19/03/2022
भेल्लोरमा उपचाराधीन प्रज्ञान छेत्रीलाई सम्माननीय मुख्यमन्त्रीले उपलब्ध गराउनुभयो १,६९,७०५ रूपयाको आर्थिक सहयोग !
ब्रेन ट्यूमरले ग्रसित प्रज्ञानका परिवारजनले मुख्यमन्त्रीलाई दिए धन्यवाद !!
सिक्किमका सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ द्वारा उपचार सहयोग उपलब्ध गराउने क्रम जारी छ,जसलेे आजसम्म हजारौं संख्यामा गरीब बिरामीहरू निको भइसकेका छन् भने उहाँले निरन्तर रूपमा विभिन्न रोगले ग्रसित बिरामीलाई आर्थिक सहयोग प्रदान गरिरहनुभएको छ । यसै क्रममा ब्रेन ट्युमरले ग्रसित बिरामी प्रज्ञान छेत्रीलाई आज मुख्यमन्त्रीले १,६९,७०५ रूपयाको उपचार सहयोग प्रदान गरेर ठूलो सेवा पुर्याउनुु भएको छ । जानकारी गराइन्छ,बिरामी अवस्थामा रहेका प्रज्ञानलाई अहिले उपचारको निम्ति सीएमसी भेल्लोरमा भर्ना गरिएको छ । सोही खबर आफ्नो संज्ञानमा आउन साथ मुख्यमन्त्रीले उक्त सहयोग राशी प्रदान गर्नुभएको हो । यसरी आफूहरूको आर्थिक स्थिति कम्जोर रहेको कारण उपचार गर्न निकै हम्मे परिरहेको समय सम्माननीय मुख्यमन्त्रीले आर्थिक सहयोग उपलब्ध गराउँदा बिरामीका अभिभावकले राहतको साहस फेरेका छन् भने चिकित्साको निम्ति उक्त राशीले ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै परिवार पक्षलेे कृतज्ञता व्यक्त गरेका छन् ।
एसकेएम प्रचारप्रसार शाखा!!