11/02/2021
[[दार्जीलिङ पार्टी कार्यलयमा गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समितिको सभा सम्पन्न अनि विभिन्न पदाधिकारीहरुको चयन]]
हिज दिनांक १०.०२.२०२१ बुधबारको दिन पातलेबास, दार्जीलिङ पार्टी कार्यलयमा गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति संस्थापक अध्यक्ष श्री बिमल गुरुङको अध्यक्षतामा पार्टीको केन्द्रिय समिति सदस्यहरुको उपस्थितिमा एक जरुरी सभा सम्पन्न भयो । उक्त सभामा पार्टीका आगामी कार्यक्रम अनि रणनीतिको विस्तृत रुपमा चर्चा गरियो। यस सभामा विभिन्न विषय लगायत सांगठनिक रुपरेखा विषयमा गहन छलफल पश्चात पार्टीमा नयाँ पदाधिकारीहरुको चयन गरिएको छ भने केन्द्रिय समितिमा थप सदस्यहरु जोडिएको छ।
चयन भएका पदाधिकारीहरुको नामावली यस प्रकार छन् -
१. श्री बिनोद खालिङ - सहसचिव, मिरिक
२. श्री सामुयल गुरुङ - सहसचिव, कालेबुङ
३. श्री नर्बुजी लामा - सहसचिव, दार्जीलिङ
४. श्री प्रियवर्धन राई - सहसचिव, दार्जीलिङ
५. श्री विशाल लामा - सहसचिव, पूर्व डुवर्स
६. श्री शिव सुनार सहसचिव, पश्चिम डुवर्स
७. श्री मधुकर थापा - सहसचिव, मध्य डुवर्स
८. श्री बिमल प्रधान - सहसचिव, सिलीगुडी - तराई
१. श्रीमती शशी डोमा राई - कोषाध्यक्ष
१. श्री निमा तामाङ - सांगठनिक सचिव, कालेबुङ
२. श्री योगेन राई - सांगठनिक सचिव, खरसाङ
३. श्री शरण देवान - सांगठनिक सचिव, खरसाङ
४. श्री विजय सुन्दास - सांगठनिक सचिव, कालेबुङ
५. श्री सन्तोष रसाइली - सांगठनिक सचिव, मिरिक
६. श्री एन. ए खान - सांगठनिक सचिव, खरसाङ
७. श्री अर्जुन छेत्री - सांगठनिक सचिव, सिलीगुडी तराई
८. श्री मणि गुरुङ - सांगठनिक सचिव, दार्जीलिङ
१. श्री दावा लेप्चा - प्रवक्ता, कालेबुङ
२. श्री अनिल लोप्चन - प्रवक्ता, कालेबुङ
केन्द्रिय समितिमा जोडिएका थप सदस्यहरुको नामावली यस प्रकार छन् -
१. श्री दिपेन निरौला - सिलीगुडी
२. श्री कारसन राई - रोंगो - जलढका
३. श्री ग्याल्जेन शेर्पा - सुकिया
४. श्री राजु लामा - खरसाङ
५. श्री फुर्बा लामा - खरसाङ
६. श्री रोहित स्याङबो - खरसाङ
७. डा. काशीनाथ खनाल - पानीघट्टा - चेंगा
त्यसरी नै कालेबुङ जिल्ला समिति अध्यक्षको भार डा. आर. बि. भुजेललाई सुम्पिएको छ। उसै गरी आजको सभामा दार्जीलिङ महकुमा समिति अध्यक्षको भार श्री पि. टि. ओला अनि सचिवको भार श्री शरण लामालाई सुम्पिएको छ।
आजको सभा सफल भएको जानकारी गोर्खा जनमुक्ति मोर्चा महासचिव श्री रोशन गिरी ज्युले मिडियालाई दिएका छन्।