15/12/2025
प्रेस विज्ञप्ति
मितिः २९/०८/२०८२
आदरणीय सम्पादकज्यू
नेपाली चलचित्रको प्रवर्द्धन तथा सम्मानका लागि समर्पित प्रतिष्ठित कार्यक्रम (इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड्स) (INFFA) ले आफ्नो पहिलो फिल्म महोत्सव तथा अवार्ड्स कार्यक्रम सन् २०२६ फेब्रुअरी १ देखि ३ सम्म नयाँ दिल्ली, भारतमा आयोजना हुने घोषणा गरेको छ । यस महोत्सवको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको प्रवर्द्धन गर्नुका साथै सहकार्य र व्यवसायिक विस्तारका लागि साझा मञ्च सिर्जना गर्नु हो। प्रतियोगिताका लागि सन् २०२५ मा प्रदर्शन भएका नेपाली फिचर फिल्महरू आह्वान गरिएको छ । फिल्महरू बुझाउने अन्तिम मिति २०२६ जनवरी ७ रहेको छ ।
कार्यक्रमका प्रमुख आकर्षणहरूमा उत्कृष्ट फिचर फिल्म, निर्देशन, कलाकार तथा अन्य प्राविधिक विधामा सम्मान प्रदान गरिने रेड कार्पेट अवार्ड समारोह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मकर्मी, समीक्षकहरूको सहभागिता, प्रिमियर शो तथा विशेष प्रदर्शनहरू र सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् ।
फेस्टिभलमा प्रमुख जुरिका रुपमा नेपालका लोकप्रिय विशिष्ट चलचित्रकर्मी र अभिनेता कृष्ण मल्ल हुनु हुन्छ भने जुरि सदस्यहरुमा निर्देशक तुलसी घिमिरे, विशिष्ट अभिनेता सुनिल थापा, विशिष्ट अभिनेत्री बिपना थापा र भारतका विशिष्ट थिएटर एक्टर अभतार शाहनी हुनु हुन्छ ।
INFFA का अध्यक्ष राजेन्द्र घिमिरेले भन्नुभयो, "INFFA दिल्ली २०२६ हाम्रो चलचित्र उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो छवि विस्तार गर्ने महत्वपूर्ण अवसर हुनेछ । यस कार्यक्रममार्फत नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुऱ्याउने हाम्रो दृढ संकल्प छ ।"
महोत्सव निर्देशक (नेपाल) जनक दीप पराजुलीका अनुसार, यस कार्यक्रमले भारत-नेपाल सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै भारत स्थित नेपाली समुदाय र अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रलाई लोकप्रिय बनाउन महत्वपूर्ण योगदान पुऱ्याउनेछ ।
INFFA की प्रवक्ता तथा हिमचुली फाउन्डेशन फर आर्ट एण्ड कल्चरकी संस्थापक सुश्री आकांक्षा शाहले भन्नुभयो, "फिल्म प्रदर्शनका अतिरिक्त हामी प्यानल छलफल, अन्तर्वार्ता तथा टक शोहरू आयोजना गर्दैछौं, जसको उद्देश्य नेपाललाई छायांकन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नु, संयुक्त निर्माणका सम्भावनाहरू खोज्नु र भारत तथा नेपालबीच सांस्कृतिक कूटनीतिलाई सशक्त बनाउनु हो ।" उहाँले थप्नुभयो, "Inffa 2026 नेपाली भाषा कला सस्कृती र नेपाली चलचित्रको प्रबर्द्धन हो, सहकार्य हो र दर्शकहरुलाई नेपाली कथाहरु संग जोड्ने, प्रेरित गर्ने प्रयास हो ।"
यस कार्यक्रमले हजारौं दर्शक र फिल्मकर्मीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ, जसले उदाउँदा प्रतिभा र चलचित्र उद्योगबीचको सहकार्यका लागि एक महत्वपूर्ण मञ्च प्रदान गर्नेछ ।
सहभागी हुने फिल्म
https://filmfreeway.com/INFFA मा अपलोड गर्नुहुन अथवा नेपाल स्थित नेपाल चलचित्र निर्देशक समाजको कार्यलयमा उपलब्ध गराउन वा इमेल [email protected] मा गुगल ड्राइभ गरेर पठाउन सक्नु हुनेछ ।
सम्पर्क विवरणः +977-01-4772015
आयोजक समिति
INNFA