ला अन्तर्गत पर्ने मिशन हिल चिया बगानमा मिशन हिल शाखाको तत्वावधानमा महत्वपूर्ण संगठनात्मक सभा सम्पन्न भयो।

उक्त सभामा गोरुबथान महकुमा अन्तर्गत पर्ने ६ वटा चिया बगानका शाखा समितिका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सभामा संगठनलाई अझ सुदृढ एवं व्यवस्थित बनाउने विषयमा महत्वपूर्ण छलफल तथा विचार-विमर्श गरियो।

कार्यक्रममा गोर्खा जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य श्री चन्द्र योन्जनज्यू, गोरुबथान महकुमा अध्यक्ष श्री कुन्दन प्रधानज्यू तथा केन्द्रीय कोषाध्यक्ष श्री प्रभात राई (DTDPLU) लगायत विभिन्न शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

चिया बगानका श्रमिक तथा संगठनका साथीहरूको हक, हित र अधिकारका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धतासहित सभा सम्पन्न भयो।

एकता, संगठन र अधिकारको यात्रालाई अझ बलियो बनाउँदै अघि बढौँ। ✊

04/09/2026

लंकापाडा ग्राम पञ्चायतका १८ मध्ये १२ जना अखिल भारतीय तृणमूल कांग्रेसका पञ्चायत सदस्य गोजमुमोमा सामेल

४ सेप्टेम्बर २०२६ दार्जीलिङ
डुवर्सबाट गोजमुमोलाई लगातार समर्थन जनाउने क्रम यथावत् रहेको छ। यसैक्रममा लंकापाडा ग्राम पञ्चायतका कुल १८ जना पञ्चायत सदस्यमध्ये १२ जना सदस्य गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) मा सामेल भएका छन्। सामेल हुनेहरूमा ग्राम पञ्चायतका प्रधान, आशमाया सुब्बा उपप्रधान रविलाल लामा लगायत अन्य निर्वाचित सदस्यहरू क्रमैले बादल तुरी, कुन्दन मुन्डा, रामु कामी, याङकी तोप्देन भुटिया, प्रकृति तामाङ, सालु लामा, मेरी लामा, राजु विश्वकर्म, सोनाम गुरुङ रहेका छन्।

उनीहरूले दार्जिलिङको सिंहमारीस्थित गोजमुमोको केन्द्रीय कार्यालयमा पुगेर पार्टीप्रति आफ्नो समर्थन जनाउँदै औपचारिक रूपमा गोजमुमोमा सामेल भएका हुन्।

सो अवसरमा गोजमुमोको पक्षबाट खदार्पण गरी नवसमर्थकहरूलाई पार्टीमा स्वागत जनाइयो ।

04/09/2026

BGPM त्यागि गोर्खा जनमुक्ति मोर्चामा समर्थन

४ सेप्टेम्बर २०२६ सिहमारी
नागरी धजे १६ नम्बर समष्टि अन्तर्गत मलट ९ नम्बर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका पूर्व युवा शक्ति अध्यक्षको साथमा ३४ परिवारले पूर्व राजनैतिक दल त्यागेर गोर्खा जनमुक्ति मोर्चालाई समर्थन जनाएका छन् ।
समर्थनको क्रममा अध्यक्ष श्रीमान बिमल गुरुङ ज्युको बाहुलिबाट खदामाला गरि गोजमुमो परिवारमा स्वागत जनाएका छन् ।

"श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना"श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा देश,विदेशमा रहनुभएका सम्पूर्ण गोर्खे दाजुभाइ...
04/09/2026

"श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना"

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा देश,विदेशमा रहनुभएका सम्पूर्ण गोर्खे दाजुभाइ तथा दिदीबहिनीहरू र हिन्दू धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
भगवान श्रीकृष्णले हामी सबैलाई सत्य, धर्म, न्याय र एकताको बाटोमा अघि बढ्ने प्रेरणा प्रदान गरून्। हाम्रो गोर्खा जातिमा सुख, शान्ति, समृद्धि र एकता कायम रहोस् भन्ने कामना गर्दछु।

जय श्रीकृष्ण!

बिमल गुरुङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा
केन्द्रीय समिति दार्जीलिङ

03/09/2026

"चम्पासरी ग्राम पञ्चायतका निर्वाचित सदस्यसहित विभिन्न दलका नेता अनि कार्यकर्ता गोजमुमोमा सामेल"

३ सेप्टेम्बर २०२६ दार्जीलिङ

सिलगढी तराईको चम्पासरी ग्राम पञ्चायत क्षेत्रका निर्वाचित सदस्यसहित विभिन्न राजनीतिक दलसँग आबद्ध नेता तथा कार्यकर्ताहरू औपचारिक रूपमा गोर्खा जनमुक्ति मोर्चा पार्टीमा प्रवेश गरेका छन्।
चम्पासरी ग्राम पञ्चायतका निर्वाचित सदस्यहरू फुर्ब तामाङ, सुसन्ता सरकार र तपस रोय गोजमुमोमा सामेल भएका छन्। त्यसैगरि पूर्व पञ्चायत सदस्य प्रसन्जित शाह ले पनि गोजमुमोको सदस्यता ग्रहण गरेका छन्।
तामसाङ क्षेत्रका नयन गुरुङ सहित पोख्रेबुङ-चामुङ १५ नम्बर समष्टि बाट विभिन्न राजनीतिक दलसँग आबद्ध अन्य सदस्यहरूले समेत गोजमुमोको झण्डा समातेका छन्।
पार्टीमा प्रवेश गर्ने नेता तथा सदस्यहरूलाई गोजमुमो अध्यक्ष बिमल गुरुङ ले खदा लगाई स्वागत जनायो। कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।
विभिन्न राजनीतिक दलबाट नेता तथा कार्यकर्ताहरू गोजमुमोमा प्रवेश गरेसँगै पार्टीले यसलाई संगठन विस्तार र जनाधार थप मजबुत बनाउने दिशामा महत्वपूर्ण उपलब्धि का रूपमा लिएको छ।
नवप्रवेशी नेता तथा सदस्यहरूले गोजमुमोको नीति, सिद्धान्त र कार्यक्रमप्रति प्रतिबद्ध रहँदै आगामी दिनमा पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Address

Singamari, P. O. North Point
Darjeeling
734101

Website

Alerts

Be the first to know and let us send you an email when Gorkha Janmukti Morcha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gorkha Janmukti Morcha:

Shortcuts

Share