19/08/2022
धन्यवाद ज्ञापन
———————————-
माक्रापाडा त्रिवेणी संघलाई कप्तान रामसिङ ठकुरी सालिक निर्माण समितीद्वारा सम्वर्द्धना जनाइकोमा संघका सम्पूर्ण सदस्यको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दछौं। समाजमा सकारात्मक पहल गरेको खण्डमा यहि समाजले कता न कतैबाट निर्कौल गरिरहेको हुदोरहेछ र कुनै न कुनै दिन त्यसको मूल्यांकन अवश्य हुनेछ भन्ने ध्रूव सत्यलाई ब्यवहारीक रूप दिइएको छ कप्तान रामसिङ ठकुरी सालिक निर्माण समितिले। त्यसको अतिरिक्त विभिन्न क्षेत्रमा हाम्रो समाजलाई योगदान पुर्याइ रहेका ब्याक्ति विशेष, संघ-संस्थाहरूलाई सम्मान दिएर अझ मनोबल बढाउन पर्नेछ भन्ने परोक्ष संदेश पनि वर्तमान समाजलाई दिदै समाजका हरेक वर्गलाई समितिले प्रेरित पारेका छन् भन्दा दुईमत नहोला।
स्वतन्त्र सेनानी कप्तान रामसिङ ठकुरीज्यूको डुवर्सभरिकै वृहत्तम सालिक निर्माण गरेर सम्पूर्ण डुवर्सवासीलाई गर्भीत तुल्याउनको साथसाथै हाम्रो देशको स्वतन्त्र संग्रममा उहाको अतुल्नीय योगदानलाई प्रचार-प्रसारमा ल्याएर ओझेलमा परेका इतिहासलाई उजागर गर्दै सर्वजनिक रूप दिनु जस्तो महत कार्य अरू के हुन सक्छ र..!
उक्त एतिहासिक कार्य सफल्ताको निम्ति समिति र समितिका हरेक कर्मठ सदस्यलाई माक्रापाडा त्रिवेणी संघ हार्दिक बधाई अनि शुभकामना व्याक्त गर्दछ।
धन्यवाद🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏