04/09/2026
जिल्ला स्तरीय पण्डित दीनदयाल उपाध्याय प्रशिक्षण शिविर
मिति ३ र ४ सेप्टेम्बर २०२६ मा खरसाङको डाउहिल फरेस्ट स्कुलमा दुई दिने जिल्ला स्तरीय पण्डित दीनदयाल उपाध्याय प्रशिक्षण शिविर सफलतापूर्वक सम्पन्न भयो।
यस प्रशिक्षण शिविरमा माननीय सांसदज्यू, विधायकज्यू, भाजपा जिल्ला नेतृत्व, मण्डलका पदाधिकारी, पञ्चायत समिति, सभासद् तथा पार्टीका अन्य वरिष्ठ पदाधिकारी एवं कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो।
शिविरमार्फत पार्टीको विचारधारा, संगठनलाई अझ सुदृढ बनाउने उपाय तथा जनसेवाका विषयमा महत्वपूर्ण प्रशिक्षण र मार्गदर्शन प्रदान गरिएको थियो।