04/03/2026
27/28 लाइनका गोविन्द गुरुङ परिवारले आफ्नो स्वर्गीय आमाको पुण्य स्मृतिमा हाम्रो उपकार समाजलाई समाज सञ्चालन तथा व्यवस्थापनका लागि चियर (Cheer) सहयोग प्रदान गर्नुभएकोमा हामी सम्पूर्ण उपकार समाजका सदस्यहरू हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं।
यस दुःखद समयमा पनि समाजप्रति देखाउनुभएको सेवा भावना र उदार सहयोगले हामी सबैलाई प्रेरित गरेको छ। तपाईंको परिवारको यस महत्वपूर्ण योगदानले हाम्रो समाजलाई अझ सशक्त र व्यवस्थित बनाउन ठूलो सहयोग पुगेको छ।
स्वर्गीय आमाको आत्माको चिर शान्तिको कामना गर्दै, गोविन्द गुरुङ परिवारप्रति पुनः हार्दिक आभार व्यक्त गर्दछौं। 🙏
Atish Rai