30/06/2026
भारतीय जनता युवा मोर्चा सियोक–गोपालधारा ओकेटी मण्डल समितिको विस्तार सम्पन्न।
भारतीय जनता युवा मोर्चा (BJYM) सियोक–गोपालधारा ओकेटी मण्डल समितिको विस्तार कार्यक्रम भारतीय जनता पार्टी सियोक–गोपालधारा मण्डल अध्यक्ष अमित छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा भाजपा मण्डल उपाध्यक्ष पुकार खड्का, मण्डल सचिवहरू वाङडुप तामाङ र धिरज ठकुरी तथा BJYM दार्जिलिङ जिल्ला सचिव राजा खड्कालगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विस्तारित समितिमा असिम छेत्री अध्यक्षमा चयन भएका छन्। त्यसैगरी उपाध्यक्षहरूमा दिपेश गिरी, रन्जित प्रधान, योगेश राई, पुकार राई, अजय खड्का, दिपेश गुरुङ, लोलछेन घिसिङ र निनान राई चयन भएका छन्।
महासचिवमा लोल्चेन तामाङ र भास्कर सिरपाली चयन भएका छन् भने सचिवहरूमा दिवस राई, आविष्कार तामाङ, प्रवेश राई, रमेश राई, अनिश छेत्री, सागर छेत्री, अजय छेत्री र सुनिल गिरी लाई जिम्मेवारी प्रदान गरिएको छ।
त्यसैगरी अनमोल छेत्री (बस्नेत) लाई आईटी सेल प्रभारी तथा निखिल राई लाई सोसल मिडिया सेल प्रभारीको जिम्मेवारी दिइएको छ।
कार्यक्रममा उपस्थित नेताहरूले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संगठनलाई अझ सशक्त, सक्रिय र जनमुखी बनाउँदै युवाहरूलाई संगठित गरी राष्ट्र निर्माण तथा समाज सेवामा अग्रसर हुन आग्रह गरेका थिए। नवगठित समितिले पनि संगठनको विचार, सिद्धान्त र जनसेवाप्रति पूर्ण प्रतिबद्धताका साथ कार्य गर्ने विश्वास व्यक्त गरेको छ।
BJYM West Bengal BJP Darjeeling Raju Bista Neeraj Bantawa Supendra Pradhan Bikram Chhetri Milan Sharma Ghimiray Agam Pradhan Gorkha Sidhant Adhikari Sawan S***a Swarup Limboo Reshma Gurung - गोर्खे चेली Yojna Khanal Vikas Pariyar Sanand Chettri Sujendra Rai Sumer Dhamala Kiran Thapa Anup Gadal