08/11/2024
नेपाली समुदायलाई सन्देश 🇳🇵
हामी सबैले आफ्नो समुदायको इज्जत र पहिचानलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। कुनै पनि गलत काम नगरौं जसले गर्दा सम्पूर्ण नेपाली समुदायलाई अप्ठ्यारो सामना गर्नुपर्ने स्थिति आउँछ।
हामी नेपाली हौं, हाम्रो इज्जत हाम्रो गौरव हो। सधैं सह्रदयता, इमानदारी, र आदर्शको बाटो समातौं र विश्वमा नेपाली समुदायको शान बढाऔं।
आउनुहोस्, मिलेर हाम्रो नाम र पहिचानलाई गर्वका साथ उचालौं।