16/08/2026
जन्मदिनको बाइबलीय शुभकामना 🎂🙏
जन्मदिनको यस विशेष अवसरमा तपाईंलाई हार्दिक शुभकामना! 🎉
“परमप्रभुले तपाईंलाई आशीर्वाद दिऊन् र तपाईंको रक्षा गरून्। परमप्रभुले आफ्नो मुहार तपाईंमाथि चम्काऊन् र तपाईंमाथि कृपा गरून्।”
— गन्ती ६:२४–२५
परमेश्वरले तपाईंको नयाँ वर्षलाई आफ्नो अनुग्रह, शान्ति र आशिष्ले भरिपूर्ण गरून्। तपाईंको जीवन उहाँको महिमाका निम्ति अझ प्रभावकारी बनोस्, विश्वासमा बलियो हुँदै उहाँले दिनुभएको उद्देश्य पूरा गर्न सक्नुहोस्।
तपाईंका हरेक कदममा परमेश्वरको अगुवाइ रहोस्, हरेक चुनौतीमा विजय दिनुहोस्, र तपाईंको जीवन धेरैका लागि आशिष्को स्रोत बनोस्।
“तिमीहरूको निम्ति मैले राखेका योजनाहरू म जान्दछु… ती शान्तिका योजनाहरू हुन्, विपत्तिका होइनन्, ताकि तिमीहरूलाई भविष्य र आशा दिऊँ।”
— यर्मिया २९:११
🎂 Happy Blessed Birthday!
🙏 परमेश्वरले तपाईंलाई दीर्घायु, असल स्वास्थ्य, आनन्द, शान्ति र प्रशस्त आशिष् प्रदान गरून्।