27/05/2026
बिदा भुक्तानी सम्बन्धी स्पष्टिकरण:
इजरायली कानून अनुसार प्रत्येक कर्मचारीले हरेक वर्ष तलबसहितको बिदा पाउने अधिकार राख्छ। यो अधिकार विदेशी कामदारहरूमा पनि लागू हुन्छ। यदि कर्मचारीले आफ्नो बिदा प्रयोग नगरेमा, ती बिदाका दिनहरू अर्को वर्षका लागि जम्मा हुन्छन्। बिदा वापतको भुक्तानी बिदा लिँदा वा काम समाप्त भएपछि दिइन्छ। केही रोजगारदाताहरूले काम समाप्त हुँदा धेरै ठूलो रकम एकैपटक तिर्न नपरोस् भनेर, कर्मचारीले बिदा नलिए पनि हरेक वर्ष अग्रिम रूपमा बिदा भुक्तानी दिने गर्छन्।