Yatri Samaj Kuwait

Yatri Samaj Kuwait यात्री जब यात्रा गर्न निस्किन्छ्न - तब मात्रै उनको भोगाइ, अनुभव , र देन झल्किन्छ ! स्वागत छ 🙏
(1)

कुवेतबाट शिक्षामा सहयोग, यात्री समाज कुवेतद्वारा शैक्षिक सामग्री वितरण ,
11/06/2026

कुवेतबाट शिक्षामा सहयोग, यात्री समाज कुवेतद्वारा शैक्षिक सामग्री वितरण ,

कुवेतको हवाई क्षेत्र पुनः सञ्चालनमा, नियमित उडान सेवा सुचारु : कुवेतको नागरिक उड्डयन महानिर्देशनालयले सुरक्षा सतर्कताका ...
11/06/2026

कुवेतको हवाई क्षेत्र पुनः सञ्चालनमा, नियमित उडान सेवा सुचारु :
कुवेतको नागरिक उड्डयन महानिर्देशनालयले सुरक्षा सतर्कताका कारण लागू गरिएका अस्थायी प्रतिबन्ध हटाउँदै कुवेतको हवाई क्षेत्र पुनः सामान्य अवस्थामा सञ्चालनमा आएको जनाएको छ।
महानिर्देशनालयका अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सेवा पनि पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुन थालेको छ। हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरी अवस्थाको २४सै घण्टा निगरानी भइरहेको जनाएको छ ।
साथै, यात्रु तथा हवाई यातायातको सुरक्षाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नवीनतम जानकारीका लागि आधिकारिक माध्यमहरूलाई मात्र पछ्याउन सर्वसाधारणलाई आग्रह गरिएको छ। 🇰🇼✈️

11/06/2026

कुवेतले बिहीबार बिहान आफ्नो हवाई क्षेत्र (एयरस्पेस) अस्थायी रूपमा बन्द गरेको छ। कुवेती नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले सार्वजनिक सुरक्षा तथा हवाई उडानको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरेको जनाएको छ। यसका कारण केही अन्तर्राष्ट्रिय उडानहरू अन्य विमानस्थलतर्फ मोडिएका छन्।

अधिकारीहरूका अनुसार यो कदम पूर्ण रूपमा सावधानीका लागि अपनाइएको हो, ताकि यात्रु, विमान र हवाई पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न सकियोस्। पछिल्ला दिनहरूमा इरानसँग सम्बन्धित सुरक्षा चुनौती बढेपछि कुवेतले उच्च सतर्कता अपनाएको छ।

यात्री समाज कुवेतको जून महिनाको मासिक बैठक सम्पन्न!यात्री समाज कुवेतको जून महिनाको मासिक बैठक मिति ९ जुन २०२६ का दिन फार...
09/06/2026

यात्री समाज कुवेतको जून महिनाको मासिक बैठक सम्पन्न!
यात्री समाज कुवेतको जून महिनाको मासिक बैठक मिति ९ जुन २०२६ का दिन फार्वनियास्थित हातेमालो नेपाली रेस्टुरेन्टमा सथाका अध्यक्ष राजु धमला ज्युको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ। बैठकमा संस्थाका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा संस्थाका आगामी कार्यक्रमहरू, सामाजिक गतिविधिहरू तथा संगठनलाई थप प्रभावकारी र सशक्त बनाउने विषयमा विस्तृत छलफल गरी आवश्यक निर्णयहरू समेत गरिएको छ।
बैठकलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि संस्थाप्रतिको यही एकता, सहयोग र सक्रिय सहभागिताको अपेक्षा गर्दै, सबैमा हार्दिक आभार प्रकट गर्दछौं।
धन्यवाद।
यात्री समाज कुवेत

जन्मदिनको शुभकामना!Happy birthday to you 🎂🎁🎈यात्री समाज कुवेतको युवा संयोजक श्री प्रकाश सेन ज्युलाई शुभ- जन्मदिनको उपलक्...
06/06/2026

जन्मदिनको शुभकामना!

Happy birthday to you 🎂🎁🎈

यात्री समाज कुवेतको युवा संयोजक श्री प्रकाश सेन ज्युलाई शुभ- जन्मदिनको उपलक्ष्यमा संस्थाको तर्फवाट सु-स्वास्थ्य समृध्दि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं!

यात्री समाज कुवेत परिवार !!

निरेम  प्रोडक्सन, कुवेत तथा मेट्रो मेडिकलको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा नेपाली समुदायको उल्लेखनीय सहभागि...
05/06/2026

निरेम प्रोडक्सन, कुवेत तथा मेट्रो मेडिकलको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो सुपर मेडिकल केयर, महाबुला ब्लक–२ मा बिहान ७ बजेदेखि सञ्चालन भइरहेको शिविरका केही दृश्यहरू 🎥

#कुवेत

04/06/2026

कुवेत विमानस्थलमा ड्रोन आक्रमणपछिको सीसीटीभी फुटेज सार्वजनिक

कुवेतको नागरिक उड्डयन महानिर्देशनालयले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–१ मा भएको भनिएको ड्रोन आक्रमणपछिको प्रारम्भिक अवस्थाको सीसीटीभी फुटेज सार्वजनिक गरेको छ। उक्त घटनामा मानवीय क्षति, गम्भीर घाइते तथा ठूलो भौतिक क्षति भएको बताइएको छ।
Video From: Kuwait Times page

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गरेको ड्रोन तथा क्षेप्यास्त्र (मिसायल) आक्रमणमा परी ६३ जना घाइते भएका छन् । कुव...
03/06/2026

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गरेको ड्रोन तथा क्षेप्यास्त्र (मिसायल) आक्रमणमा परी ६३ जना घाइते भएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार आज बिहानै भएको यस भीषण आक्रमणमा विमानस्थलको एउटा टर्मिनल भवनमा ठूलो क्षति पुगेको छ । घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेकाले सात जनाको आकस्मिक रूपमा ठूलो शल्यक्रिया (मेजर सर्जरी) समेत गरिएको मन्त्रालयले पुष्टि गरेको छ ।

यो घातक आक्रमण आज बिहान सबेरै भएको थियो, जसमा परी एक जनाको ज्यान समेत गएको छ । आक्रमणका कारण विमानस्थलका महत्त्वपूर्ण संरचनाहरूका साथै नजिकै रहेका विभिन्न देशका कूटनीतिक नियोग (दूतावास) का भवनहरूमा पनि ठूलो क्षति पुगेको कुवेती अधिकारीहरूले बताएका छन् । घटनालगत्तै कुवेतले आफ्नो व्यावसायिक हवाई उडान सेवालाई केही समय स्थगित गरेको थियो भने अहिले विमानस्थल पुन सुचारु भएको छ।

Source: Al Jazeera

Eid mubarak  🌙✨
26/05/2026

Eid mubarak 🌙✨

जन्मदिनको शुभकामना!Happy birthday to you 🎂🎁🎈यात्री समाज कुवेतको सदस्य साथै विभिन्न संघसस्था र खेलकुद क्षेत्रमा सक्रिय श्...
25/05/2026

जन्मदिनको शुभकामना!

Happy birthday to you 🎂🎁🎈

यात्री समाज कुवेतको सदस्य साथै विभिन्न संघसस्था र खेलकुद क्षेत्रमा सक्रिय श्री निरज क्षेत्री ज्युलाई शुभ- जन्मदिनको उपलक्ष्यमा संस्थाको तर्फवाट सु-स्वास्थ्य समृध्दि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं!

यात्री समाज कुवेत परिवार !!

Address

Kuwait City

Website

Alerts

Be the first to know and let us send you an email when Yatri Samaj Kuwait posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Yatri Samaj Kuwait:

Share

Category