25/06/2026
आज तारिख 25.062026 को दिन ३३- मिखोला सिङ्गीथाङ जिपियुको तत्वधनमा कोप्चे प्राइमरी स्कुलको auditorium भवनमा "बाल सभा”सभ्य अनि भव्यताको साथ,शानदार तवरले सम्पन्न हुन सके।
यस सभामा (Field Facilitator SIRD and PR)म्याडम श्रीमती संगीता प्रधान, माननीय पञ्चायत सभापति महोदय,उपसभापति महोदियका, अन्य माननीय पञ्चायत सदस्यगण, यसै ग्राम पञ्चायत इकाइमा पर्ने तीनवटै पाठशालाबाट पाल्नु भएका शिक्षक शिक्षिका गण साथै ग्राम पञ्चायत इकाइमा कार्यरत अति आदरणीय सर म्याडमहरूको पनि उपस्थिति रहेको थियो भने उहाँहरूकै नेतृत्वमा आजको यस सभा सफल हुन पुगे।
यस सभामा अधिकतम रुपमा सबै पाठशालाका विद्यार्थी नानीहरूले सहभागिता जनाएर आजको यस सभालाई अझै रोचक ढङ्गमा सम्पन्न गर्न सकियो।