20/08/2026
फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको रहस्यमय मृत्यु
जापानको फुकुओकामा अध्ययनरत नेपाली युवती लक्ष्मी राजवंशीको रहस्यमय मृत्यु भएको खबरले नेपाली समुदायलाई स्तब्ध बनाएको छ। २५ वर्षीया लक्ष्मी पूर्वी झापाको चन्द्रगढी–८ निवासी अशिन राजवंशीकी छोरी भएको बताइएको छ।
प्राप्त जानकारीअनुसार, घटना भएको समयमा लक्ष्मीकी रुम पार्टनर काममा गएको बताइएको छ। त्यसपछि लक्ष्मीको मृत्यु भएको अवस्थामा रुममा केही व्यक्ति पुगेको र घटनास्थलको फोटो खिचेर केही सेनपाईलाई फोन तथा म्यासेजमार्फत जानकारी गराएको भनिएको छ। त्यसपछि घटना सामाजिक सञ्जाल हुँदै जापानी सञ्चारमाध्यमसम्म पुगेको बताइएको छ।
घटनासँग सम्बन्धित भनिएका केही तस्बिरमा रगत, एउटा धारिलो चक्कु र कुच्चिएको अवस्थामा प्रेसर कुकर देखिएको दाबी गरिएको छ। यसले लक्ष्मीको मृत्यु कसरी भयो भन्ने विषयमा गम्भीर प्रश्नहरू उठाएको छ। झगडा भएको थियो कि थिएन, घटना अचानक भयो कि अन्य कुनै कारण थियो भन्ने कुरा भने अहिले नै निश्चित भइसकेको छैन।
घटनापछि प्रहरीले केही व्यक्तिलाई अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिएर अलग–अलग बयान लिइरहेको बताइएको छ। घटनाको वास्तविकता के हो र लक्ष्मीको मृत्यु कसरी भयो भन्ने कुरा अब प्रहरी अनुसन्धानबाट नै स्पष्ट हुनेछ।
अब सबैको मनमा उठेका प्रश्नहरू—
१. लक्ष्मीको मृत्यु कसरी भयो?
२. उनको शव खोलामा कसरी पुग्यो?
३. घटनास्थलमा वास्तवमा के भएको थियो?
४. फोटो खिच्ने तथा जानकारी गराउने व्यक्तिहरूबीचको च्याटमा के कुरा भएको थियो?
५. यदि कसैको संलग्नता पुष्टि भयो भने त्यसको जिम्मेवार को हो?
दोषी जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार कडा कारबाही हुनुपर्छ। तर अनुसन्धान पूरा नहुँदै कसैलाई दोषी घोषणा गर्नु वा अपुष्ट आरोप लगाउनु उचित हुँदैन।
लक्ष्मी राजवंशीप्रति भावपूर्ण श्रद्धाञ्जली। 🙏Helping Hand Japan TeamHelping Hand Japan Team(HHJT)Routine of Nepal bandaRamesh Rijal
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।
सत्य तथ्य बाहिर ल्याउन प्रहरीको अनुसन्धानमा सहयोग गरौँ। @