11/08/2026
हार्दिक अभिनन्दन तथा बधाई
खर्साङ विधानसभा क्षेत्रका माननीय विधायक श्री सोनाम लामाज्यूलाई
पश्चिम बङ्गाल विधानसभाद्वारा उच्च शिक्षासम्बन्धी स्थायी समिति (Standing Committee on Higher Education), वर्ष २०२६–२०२७ को अध्यक्ष पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
माननीय विधायकज्यूको दक्षता, अनुभव, नेतृत्व क्षमता, समर्पण र जनसेवाप्रतिको प्रतिबद्धताको उच्च सम्मानस्वरूप प्राप्त यस महत्वपूर्ण जिम्मेवारीले सम्पूर्ण पहाडी क्षेत्र तथा खर्साङ विधानसभा क्षेत्रकै गौरव बढाएको छ।
विशेषगरी शिक्षा क्षेत्रको विकास, विद्यार्थीहरूको उज्ज्वल भविष्य, गुणस्तरीय उच्च शिक्षाको विस्तार तथा शैक्षिक संस्थाहरूको सुदृढीकरणमा यहाँको नेतृत्वले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ।
यस गरिमामय जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै दार्जिलिङ पहाडसहित सम्पूर्ण पश्चिम बङ्गालको शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन र नयाँ आयाम थप्न सफल हुनुहुनेछ भन्ने पूर्ण विश्वास गर्दछौँ।
यस ऐतिहासिक उपलब्धिको अवसरमा—
भारतीय जनता पार्टी, सौरेनी मण्डलका अध्यक्ष श्री प्रवीण राईज्यू,
मण्डल कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू,
शक्ति प्रमुखहरू, बूथ सभापति एवं सचिवहरू,
तथा भारतीय जनता पार्टीका सम्पूर्ण समर्पित कार्यकर्ता–समर्थकहरूको तर्फबाट
माननीय श्री सोनाम लामाज्यूमा हार्दिक अभिनन्दन, बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना अर्पण गर्दछौँ।
“शिक्षाको उन्नति, जनताको प्रगति र क्षेत्रको समृद्धिका लागि नयाँ जिम्मेवारीमा नयाँ ऊर्जा र नयाँ संकल्पका साथ अघि बढ्नुहोस्।”
जय हिन्द 🇮🇳
जय भाजपा 🚩