30/09/2024
नेपालमा निरंतर बर्षाको कारण बाढी पहिरोबाट धेरै ठूलो मात्रामा जनधनको क्षतिको खबरले मन धेरै नै मर्माहत भएको छ। यस दु:खद घडीमा पतंजलि योगपीठ हरिद्वार र पतंजलि योगपीठ नेपाल पीडितहरूको साथमा छ र परम पूज्य स्वामीजी महाराज तथा परम श्रद्धेय आचार्यजी महाराजले , हाल नेपालको स्थितिको बारेमा निरंतर बुझी रहनु भएको छ । यस विषम परिस्थितिमा छिटै नै पतञ्जली योगपीठको तर्फबाट हुनसक्ने सहयोगका लागि तयारी भै रहेको कूरा जानकारी गराउन चाहान्छु ।पतञ्जली योगपिठ नेपाल अन्तर्गत सम्पूर्ण योगशिक्षक ज्यूहरूलाई पनि आ आफ्नो ठाउँमा सामर्थ्य अनुसार सहयोगका लागि हार्दिक अनुरोध गर्दछु।
यस विपतबाट घाईते हुनेहरु प्रति सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु र मृतात्मा प्रति श्रद्धाञ्जली व्यक्त गर्दछु र परिवारमा समवेदना प्रकट गर्दछु।
साध्वी देवादिति
केन्द्रिय प्रभारी
महिला पतंजलि योग समिति नेपाल