Nepali In Italy

Nepali In Italy Italy News | Immigration Updates | Nepali Community Stories

More info www.nepitalia.com

भदौ १४, बिहान ४:३१ बजेजिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढीको बहाव बढेको आवाज सुनिएको भन्ने सूचना छ ...
30/08/2026

भदौ १४, बिहान ४:३१ बजे

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढीको बहाव बढेको आवाज सुनिएको भन्ने सूचना छ यसै सूचना लाई आधारमानी हाललाई रसुवा, नुवाकोट, धादिंग सम्म नदी आसपास को क्षेत्रमा सतर्कता को अपील गर्दछौ। थप पुष्टी हुनासाथ अपडेट गर्दै जाने छौ ।

National Disaster Risk Reduction & Management Authority PMO Nepal

29/08/2026

उद्धार गर्न जाँदाको यथार्थ:
‍- त्रिशुलीको बिदुर भन्दा उताको बाटो पुरै भत्केको छ।
- पुलहरु ध्वस्त छन्।
- गाडी त के मान्छे हिड्न पनि कठिन छ।
- तिन तलासम्म बाढीको हिलो लेदो छ।
- मानिसहरु त्रसित छन्।

आशा लाग्दो पक्ष:
- तसर्थ लगिएको राहत सामाग्री सेनाले हेलिकप्टरबाट ठाँउ ठाँउमा पुर्याईरहेको छ
- मानिसहरुको मनोबल उच्च राख्ने काम सबैले गर्दैछन्
‍- सेना, प्रहरी, स्थानिय निकायले राम्रो काम गरिरहेका छन्
‍- राहतहरु आउने क्रम एकदम तिब्र छ
- हराएको मान्छेको खोजि कार्य तिब्र छ
- खटिएका प्रहरी, सेनाहरु नम्र छन्

प्राथना गिरराखौ, छिट्टै सबै राम्रो होस्

27/08/2026

भोटेकोशी बाढीको भयावह अपडेट : ३५९ शव फेला

27/08/2026

आपतकालीन सहायता/हेल्पलाइन नम्बरहरू:

सशस्त्र प्रहरी बल: १११४
नेपाल प्रहरी: १००
एम्बुलेन्स: १०२
DEOC: १२३८

सहायक प्रमुख जिल्ला अधिकारी, रसुवा: ९८५११६४४२२
रसुवा प्रहरी: ९८५१२५४९६०

सहायक प्रमुख जिल्ला अधिकारी, नुवाकोट: ९८५१२४८७७७
नुवाकोट प्रहरी: ९८५१२८२३८०

प्रमुख जिल्ला अधिकारी, धादिङ: ९८५१२४७७७७
धादिङ प्रहरी: ९८५१२२९८६०

सहायक प्रमुख जिल्ला अधिकारी, चितवन: ९८५५०८८८९१
चितवन प्रहरी: ९८५५०१३९९९

आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि हेल्पलाइन: १११५

आपत्का बेला नआत्तिऔँ, सजग र पूर्वतयार रहौँ।
यो जानकारी आफन्त तथा साथीभाइमा सेयर गरी सुरक्षित रहन सहयोग गरौँ।

इटालीमा आश्रय (Asylum) सम्बन्धी जानकारी सबै हाम्रो वेबसाइट www.nepitalia.com मा
27/08/2026

इटालीमा आश्रय (Asylum) सम्बन्धी जानकारी सबै हाम्रो वेबसाइट www.nepitalia.com मा

मृतकको कानको मुन्द्रा चोरी गर्ने व्यक्तिहरु प्रहरी ले नियन्त्रणमा लिएको छ ।
27/08/2026

मृतकको कानको मुन्द्रा चोरी गर्ने व्यक्तिहरु प्रहरी ले नियन्त्रणमा लिएको छ ।

27/08/2026

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित व्यक्तिहरूको अनुभव विश्वसामु पुर्‍याउन BBC UK ले आज अन्तर्वार्ता लिँदैछ।

समय: नेपाली समय बेलुका ७:४५ बजे / बेलायतको समय दिउँसो ३:०० बजे

यदि तपाईं स्वयं प्रभावित हुनुहुन्छ वा प्रभावित व्यक्तिलाई चिन्नुहुन्छ र आफ्नो अनुभव साझा गर्न चाहनुहुन्छ भने, कृपया तुरुन्तै हामीलाई DM गर्नुहोस् वा
WhatsApp मार्फत 3276131497 मा सम्पर्क गर्नुहोस्।

🙏 कृपया यो सूचना शेयर गरिदिनुहोस्।

26/08/2026

रसुवामा ठूलो विपत्ति! कम्तीमा ९५ जनाको ज्यान गयो

रसुवामा बुधवार बिहान आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति भएको छ। प्रधानमन्त्रीको कार्यालयले कम्तीमा ९५ जनाको मृत्यु...
26/08/2026

रसुवामा बुधवार बिहान आएको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति भएको छ। प्रधानमन्त्रीको कार्यालयले कम्तीमा ९५ जनाको मृत्यु भएको पुष्टि गरेको छ। त्रिशूली नदीको तटीय क्षेत्रमा चितवनसम्म जोखिम हुन सक्ने भन्दै सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

https://youtu.be/L0BPZi-HC5s?is=CXmVTE797UwSZwB2

रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट बुधबार बिहान करिब ९ बजेतिर अचानक ठूलो बाढी प्रवेश गरेपछि टिमुरे, स्याफ्रुबेँसीलगायत...
26/08/2026

रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट बुधबार बिहान करिब ९ बजेतिर अचानक ठूलो बाढी प्रवेश गरेपछि टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।

बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा प्रवेश गरेपछि नुवाकोट, धादिङ हुँदै चितवनतर्फका तटीय क्षेत्रमा समेत जोखिम बढेको छ। प्रशासनले नदी आसपासका बस्तीलाई उच्च सतर्कता अपनाउन तथा सम्भव भएसम्म सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

Indirizzo

Milan
20025

Notifiche

Lasciando la tua email puoi essere il primo a sapere quando Nepali In Italy pubblica notizie e promozioni. Il tuo indirizzo email non verrà utilizzato per nessun altro scopo e potrai annullare l'iscrizione in qualsiasi momento.

Contatta L'organizzazione

Invia un messaggio a Nepali In Italy:

Scelte rapide

Condividi