29/03/2026
#यसपालीको_भोट_क्यान्डलमा🕯️
दृढ संकल्प,एकता र विकासको मार्गमा गोरुबथान #पोख्रेबुङ_लुङ्सेलमा चुनावी सभा:
मिति 28/03/2026 शनिवारको दिन ४३ नम्बर समष्टि जोन 2 भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) पोख्रेबुङ ग्राम पञ्चायतको लुङ्सेल शाखामा चुनावी सभा उत्साहपूर्वक सम्पन्न भयो।
शाखाका सम्पूर्ण पदाधिकारीहरू, सदस्यगण तथा उपस्थित ग्रामवासीहरूको सहभागिताले सभालाई अझै अर्थपूर्ण र ऊर्जावान बनायो।
विस्तृत छलफल र जनभावनाको सम्मान गर्दै यसपटकका भागोप्रमोका उम्मेदवार आदरणीय श्री रुदेन सादा लेप्चालाई विजयी गराउने निर्णय दृढताका साथ सर्वसम्मत रूपमा पारित गरियो।
“हाम्रो भोट,हाम्रो भविष्य -सही नेतृत्वको साथमा उज्ज्वल भोली”भन्ने सन्देश सभाभरि गुञ्जिएको थियो।
कार्यक्रममा भागोप्रमो जोन 2 सभापति पेमा योन्जन,महकुमा समिति नारीशक्ति करुणा छेत्री,युवाशक्ति सचिव अशोक छेत्री,रमेश राई आदिद्वारा आफ्नो विचार राख्दै जनअधिकार,विकास र पहिचानका पक्षमा दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्वागत मन्तव्य प्रणाम तामाङद्वारा प्रस्तुत गरिएको थियो भने सभाको अध्यक्षता रोलेन लेप्चाले गर्नुभएको थियो।कार्यक्रम सञ्चालन सुकबीर तामाङले गर्नुभयो।
सभामा उप प्रधान निरा तामाङ,बिकाश बम्जन,सन्जय तामाङ,कर्णबहादुर तामाङ,लोककुमार ठकुरी,रोसन राई,प्रशान्त ठकुरी,रमेश तामाङ,सुक्राज लेप्चा,गणेश छेत्री,कमली तामाङ लगायत अन्यान्यको विशेष उपस्तिथि रहेको थियो।
“यसपालिको एमएलए भोट — विकास र अधिकारको लागि सही रोजाइ!”
आजको सभा केवल कार्यक्रम मात्र नभई, जनविश्वास,एकता र परिवर्तनको स्पष्ट संकेत बनेको छ।