24/02/2024
सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको पाक्योंग जिल्ला चालक मोर्चाको समन्वय सभा रंगेली समुदायिक भवनमा सम्पन्न ।
२४ फरवरी २०२४
सिक्किम क्रान्तिकारी मोर्चा पार्टी अध्यक्ष एवं सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेमसिंह तामाङ गोलेको दिशानिर्देशनमा आज पाक्योंग जिल्लाको रंगेली मेला मैदान स्थित सामुदायिक भवनमा पाक्योंग जिल्ला चालक मोर्चाको समन्वय सभा सम्पन्न भयो ।
सभामा यातायात विभागका अध्यक्ष श्री प्रेम राज गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए भने सिक्किम चालक बोर्डका अध्यक्ष श्री सोनाम अङडुप भोटिया,खाद्य एवं नागरिक आपूर्ति विभागका सल्लाहकार श्री ईन्चुङ भोटिया,सम्माननीय मुख्यमन्त्रीका ओ एस डि श्री भानु प्रधान,उपभोक्ता सहकारी समितिका अध्यक्ष श्री सन्तोष प्रधान, कोपरेसन विभागका अध्यक्ष श्री बी.बी छेत्री,रेलवे बोर्डका सह अध्यक्ष श्री पदम बहादुर तामाङ, एसकेएम पार्टीका उपाध्यक्ष प्रभारी श्री डम्बर कुमार प्रधान,श्री के बी गुरुङ,राज्य स्तरीय चालक विंगका उपाध्यक्ष श्री टिटु शेर्पा,पार्टीका उपाध्यक्ष एवं पूर्व विधायक श्री पुरण गुरुङ, पाक्योंग अनि गान्तोक जिल्लाका संगठनिक महसचिव एवं पूर्व विधायक श्री बिक्रम प्रधान, मुख्यमन्त्रीका पाक्योंग जिल्ला अतिरिक्त राजनैतिक सचिव श्री बिशाल पोख्रेल, युवा संगठन सचिव श्री गगन गुरुङ,पाक्योंग जिल्ला संगठनिक महसचिव श्री असित राई,छुजाचेन जिल्ला संगठनिक सचिव श्री अमृत राई,सीएलसी नाम्चेबुङ क्षेत्रका सल्लाहकार श्री बी के रोला,पाक्योंग जिल्ला नारी शक्ति महासचिव श्रीमती मणीमाला गुरुङ,समष्टिका सीएलसी अध्यक्ष श्री प्रेम छोडेन लेप्चा महासचिव श्री सन्तोष पौड्याल लगायत सीएलसी टोली,रोङ्गली चालक संघका अध्यक्ष श्री पेम्पा शेर्पा लगायत टोली पाक्योंग जिल्ला अधिनस्त १५ वटा चालक संघलाई प्रतिनिधित्व गर्दै आएका चालकवर्ग,एसकेएम पार्टीका कार्यकर्तागण,अनि भारीमात्रामा चालक गुरुजी-सारथीहरुको उपस्थिति रहेको थियो ।।
सभामा उपस्थित आजका प्रमुख अतिथि एवं विशिष्ट अतिथिगणलाई आयोजक समितिले माल्यार्पण गरि स्वागत जनाएका थिए भने दिप प्रज्वलन,साथै सिक्किम राज्य गीत अनि राष्ट्र गान प्रस्तुत गरि आजको यस विशेष सभालाई शुभारम्भ गरिएको थियो ।
सभाको अघिल्लो चरणमा प्रिया गुरुङद्वारा नृत्य प्रस्तुत गरिएको थियो । विभिन्न रंगारंग कार्यक्रम माझ स्वर सिक्किम श्री मिलन शर्मा अनि गायक श्री अनिल गुरुङले आफ्नु सुमधुर आवाजमा एसकेएम पार्टीको गीत गाएर सबैलाई आनन्दित बनाएका थिए।
सभामा भर्खरै नवनियुक्त भएका छुजाचेन समष्टि स्तरीय चालक विंगका कार्यकारिणीहरुलाई खदा अर्पण गरी बधाई एवं शुभकामना व्यक्त गरिएको थियो ।
सभालाई रंगेली चालक संघका अध्यक्ष श्री पेम्पा शेर्पा, श्री टिटु शेर्पा अनि श्री सुरज सुब्बाले सम्बोधन गरे पछि, आयोजक समितिले वरिष्ठ दुई चालक गुरुजी श्री हर्क बहादुर छेत्री अनि श्री भिम बहादुर छेत्रीलाई प्रसस्ति पत्र प्रदान गरी ससम्मान अभिनन्दन गरिएको थियो।
सभालाई सिक्किम सारथी वेल्फेयर बोर्डका अध्यक्ष श्री सोनाम अङडुप भोटियाले सम्बोधन गर्दै वर्तमान सिक्किम सरकार एवं सम्माननीय मुख्यमन्त्री महोदयले सिक्किमका चालक गुरुजीलाई सम्मान गर्दै अनेक योजनहरु कार्यान्वयन गरेको साथै चालक गुरुजीहरुको नानीहरुले अब डाक्टर इन्जिनियर पाइलट पढ्न पारहेको कुरा बताउदै वर्तमान सिक्किम सरकारमा चालक गुरुजीहरु पनि खुल्लारुप जिउन पाईरहेको कुरा बताए ।
आजका प्रमुख अतिथि यातायात विभागका अध्यक्ष श्री प्रेम राज गुरुङले पनि वर्तमान सिक्किम सरकारले चालक गुरुजीको हितमा गरेका अनेक योजन अनि कार्यक्रमहरू अवगत गराउदै,सरकारले शिक्षा,स्वास्थ्य अनि अन्य क्षेत्रमा गरेका तमाम जनपक्षीय योजना अनि कार्यक्रमहरू साझा गर्दै अब आउने चुनाउमा पनि एसकेएम पार्टीलाई बहुमतका साथ विजय गराउॅंने आवाह्न गरे।
सभालाई श्री अन्शुमस छेत्रीले सञ्चालन गरेका थिए भने छुजाचेन सीएलसीका समन्वयक श्री कुमार गुरूङले धन्यवाद ज्ञापन गरे पछि सभालाई बिश्राम गरिएको थियो ।।
#हाम्रो_भरोसा_पी_एस_गोले🧡❤️💚
✍️रिपोर्ट:यादप शर्मा प्रसाईं
#एसकेएम_सामाजिक_संजाल
#छुजाचेन_समष्टि