BGPM Nari Shakti 41 Number Samasty

BGPM Nari Shakti 41 Number  Samasty United for leadership, growth, and community upliftment�

मिति: ३ अगस्ट २०२५स्थान: पकाङ प्राथमिक पाठशालाआज पकाङ प्राथमिक पाठशालामा BGPM नारी शक्ति अन्तर्गत पकाङ बुथ समिति गठन सम्...
03/08/2025

मिति: ३ अगस्ट २०२५
स्थान: पकाङ प्राथमिक पाठशाला
आज पकाङ प्राथमिक पाठशालामा BGPM नारी शक्ति अन्तर्गत पकाङ बुथ समिति गठन सम्बन्धी सभा सम्पन्न भयो।
यस सभाको सभापति विद्यालयका प्रधानाध्यापक श्री स्टेफन लेप्चा (सर) लाई राखियो।
कार्यक्रममा विशेष रूपमा निम्न उपस्थिति रहेको थियो:
श्री क्लेमेंट लेप्चा – Gitdabling ग्राम पञ्चायतका समिति सदस्य, श्रीमती रेबिका लेप्चा – बुथ सदस्य, सुश्री नारिम लेप्चा – ४१ नम्बर नारी समष्टिका सचिवा, सुश्री रजनी राई - ४१ नम्बर नारी समष्टिका कार्यक्रम संयोजक, सुश्री स्वेता राई -४१ नम्बर नारी समष्टिका मिडिया कर्मी,श्री सुसन लेप्चा ,सामुएल लेप्चा
अनि डुर्सिङ सादा- बूथ का कार्यकारिणी समिति को पनि मुख्य उपस्थिति रहेको थियो।
श्री क्लेमेंट लेप्चाले पार्टीको उद्देश्य, कार्यपद्धति र विगतका गतिविधिहरूको बारेमा जानकारी दिनुभयो।
सचिव नारिम लेप्चाले महिलाहरूले विभिन्न क्षेत्रमा गरिरहेको योगदानको चर्चा गर्दै पार्टीमा समेत अझ सक्रिय बन्न प्रेरित गर्नुभयो।
कार्यक्रमको अन्त्यमा सभापति श्री स्टेफन सरले नयाँ कार्यकारिणी समिति गठनको घोषणा गर्दै सम्पूर्ण सदस्यहरूलाई बधाई दिनुभयो। साथै, सबैलाई एकताबद्ध भएर नारी मोर्चाको साथमा जिम्मेवारीपूर्वक अघि बढ्न प्रेरणादायी सन्देश दिनुभयो।
नारी मोर्चा जिन्दाबाद 💪

४१ नम्बर समष्टि नारी शक्ति (BGPM) अन्तर्गत ६ जुलाई २०२५ टुगुङ प्राइमरी स्कुलमा एक महत्वपूर्ण बैठक सम्पन्न भयो।उक्त कार्य...
14/07/2025

४१ नम्बर समष्टि नारी शक्ति (BGPM) अन्तर्गत ६ जुलाई २०२५ टुगुङ प्राइमरी स्कुलमा एक महत्वपूर्ण बैठक सम्पन्न भयो।
उक्त कार्यक्रममा गितडाब्लिङ पञ्चायतकी अध्यक्ष श्रीमती पासाङ डोमा शेर्पालाई सभानेत्रीको रूपमा चयन गरियो।
उप–प्रमुख गब्बु भुटिया, ४१ नम्बर समष्टिका सचिव नारिम लेप्चा, तथा प्रवक्ता रुथमेरी लेप्चाको पनि विशेष उपस्थिति रहेको थियो।

बैठकले महिलाहरूको राजनीतिक सहभागिता र सशक्तिकरणप्रति सकारात्मक सन्देश दिएको छ।
सभानेत्री पासाङ डोमा शेर्पाले भनिन्, "महिलाहरू अब घरको चारदिवारीमा मात्र सीमित नरही, नेतृत्वदायी भूमिकामा अगाडि बढ्न आवश्यक छ। राजनीति जस्तो शक्तिशाली क्षेत्रमा पनि महिलाहरूको उपस्थिति अनिवार्य छ।"

कार्यक्रमको अन्त्यमा च्याङ्दुङ–टुगुङ बूथ समिति गठन गरिएको घोषणा गरियो।
सहभागी सम्पूर्ण दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद एवं आगामी यात्राको लागि शुभकामना व्यक्त गरियो।
एकतामा शक्ति छ ✊
नारी शक्ति जिन्दाबाद 💪

मिति – ५ जुलाई २०२५स्थान – क्लस्टर हल, पाब्रीङटार ग्राम पंचायतआज नवगाउँ बूथ, पाब्रीङटार ग्राम पंचायत अन्तर्गत BGPM नारी ...
08/07/2025

मिति – ५ जुलाई २०२५
स्थान – क्लस्टर हल, पाब्रीङटार ग्राम पंचायत

आज नवगाउँ बूथ, पाब्रीङटार ग्राम पंचायत अन्तर्गत BGPM नारी शक्ति बैठक सफलतापूर्वक सम्पन्न भयो।
कार्यक्रमको नेतृत्व पूर्व ४१ नम्बर समष्टिकी अध्यक्ष श्रीमती पवित्रा शेर्पाले गर्नुभयो।
पंचायत समिति सदस्य मञ्जरी सुब्बा तथा समितिकी सदस्य सुश्री मञ्जरी सुब्बाको समेत उपस्थिति रहेको थियो।
विभिन्न स्थानबाट आएका महिलाहरूको उत्साहजनक सहभागिताले नारी सशक्तिकरणप्रति समाजमा बढ्दो चेतना र जागरुकता देखायो।
४१ नम्बर समष्टिकी अध्यक्ष सुश्री अन्जु छेत्री र पूर्व अध्यक्ष श्रीमती पवित्रा शेर्पा दुवैजनाले महिलाहरूलाई प्रेरणादायी सन्देश दिनुभयो:

"घर चलाउन सक्ने महिलाले राजनीति पनि गर्न सक्छन्।
अब पछाडि होइन, सचेत भएर अगाडि बढ्नुपर्छ।
महिलाहरूले मिलेर काम गर्नुपर्छ र नेतृत्व लिनुपर्छ।"

कार्यक्रममा आगामी योजना, स्रोत व्यवस्थापन, र फण्ड जुटाउने तरिकाहरूबारे पनि महत्वपूर्ण छलफल गरियो।
अन्त्यमा, नवगाउँ बूथस्तरीय नारी समिति गठन गर्दै महिला नेतृत्वलाई अगाडि ल्याउने निर्णय गरियो।

✊ एकतामा शक्ति छ!
💪 नारी शक्ति जिन्दाबाद!
ारीशक्ति #महिलासशक्तिकरण

मिति – २२ जून २०२५स्थान – गीतडाब्लिङ ग्राम पंचायतगीतडाब्लिङ ग्राम पंचायतअन्तर्गत अप्पर बियोंग, लोवर बियोंग र DIF फण्ड सम...
23/06/2025

मिति – २२ जून २०२५
स्थान – गीतडाब्लिङ ग्राम पंचायत

गीतडाब्लिङ ग्राम पंचायतअन्तर्गत अप्पर बियोंग, लोवर बियोंग र DIF फण्ड समेटेर बूथ-स्तरीय BGPM नारी शक्ति समिति गठन गरिएको छ।

कार्यक्रमको अध्यक्षता गीतडाब्लिङ पंचायतकी प्रधान श्रीमती पासाङ डोल्मा लेप्चा ज्युले गर्नुभयो।
सभामा जिल्ला सदस्य श्री प्रेम छिरिङ भुटिया, समितिका सदस्य क्लेमेन्ट कार्थक, अप्पर बियोंग बूथ सचिव लाडेन लेप्चा, तथा सल्लाहकार बेंजामिन लेप्चा को विशेष उपस्थिति रहेको थियो।

४१ नम्बर समष्टिको गीतडाब्लिङ क्षेत्रबाट सहभागी महिला सदस्यहरूलाई खादा अर्पण गरी सम्मान गरिएको थियो।
वरिष्ठ नेताहरूले महिलाहरूलाई एकतामा रहनु, सक्रिय रूपमा काम गर्नु, र पार्टीलाई अझ मजबुत बनाउने प्रेरणा तथा मार्गदर्शन दिनुभयो।

कार्यक्रममा फण्ड सम्बन्धी जानकारी, नारी सशक्तिकरण, तथा भावी योजनाहरू विषयमा महत्वपूर्ण छलफल पनि गरिएको थियो।

अन्त्यमा,तीनवटै क्षेत्रबाट चयनित सदस्यहरूलाई खादा र माला अर्पण गर्दै, "शशक्तिकरणको नारा" सहित कार्यक्रम समापन गरियो।
एकतामा शक्ति छ✊
नारी शक्ति जिन्दाबाद💪

४१ नम्बर समष्टि नारी शक्ति (BGPM) अन्तर्गत, १४ जून २०२५, शनिवार, एक महत्वपूर्ण बैठक बरबोट  सहाकारी भवनमा सम्पन्न भयो।उक्...
17/06/2025

४१ नम्बर समष्टि नारी शक्ति (BGPM) अन्तर्गत, १४ जून २०२५, शनिवार, एक महत्वपूर्ण बैठक बरबोट सहाकारी भवनमा सम्पन्न भयो।
उक्त बैठकमा बरबोट बूथ लेवल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्ति समिति गठन गरिएको छ।

४१ नम्बर समष्टिका सम्माननीय सभासद श्री सन्चबिर सुब्बाज्यूको विशेष उपस्थिति तथा सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
उहाँबाट प्राप्त सकारात्मक सल्लाह र उत्साहजनक सुझावहरूले सहभागी सम्पूर्ण दिदीबहिनीहरूलाई आत्मविश्वास र ऊर्जा प्रदान गरेको छ।
महिला सशक्तिकरणको यस यात्रामा हामी सबै संगठित भई निरन्तर अगाडि बढ्दै जानेछौं।
नारी शक्ति जिन्दाबाद! 💪
ारीशक्ति #बारबोटबूथसमिति #महिलासशक्तिकरण #सन्चबिरसुब्बा #४१नम्बरसमष्टि

Address

Kalimpang

Website

Alerts

Be the first to know and let us send you an email when BGPM Nari Shakti 41 Number Samasty posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share