03/11/2024
भाईटिकाकों हार्दिक शुभकामना!
१. भाइटिका यमपञ्चकको पाँचौ तथा अन्तिम दिन पर्ने पर्व हो। आजको दिन लामो समयदेखि भेटघाट नभएका दाजूभाइ तथा दिदीबहिनीको आपसमा माया अनि सद्भाव साटासाट हुँदैछ।यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टिका लगाउन र पुज्न पाँउ भन्ने आशीर्वाद मागेकाले भाइटिकाको चलन चलिआएको किंवदन्ति रहेको छ ।
२. भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख, समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गर्छन्।
३. कार्तिक शुक्ल द्वितीया भातृ पूजाको दिन दिदी बहिनीले दाजु भाइलाई सप्तरंगीको टीका र मखमलीको माला लगाएर पूजा गर्नुपर्दछ भन्ने कुरा पद्मपुराणमा लेखिएको छ । टीका र मालाको सङ्गेत यस प्रकार छ। रातो - मंगल, सेतो - शान्ति, पहेँलो-दीर्घयू, नीलो - निरोगी, हरियो-बौद्धिकताको सूचक मानिनछ। मखमलीको माला, कुनै समयमा मलीन र निस्तेज नभई सदा एकैनास उज्वल तेजिलो होस् दीर्घायु होस् भन्ने कामना गरी मखमलीको माला लगाइ दिने चलन छ ।
४. फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ। सगुनका रूपमा दही दिनुपर्छ। भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ। मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ। दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन्। सप्तरंगी टीकामा भावना मिसिएको शान्ति बताउँछिन्। दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ।
५. दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन्। यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ। टीका लगाएपछि उपहार आदान(प्रदान गरिन्छ। दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन्।
चतुर्मास तिथीमा परेको माहान पर्व काग, कुकुर, गाई, गोरु अनि देउँसे भैलेकाका आर्शिवाद हामीलाई सदैव लागोस्, वर्षभरि खुशीका प्रकाशहरु आँगनमा फैलिरहोस अनि माया प्रेम सहभाव गहिरिँदै जाओस् । DR. R B Biswakarma.