Jonathan Khawas

Jonathan Khawas Chairperson United Himalayan Organization

In view of "Meri Maati, Mera Desh" initiative as a part of Azadi Ka Amrit Mahotsav, its my pleasure to Attended on Meri ...
09/08/2023

In view of "Meri Maati, Mera Desh" initiative as a part of Azadi Ka Amrit Mahotsav, its my pleasure to Attended on Meri Maati Mera Desh Program which is started from Today's 9th August 2023 till 30th August 2023, This program was Organised by United Himalayan Organization with Nehru Yuva Kendra Sangathan Darjeeling Ministry of Youth affairs and Sports Government of India at Sonada Railway Station. We also gave honour and Respect to our Veer Ex- Services men ( Army ) and Sahid Families as they gave full dedication to our Nation to be more Powerful overall the World, I also Congrats Hon'ble Prime Minister Shri Narendra Modi ji for you have started beautiful intiatives to be Good Citizen of India.


04/08/2023

*सांसद राजु बिष्टको कार्यालय*
*प्रेस विज्ञप्ति*
*०४ अगस्ट, २०२३*

आज, मैले दार्जीलिङमा केन्द्रीय विश्वविद्यालयको स्थापनाका लागि एउटा निजी सदस्य विधेयक (Private Members Bill) पेश गरेँ।

हाम्रो दार्जीलिङ, कालेबुङ अनि खरसाङ भारतमा नै केही सबैभन्दा पुराना एवं सर्वाधिक ख्यातिप्राप्त स्कूलहरूको स्थल हो। हालैका वर्षहरूमा सिलगढ़ी अनि मिरिकले पनि स्कूली शिक्षाको दृष्टिले महत्त्वपूर्ण प्रगति गरेका छन्। तर, हाम्रो क्षेत्रमा अन्तर्राष्ट्रीय कोटीका उच्चतर शिक्षा एवं अध्ययन संस्थानहरूको अभाव छ। क्षेत्रमा यथोचित उच्च शिक्षण सुविधाहरूको अभावले गर्दा हाम्रा प्रतिभाहरूको व्यापक पलायन भइरहेको छ, अनि हाम्रो दार्जीलिङ पहाड़, सिलगढ़ी, तराई अनि डुवर्स क्षेत्रका उत्कृष्ट एवं उज्ज्वल प्रतिभाहरू आफ्नो ज्ञान, दक्षता र अभिलाषालाई पछ्याउँदै अन्य ठाउँहरूमा जान बाध्य भएका छन्।

दार्जीलिङमा एउटा उच्चतर शिक्षण एवं प्राविधिक अध्ययन संस्थानको स्थापना हाम्रो क्षेत्रका जनताको चीर-प्रतीक्षित आकांक्षा अनि महत्त्वपूर्ण माग रहिआएको छ। दार्जीलिङमा एउटा केन्द्रीय विश्वविद्यालयको स्थापनाले हाम्रो क्षेत्रलाई भारतमा उच्चतर शिक्षाको केन्द्र, अनि सम्पूर्ण दक्षिण तथा दक्षिण पूर्व एशियामा एउटा महत्त्वपूर्ण शिक्षण केन्द्र बन्न सक्षम पार्नेछ। दार्जीलिङमा एउटा केन्द्रीय विश्वविद्यालयले प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको ‘एक्ट ईस्ट पोलिसी’लाई ठूलो सघाउ पुऱ्याउने छ, अनि दक्षिण एशिया एवं दक्षिण पूर्व एशियाली राष्ट्रहरूसँग भारतको बलियो सम्बन्ध निर्माणमा मद्दत गर्नेछ। यसका साथै, हाम्रो क्षेत्रमा एउटा केन्द्रीय विश्वविद्यालयले हाम्रा युवाहरूका शैक्षणिक आवश्यकताहरूको सम्बोधन गर्न ठूलो काम गर्नेछ, अनि समग्र उत्तर बङ्गाल क्षेत्रको सुनियोजित विकास सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

दार्जीलिङमा एउटा केन्द्रीय विश्वविद्यालयको स्थापना जति चाँड़ो हुनेछ, त्यतिनै चाँड़ो हाम्रा युवाहरूको भविष्य सुरक्षित हुनेछ भन्ने मेरो दृढ़ विश्वास रहेको हुनाले मैले आज संसदमा केन्द्रीय विश्वविद्यालयहरू (संशोधन) विधेयक, २०२२ पेश गरेको छु।

मलाई पूर्ण आशा छ कि सरकारले यस विषयलाई संज्ञानमा लिनेछ अनि यथाशीघ्र दार्जीलिङमा एउटा केन्द्रीय विश्वविद्यालयको स्थापनाका साथै पीपीएस र छुटेका ११ गोर्खा जात गोष्ठीहरूको मुद्दासम्बन्धी घोषणा गर्नेछ।

*राजु बिष्ट*
*लोकसभा सांसद, दार्जीलिङ एवं*
*राष्ट्रीय प्रवक्ता, भारतीय जनता पार्टी*

सबै सोनादा बासी तथा हाम्रो शुभचिन्तक हरु लाई हार्दिक निमन्त्रणा,यसपाली आगामी १५ अगस्त २०२३ को दिन सोनादा रेलवे स्टेशनमा ...
30/07/2023

सबै सोनादा बासी तथा हाम्रो शुभचिन्तक हरु लाई हार्दिक निमन्त्रणा,यसपाली आगामी १५ अगस्त २०२३ को दिन सोनादा रेलवे स्टेशनमा युवा एवं खेल मंत्रालय भारत सरकार साथै युनाइटेड हिमालयन अर्गनाइजेसनको संयुक्तरुपमा सरकारी स्तरमा ७६ओ स्वतन्त्रता दिवस पालन हुन गइरहेको छ ,
जसमा सोनादा जोरखोला देखि लिएर सोनादा रेलवे स्टेशन सम्म फीट इंडिया फ्रीडम रन ३.० पनि हुन गइरहेको छ, जसमा सरकारी अधिकारी तथा सरकारी प्रतिनिधिहरूको पनि उपस्थिति हुने छ,
हाम्रो सोनादा राम्रो सोनादाको नारा लगाउँदै यसपाली आफ्नै ठाउँमा देशको ७६ओ स्वतन्त्रता दिवस कार्यक्रम पालन गरिने निर्णय लिएको छौ,
यस कार्यक्रमको निम्ति कमिटी पनि गठन भइसकेको छ जसको निम्ति संगठनले म अमर सिन्चुरीलाई सभापति नियुक्त गरिएको छ।
मान्नीय मंत्री अनुराग ठाकुर युवा एवं खेल मंत्रालय भारत सरकार साथै दार्जीलिङ का संसाद राजु विष्ट ज्यु नै कुशल युवा प्रतिनिधिहरू हुनु भएको ले गर्दा नै युवा जमातलाई लागु पदार्थ सेवन देखि बचाउन हेतु भारत सरकारले प्रत्येक साल फीट इंडिया फ्रीडम रन ३.० को आयोजना देश भरि गरिरहेका छन्।
यसैले सबैलाई धेरै धेरै धन्यवाद साथै आभार व्यक्त गर्दै कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौँ।

अमर सिन्चुरी
सभापति
यु एच ओ
स्वतन्त्रता दिवस
अस्थायी कमिटी

If anyone want to Participate on Fit India Freedom Run 3.0 kindly contact us 9749858036On the Auspicious Occasion of 76t...
28/07/2023

If anyone want to Participate on Fit India Freedom Run 3.0 kindly contact us 9749858036
On the Auspicious Occasion of 76th 15th August 2023 Independence Day United Himalayan Organization is Organizing Fit India Freedom Run 3.0 from Sonada Jhorekhola to Sonada Railway station with Supervision of Minstry of Youth Affairs and Sports Government of India and Ministry of Cultural Department Government of India.
After Marathon Run United Himalayan Organization will be celebrating 76th Independence Day program along with various guests and Government Personel with the program of " Mera Mati Mera Desh "
From Jhorekhola to Sonada Railway station
Raju Bista Anurag Thakur Ministry of Youth Affairs and Sports, Government of India

बिज्ञप्ति दार्जिलिङ पुलिस अधीक्षकले हाम्रो दार्जीलिङ पुलिसको सम्मान, गौरव र प्रतिष्ठा पुनर्स्थापित गर्ने काम गर्नुनै पर्...
26/07/2023

बिज्ञप्ति
दार्जिलिङ पुलिस अधीक्षकले हाम्रो दार्जीलिङ पुलिसको सम्मान, गौरव र प्रतिष्ठा पुनर्स्थापित गर्ने काम गर्नुनै पर्छ।*

दार्जीलिङमा हाम्रा एकजना ट्रक ड्राइभरले भोग्नु परेको अत्याचारको खबरले म स्तब्ध छु।

कुनै समय थियो जब दार्जीलिङ पुलिसले जनता माझ गर्व, सुरक्षा र निरापदताको भावना उत्पन्न गर्थ्यो। हालैका वर्षहरूमा, पश्चिम बङ्गाल सरकारले दार्जीलिङ पुलिसमाथि पूरा नियन्त्रण गरेको छ, अनि यसलाई टीएमसी पुलिसमा बदलिएको छ। दार्जीलिङ पुलिसमाथि आफ्नो कब्जा जमाएपछि पुलिसको वर्दी लगाउन अयोग्य केही व्यक्तिहरूलाई तिनीहरूको नबान्ना र कोलकातासँग निकट सम्बन्धका कारण भर्ती गरिएको छ। बितेका केही वर्षमा, हामी सबैले केही धूर्त पुलिस अधिकारीहरूद्वारा जनतालाई सताइएको, यातना दिइएको, अनि गैर-कानूनी ढङ्गले बलजफती असुली गरेको बढ्दो घटनाहरू देखिरहेका छौँ।

हाम्रा ट्रक ड्राइभरहरूका लागि न्यायको माग गर्न म दार्जीलिङका जनतासँग उभिएको छु। उनीहरू जनताको सेवामा वर्षभरी कड़ा मेहनत गर्छन्। उनीहरू कमसेकम हाम्रो सहानुभूति, समर्थन र समझदारीका हकदार छन्। यातना, अनि बलजफती असुली बन्द हुनु पर्छ।

म, दार्जीलिङका पुलिस अधीक्षकलाई पनि अनुरोध गर्दछु कि कृपया दार्जीलिङ पुलिसको गौरव अनि प्रतिष्ठालाई कायम राख्नुहोस्। दार्जीलिङ पुलिसले पुश्तौँदेखि कमाएको सम्मान केही पुलिसकर्मीहरूको क्षुद्र क्रियाकलापले गर्दा समाप्त हुँदै गइरहेको छ। कृपया यी सड़ेका स्याउहरूलाई हाम्रो प्यारो दार्जीलिङ पुलिसको सम्मान र प्रतिष्ठा बर्बाद गर्न नदिनुहोस्।

म, दोषी पुलिसकर्मीहरूविरुद्ध कड़ा भन्दा कड़ा कारबाही गर्न अनुरोध गर्दछु। ती सबैले कानूनको पूर्ण बलको सामना गर्नुनै पर्नेछ।

दार्जिलिङ पुलिस अधीक्षकले हाम्रो प्यारो दार्जीलिङ पुलिसको सम्मान, गौरव र प्रतिष्ठा पुनर्स्थापित गर्ने काम गर्नुनै पर्छ।

*राजु बिष्ट*
*लोकसभा सांसद, दार्जीलिङ एवं*
*राष्ट्रीय प्रवक्ता, भारतीय जनता पार्टी*
Raju Bista

"नयाँ सुरुवात तब हुन्छ, जब कुनै पुरानो सुरुवातको अन्त्य हुन्छ।"With Brother Sanjeev Lama , Àâkãßh Kùlûñg Rãí And Prayash...
23/07/2023

"नयाँ सुरुवात तब हुन्छ, जब कुनै पुरानो सुरुवातको अन्त्य हुन्छ।"
With Brother Sanjeev Lama , Àâkãßh Kùlûñg Rãí And Prayash ji

BJP Family

Helping Esmile Das resident of Ghoom bhangyang Contestant of Mero Voice Universe An International Reality Show from Nepa...
22/07/2023

Helping Esmile Das resident of Ghoom bhangyang Contestant of Mero Voice Universe An International Reality Show from Nepal.
Thank you for your help👍
दार्जीलिङ घुम भन्ज्याङ निवासी इसमाइल दासलाई आज सोनादामा उनलाई सहयोग गर्न हेम्तु युनाइटेड हिमालयन अर्गनाइजेसन, लोवर सिर्डसका समाज सेवी तथा कलाकारहरु, साथै सोनादा बजारका सचेत जमात हरु द्वारा उनलाई सोनादा रेलवे स्टेशनमा कार्यक्रमको आयोजना गरि अर्थ संग्रह गरेर उनलाई सहयोग गरिएको छ, इसमाइल दास नेपालमा सम्पन्न भईरहेको गायन प्रतियोगिता कार्यक्रम मेरो भोइस युनिभर्समा बर्तमान उनी भोटिङ राउण्डमा पुग्दै प्रथम चरण पार गर्न सफल भएका छन् । उक्त कार्यक्रममा युनाइटेड हिमालयन अर्गनाइजेसन अध्यक्ष जोनाथान खवास, रोवर सिर्डसबाट अभिनाश मोथे, अमर सिन्चुरी, लाता परियार अन्यहरू उपस्थिति रहेको थियो, कार्यक्रमा धेरै कलाकार हरु ले गीत गाएर उनलाई सहयोग पुराएको छ।
सबैले इसमाइल दासलाई धेरै भन्दा धेरै भोट हालेर बिजयी बनाई दिने युनाइटेड हिमालयन अर्गनाइजेसन अध्यक्ष जोनाथान खवास ले जनसाधारण लाई अपिल गरेका छन् ।

अहिले सोनादा क्षेत्र मा जाम को धेरै समस्या हुॅदै गई रहेको छ । सायदै यस क्षेत्र एउटा व्यवस्थित पार्कीङ नभएको कारणले जाम भ...
20/07/2023

अहिले सोनादा क्षेत्र मा जाम को धेरै समस्या हुॅदै गई रहेको छ । सायदै यस क्षेत्र एउटा व्यवस्थित पार्कीङ नभएको कारणले जाम भएको भन्ने जन साधारण को भनाई छ । जति पनि आउछ मुखबिर मात्र आउछ प्राटटिकल काम गर्ने कोही छैन नेताहरु त बगमफुसे कुरा मात्र गर्ने हो । सोनादा ग्यारेज लाईन अहिले जाम को केन्द्र बिन्दु बनेका छन् स्कुल लाग्नु अघि साथै छुट्टी भए पछि त झन्। यस विषय मा चालक दाजु-भाईहरु ले पनि बुझ्नु पर्छ साथै सम्बंधित निकाय ले पनि ठोस कदम उठाउनु पर्छ जन मानिष को भनाई छ।
स्रोत: Sonada Chronicle

दार्जीलिङ पहाड स्वस्थ्य क्षेत्रमा धेरै पछाडि को छ, कोरोना काल देखि नै युनाइटेड हिमालयन अर्गनाइजेसनले स्वस्थ्य नै धन हो म...
19/07/2023

दार्जीलिङ पहाड स्वस्थ्य क्षेत्रमा धेरै पछाडि को छ, कोरोना काल देखि नै युनाइटेड हिमालयन अर्गनाइजेसनले स्वस्थ्य नै धन हो मिसन अन्तर्गत लगभग दार्जीलिङ पहाडको ४० क्षेत्रहरुको लगभग ५ हजार भन्दा बढी मानिसहरूले यस कार्यक्रमको लाभ प्राप्त गर्न सफल भयो , फेरि पनि युनाइटेड हिमालयन अर्गनाइजेसनले स्वस्थ्य नै धन हो मिसन कार्यक्रम निरन्तर रुपमा अघि बढाइने फेसला गरिएको छ, आजको सभामा पूर्ण रूपमा छलफल गरियो।

आज मैले सोनादामा  "वन महउत्सव" कार्यक्रम भाग लिए उक्त कार्यक्रममा दार्जीलिङ जिल्ला वन अधिकारी, उप जिल्ला वन अधिकारी, जोर...
18/07/2023

आज मैले सोनादामा "वन महउत्सव" कार्यक्रम भाग लिए उक्त कार्यक्रममा दार्जीलिङ जिल्ला वन अधिकारी, उप जिल्ला वन अधिकारी, जोरबंङ्गलो वन रेन्जर अधिकारी, सोनादा वन विट अधिकारी, पुलिस विभागका अधिकारीहरु , शिक्षक, शिक्षिकाहरु,सोनादा सलेसियन कलेज साथै सोनालाल उच्चतर माध्यमिक विद्यालय का विद्यार्थीहरु उपस्थिति रहेको थियो।
आजको कार्यक्रममा विरुवा रोप्न कार्यक्रमलाई विशेष ध्यान दिदै , पर्यावरण बचाऊ हेतु राज्य सरकारले प्रत्येक वर्ष यस कार्यक्रमको आयोजना गर्ने गर्छन्,
एक प्रतिनिधि भएको हुनाले सोनादालाई आउने प्राकृतिक प्रकोप देखि बचाउन हेतु मैले वन अधिकारीहरु लाई जनाइसकेका छु,
हाम्रो संगठनले अघि देखि नै पर्यावरण विषय लिएर कार्यक्रम गरिरहेको छ र पर्यावरण विषय लिएर हामी चिन्तित छौं र हुने छौ,
एक दिन न एक दिन सोनादा क्षेत्र मात्र नभएर पुरै दार्जीलिङ ले काजुली फेर्ने छन्,
मैले यो विषय लिएर मैले रिपोर्ट केन्द्र सरकार साथै युवा एवं खेल मंत्रालय भारत सरकारलाई पठाइसकेको छु, यस विषयमा दुवै सरकारले कदम चाल्नु जरुरी छ अनि पर्यावरण संरक्षणको निम्ति काम गर्नु जरुरी छ।

Address

Darjeeling
Sonada
734209

Website

Alerts

Be the first to know and let us send you an email when Jonathan Khawas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category