09/07/2024
® मेरो कथा
10 कक्षामा सोच्थे, स्कुल सकिएपछी खुसी हुन्छु ।
11 कक्षामा सोच्थे, +2 सक्किएपछि खुसी हुन्छु ।
Bachelor मा सोच्थे, Bachelor सक्किएपछी खुसी हुन्छु । Bachelor पनि सकियो । अनि सोचे, कुनै Job पाएपछि खुसी हुन्छु । Job गरेपछि सोचे, बिहे गरेपछी खुसी हुन्छु, बिहे पछि सोचे, छोराछोरी भएपछी खुसी हुन्छु । फेरि सोचे, अब जागिर सकिएपछि खुसी हुन्छु । अहिले म एउटा रोगसंग लड्दै छु । अहिले सोचिरहेको छु, म सन्चो भएपछी खुसी हुन्छु । मेरो रोग सन्चो नहुने खालको रहेछ, अब म मरेपछि मात्र खुसी हुन्छु । अहिले आएर बुझ्दै छु, मेरो खुसी हुने दिन पनि सकिइसकेछ । पहिले नै म किन खुसी हुन सकिन होला ?
त्यसैले सधै खुसीका साथ बाचौ । खुसीलाई पर्खेर नबसौ । 😊