AAGSU BTC Region Committee

AAGSU BTC Region Committee Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AAGSU BTC Region Committee, Public Service, Kokrajhar.

Welcome to the official page of All Assam Gorkha Students' Union (AAGSU), BTC Region Committee.

अखिल असम गोर्खा छात्र संघ (AAGSU), BTC क्षेत्रीय समितिको आधिकारिक फेसबुक पेजमा तपाईँलाई स्वागत छ।

हिजो मिति ३०-०८-२०२६, आइतबार गुवाहाटीस्थित मणिकुमार सुव्वा भवनमा आयोजित अखिल असम गोर्खा छात्र संघ (AAGSU) केन्द्रीय समित...
31/08/2026

हिजो मिति ३०-०८-२०२६, आइतबार गुवाहाटीस्थित मणिकुमार सुव्वा भवनमा आयोजित अखिल असम गोर्खा छात्र संघ (AAGSU) केन्द्रीय समितिको १९औँ कार्यकालका निमित्त नवनिर्वाचित केन्द्रीय समितिको पहिलो वर्धित कार्यकारिणी सभामा उपस्थित रहन्छौं।
उक्त वर्धित कार्यकारिणी सभामा बीटीसी क्षेत्रीय समितिको तर्फबाट सांगठनिक विषयमा विचार तथा सुझावहरू प्रस्तुत गर्नुका साथै, बीटीसी क्षेत्रका गोर्खाहरूले वर्तमान तथा भविष्यमा भोग्नुपरेका र भोग्न सक्ने समसामयिक समस्याहरूका विषयमा नवनिर्वाचित केन्द्रीय समितिलाई वर्दित कार्यकारिणी सभा मार्फत अवगत गर्दछौं।
१९औँ कार्यकाललाई अझ सुदृढ, सक्रिय, एकताबद्ध र परिणाममुखी बनाउने उद्देश्यले संगठनको वर्तमान अवस्था, आगामी चुनौतीहरू तथा भावी रणनीतिका विषयमा गम्भीर एवम् रचनात्मक छलफल भयो। संगठनको नीति, उद्देश्य र आदर्शलाई आत्मसात गर्दै एकता, अनुशासन, सक्रियता, समन्वय र प्रतिबद्धताका साथ AAGSU लाई अझ सशक्त र प्रभावकारी संगठनका रूपमा अगाडि बढाउने सभाले दृढ संकल्प व्यक्त गर्दछ।

AAGSU BTC Region Committee

८२औँ बलिदान दिवसको अवसरमा अखिल असम गोर्खा छात्र संघ (AAGSU), खौराङ आञ्चलिक समितिको पहलमा तथा खावराङवासी जनताको सहयोगमा आ...
26/08/2026

८२औँ बलिदान दिवसको अवसरमा अखिल असम गोर्खा छात्र संघ (AAGSU), खौराङ आञ्चलिक समितिको पहलमा तथा खावराङवासी जनताको सहयोगमा आयोजित १२औँ शहीद मेजर दुर्गा मल्ल स्मृति फुटबल प्रतियोगिता–२०२६ को फाइनल खेलमा बीटीसी क्षेत्रीय समितिको तर्फबाट विशिष्ट अतिथिको रूपमा उपस्थित रुपमा रहन्छौं।
शहीद मेजर दुर्गा मल्लको महान् त्याग, साहस र देशभक्तिको आदर्शलाई जीवन्त राख्दै युवा पुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने, अनुशासन, एकता, भाइचारा तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने दिशामा यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहन्छ।
यति सुन्दर, व्यवस्थित र अनुशासित ढङ्गले प्रतियोगिता आयोजना गर्नुभएकोमा खेल परिचालना समिति, AAGSU खौराङ आञ्चलिक समितिका सम्पूर्ण कार्यकर्ता, खौराङवासी जनता तथा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक बधाई, शुभकामना तथा आभार व्यक्त गर्दछौँ।
साथै, युवाहरूबीच लोकप्रिय र उत्साहको वातावरण सिर्जना गर्ने यस फुटबल प्रतियोगितालाई आगामी दिनहरूमा पनि अझ प्रभावकारी र व्यवस्थित रूपमा निरन्तरता दिन BTC परिषद् सरकारलाई आवश्यक सहयोग तथा संरक्षण प्रदान गर्न हार्दिक आग्रह गर्दछौं।

AAGSU BTC Region Committee

हाम्रो देश भारतवर्षको स्वतन्त्रताका निमित्त हाँसी–हाँसी फाँसीको फन्दामा चढेर मातृभूमिका लागि आफ्नो अमूल्य जीवन बलिदान गर...
25/08/2026

हाम्रो देश भारतवर्षको स्वतन्त्रताका निमित्त हाँसी–हाँसी फाँसीको फन्दामा चढेर मातृभूमिका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने वीर गोर्खा सपूत, अमर शहीद मेजर दुर्गा मल्लज्यूको पुण्यतिथिमा शत्–शत् नमन एवम् भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
भारतवर्षको स्वतन्त्रता सङ्ग्रामदेखि आजसम्म राष्ट्र निर्माण, राष्ट्रिय सुरक्षा र मातृभूमिको सेवामा गोर्खा समुदायले पुर्‍याएको योगदान अतुलनीय र गौरवपूर्ण छ। वीरता, इमानदारी, त्याग र देशभक्तिलाई आफ्नो पहिचान बनाउँदै असंख्य गोर्खा वीरहरूले भारत माताको सेवामा आफ्नो जीवन समर्पित गरेका छन्।
स्वतन्त्रता आन्दोलनमा शहीद मेजर दुर्गा मल्लजस्ता वीर गोर्खा सपूतहरूको बलिदान भारतको स्वतन्त्रताको इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ। उहाँहरूको साहस र बलिदान केवल गोर्खा समाजको गौरव मात्र होइन, सम्पूर्ण भारतवर्षको अमूल्य राष्ट्रिय सम्पत्ति हो।
राष्ट्रको स्वतन्त्रता, स्वाभिमान र मातृभूमिको रक्षाका लागि उहाँहरूले देखाउनुभएको अदम्य साहस, त्याग, वीरता र देशभक्तिको गाथा सदैव हाम्रो प्रेरणाको स्रोत बनिरहनेछ।
देशका लागि आफ्नो प्राण आहुति दिने वीर शहीदहरूको बलिदान कहिल्यै भुल्न सकिँदैन। उहाँहरूको त्याग, योगदान र देशप्रतिको समर्पणलाई भावी पुस्तासम्म जीवित राख्नु हामी सबैको साझा जिम्मेवारी हो।

जय हिन्द।
जय गोर्खा।

AAGSU BTC Region Committee

१९९२ सन् को २० अगष्टमा भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गरेको ऐतिहासिक दिनको स्मर...
20/08/2026

१९९२ सन् को २० अगष्टमा भारतीय संविधानको आठौँ अनुसूचीमा नेपाली भाषाले संवैधानिक मान्यता प्राप्त गरेको ऐतिहासिक दिनको स्मरण गर्दै ३५औँ भाषा मान्यता दिवसको पावन अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु), बीटीसी क्षेत्रीय समितिको तर्फबाट सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
हाम्रो भाषा केवल संवादको माध्यम मात्र होइन, यो हाम्रो पहिचान, इतिहास, साहित्य, संस्कृति र अस्तित्वको आधार हो। भाषा मान्यताका लागि अग्रजहरूले गर्नुभएको अथक संघर्ष, त्याग र योगदानलाई सदैव सम्मान गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि हामी सबै एकजुट भएर अघि बढौँ।

AAGSU BTC Region Committee
All Assam Gorkha Students' Union

অসম আন্দোলনৰ প্ৰথম মহিলা শ্বহীদ বৈজয়ন্তী দেৱী উপাধ্যায়ৰ ৪৬ সংখ্যক মৃত্যু তিথিত তেখেতক সদৌ অসম গোৰ্খা ছাত্ৰ সন্থা বিটিচ...
16/08/2026

অসম আন্দোলনৰ প্ৰথম মহিলা শ্বহীদ বৈজয়ন্তী দেৱী উপাধ্যায়ৰ ৪৬ সংখ্যক মৃত্যু তিথিত তেখেতক সদৌ অসম গোৰ্খা ছাত্ৰ সন্থা বিটিচি ক্ষেত্ৰীয় সমিতিৰ তৰফৰপৰা পৰা গভীৰ শ্ৰদ্ধাৰে স্মৰণ কৰিছোঁ।
অসমীয়া জাতিৰ অধিকাৰ, স্বাভিমান আৰু অস্তিত্ব ৰক্ষাৰ মহান আন্দোলনত তেখেতে আগবঢ়োৱা সাহসী অৱদান আৰু আত্মবলিদান ইতিহাসৰ পাতত সদায় সোণালী আখৰেৰে লিখা থাকিব। তেখেতৰ ত্যাগ আৰু আদৰ্শ আমাৰ বাবে সদায় প্ৰেৰণাৰ উৎস হৈ ৰ’ব।
এই পৱিত্ৰ দিনটোত মহান শ্বহীদগৰাকীৰ আত্মাৰ চিৰশান্তি কামনা কৰাৰ লগতে তেখেতৰ অমৰ স্মৃতিৰ প্ৰতি জ্ঞাপন কৰিছোঁ অশেষ শ্ৰদ্ধা আৰু কৃতজ্ঞতা।

বীৰ শ্বহীদ বৈজয়ন্তী দেৱী উপাধ্যায় অমৰ হওক।
শ্বহীদৰ ত্যাগ চিৰস্মৰণীয় হওক।

জয় আই অসম।
জয় গোৰ্খা।

गत मिति १४-०८-२०२६ इं शुक्रबारको दिन शिक्षक, साहित्यकार, समाजसेवी तथा श्रीपञ्चमी एम.ई. स्कुलका प्रतिष्ठापक प्रधान शिक्षक...
16/08/2026

गत मिति १४-०८-२०२६ इं शुक्रबारको दिन शिक्षक, साहित्यकार, समाजसेवी तथा श्रीपञ्चमी एम.ई. स्कुलका प्रतिष्ठापक प्रधान शिक्षक, असम नेपाली साहित्य सभाका प्राक्तन शिक्षा उपदेष्टा एवं आजीवन सदस्य, असम गोर्खा सम्मेलनको २७औँ केन्द्रीय अधिवेशनका कार्यकारी सभापति तथा अखिल असम गोर्खा छात्र संघ (AAGSU) अविभाजित नलबारी जिल्ला समितिको मुखपत्र ‘खुकुरी’ का प्रतिष्ठापक मुख्य सम्पादक स्वर्गीय सोमनाथ पराजुली ज्यूको स्मृतिमा आयोजित संस्मरण सभामा आग्सु बीटीसी क्षेत्रीय समितिको तर्फबाट उपस्थित रहेर उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
संस्मरण सभामा उहाँका मार्गदर्शन, सांगठनिक सुझाव, प्रेरणादायी विचारहरूलाई स्मरण गर्दै उहाँको सरल, दूरदर्शी एवम् प्रेरणादायी व्यक्तित्व, समाज र साहित्य क्षेत्रमा पुर्‍याउनुभएको अमूल्य योगदान तथा गोर्खा समाजप्रतिको निस्वार्थ समर्पणको चर्चा गरियो।
उहाँले देखाउनुभएको मार्ग, दिनुभएको सुझाव र समाजप्रतिको सेवाभाव हामी सबैका लागि सदैव प्रेरणाको स्रोत बनिरहनेछ। उहाँको भौतिक अनुपस्थिति भए पनि उहाँका विचार, योगदान र आदर्शहरू हाम्रो स्मृतिमा सदैव जीवित रहनेछन्।
यस दुःखद घडीमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) केन्द्रीय, क्षेत्रीय, जिल्ला तथा आञ्चलिक समितिको तर्फबाट शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै श्रद्धाञ्जली पत्र प्रदान गरियो।

AAGSU BTC Region Committee
All Assam Gorkha Students' Union

Address

Kokrajhar

Telephone

+918011575111

Website

Alerts

Be the first to know and let us send you an email when AAGSU BTC Region Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to AAGSU BTC Region Committee:

Shortcuts

Share

Category