मेल्लेख गाउँपालिका,अछाम Mellekh Rural Municipality, Achham

  • Home
  • Nepal
  • Achham
  • मेल्लेख गाउँपालिका,अछाम Mellekh Rural Municipality, Achham
फर्म/कम्पनि/संस्था सूचिकृत सम्बन्धी सूचना !
30/07/2026

फर्म/कम्पनि/संस्था सूचिकृत सम्बन्धी सूचना !

उपचार खर्च नवीकरण सम्बन्धमा ।
21/07/2026

उपचार खर्च नवीकरण सम्बन्धमा ।

करारमा पदपूर्ति सम्बन्धी सूचना ।
17/07/2026

करारमा पदपूर्ति सम्बन्धी सूचना ।

मेल्लेख गाँउपालिकामा कार्यरत सब इन्जिनियर श्री बैजन्ती बोहरा,श्री ज्ञानू कार्की र अनमी श्री सुशीला सिं ठकुरी,अनिता राना ...
16/07/2026

मेल्लेख गाँउपालिकामा कार्यरत सब इन्जिनियर श्री बैजन्ती बोहरा,श्री ज्ञानू कार्की र अनमी श्री सुशीला सिं ठकुरी,अनिता राना ज्यू को बिदाई तथा फेरी भेटौला कार्यक्रम

सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र नवीकरण गर्ने सम्बन्धी सूचना ।
15/07/2026

सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र नवीकरण गर्ने सम्बन्धी सूचना ।

सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गरिने सम्बन्धी सूचना ।
01/07/2026

सार्वजनिक विदाको दिनमा पनि सेवा प्रवाह गरिने सम्बन्धी सूचना ।

क्यान्सर लगायत तोकिएका कडा रोग लागेका बिरामीहरुलाई उपचार सहायता सम्बन्धी अत्यन्त जरुरी सूचना।
26/06/2026

क्यान्सर लगायत तोकिएका कडा रोग लागेका बिरामीहरुलाई उपचार सहायता सम्बन्धी अत्यन्त जरुरी सूचना।

सडक अधिकार क्षेत्रभित्रका घर,टहरा हटाउने सम्बन्धि सूचना |
25/06/2026

सडक अधिकार क्षेत्रभित्रका घर,टहरा हटाउने सम्बन्धि सूचना |

मेल्लेख गाउँपालिका गाउँ सभाको १८ औं  अधिवेशन २०८३/१० असार ।
24/06/2026

मेल्लेख गाउँपालिका गाउँ सभाको १८ औं अधिवेशन २०८३/१० असार ।

19/06/2026

विकास र बजेटमा युवा सहभागिताको प्रतिवद्धता, अध्यक्षसँग युवा संवाद कार्यक्रम मेल्लेखमा सम्पन्न ।।

असार ५, मेल्लेख
समृद्ध मेल्लेखको आधार, विकास र बजेट निर्माणमा युवा सरोकार भन्ने मूल नाराका साथ अछामको मेल्लेख गाउँपालिकामा ‘युवा सहभागिता संवाद र रूपान्तरण अन्तर्गत अध्यक्षसँग युवा कार्यक्रम मेल्लेखमा सम्पन्न भएको छ ।
मेल्लेख गाउँपालिकाको आयोजना, अछाम मिडिया नेटवर्कको सहजीकरण तथा आस्था नेपाल र वल्र्ड भिजनको साझेदारीमा उक्त कार्यक्रम विहिवार सम्पन्न भएको हो ।
हाम्रो मेल्लेख राम्रा मेल्लेख भन्ने मूल संकल्पका साथ पालिकालाई सफा, स्वच्छ, स्वस्थ र समृद्ध बनाउने अभियान अन्तर्गत युवाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न यो संवाद कार्यक्रमको आयोजना गरिएको हो ।

विकास र बजेट निर्माणमा युवाको विचार समेटिने :

कार्यक्रममा स्थानीय तहको विकास प्रक्रिया, नीति तथा बजेट निर्माणमा युवाहरूको अर्थपूर्ण सहभागिता र भूमिकाका विषयमा सरोकारवालाहरूबीच गहन छलफल भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउँदले पालिकाको समग्र विकासका लागि युवाहरूको ऊर्जा र रचनात्मक सुझाव अपरिहार्य रहेको बताउनुभयो । संवादका क्रममा स्थानीय युवाहरूले उठाएका जायज माग, आवश्यकता र योजनाहरूलाई आगामी बजेटमा प्राथमिकताका साथ समेट्ने प्रतिवद्धता समेत अध्यक्षले व्यक्त गर्नुभयो ।
उहाले भन्नुभयो युवाहरूको रचनात्मक सुझाव र सहभागिता विना समृद्ध मेल्लेखको सपना अधुरो रहन्छ । आगामी नीति तथा बजेटमा युवाका भावनालाई सम्बोधन गरिने छ ।

भौतिक, सामाजिक र पर्यटन विकासमा फड्को मार्दै मेल्लेख :

संवाद कार्यक्रममा पालिकाले पछिल्लो समय भौतिक तथा सामाजिक विकासमा मारेको महत्वपूर्ण फड्को र गौरवका आयोजनाहरूका बारेमा समेत जानकारी गराइएको थियो । मेल्लेखले आफ्नै प्रशासनिक भवन निर्माण, पिच सडक, निर्माणाधिन आधारभूत अस्पताल, र बृहत लिफ्टिङ खानेपानी योजना, सबै वडाहरूमा बिजुली तथा इन्टरनेटको पहुँच विस्तार, ऐतिहासिक विमकोट दरबार, छोटी बढीमालिका (नन्दामाता मन्दिर), सुगरदह शहीद पार्क र सातमुल जस्ता गौरवमय सांस्कृतिक तथा प्राकृतिक धरोहरहरूको संरक्षण र विकास गर्दै अघि बढिरहेको छ ।

कृषि र उद्यमशीलता मार्फत युवा स्वरोजगार :

युवाहरूलाई गाउँमै स्वरोजगार बनाउन पालिकाले अघि सारेका दूरगामी योजनाहरूबारे कार्यक्रममा जानकारी गराइएको थियो । पालिकाले एक घर दुई एभोकाडो अभियान तरकारी तथा फलफुल पकेट क्षेत्रको विकास जस्ता कार्यक्रम मार्फत जनताको जिवन स्तर उकास्ने कामभइरहेको पालकिाले जनाएको छ ।
सामाजिक कुप्रथा न्यूनीकरणमा युवा परिचालन
भौतिक विकाससँगै सामाजिक रूपान्तरणका लागि दलित, महिला र युवा क्लबहरूको परिचालन मार्फत समाजमा जरा गाडेर बसेका छाउपडी र बालविवाह जस्ता कुप्रथा न्यूनीकरणका प्रयासहरूलाई तीव्र पारिएको पालिकाले जनाएको छ । सामाजिक सचेतना जगाउन युवा क्लबहरूको भूमिकालाई अझ सशक्त बनाइने निष्कर्ष कार्यक्रमले निकालेको छ ।

साझा यात्राका लागि हार्दिक अध्यक्षको अपिल :

संवाद कार्यक्रमबाट स्थानीय सरकारको कार्यप्रणालीप्रति युवाहरूको बुझाइ बढ्ने र सामाजिक कुरीति विरुद्ध युवा परिचालन थप व्यवस्थित हुने अपेक्षा पालिकाले राखेको छ । समृद्ध मेल्लेख निर्माणको यो साझा यात्रामा सम्पूर्ण युवा, अभियन्ता, राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारण सबैलाई रचनात्मक सहयोग र सहभागिताका लागि मेल्लेख गाउँपालिकाले हार्दिक अपिल समेत गरेको छ ।

युवामैत्री बजेट निर्माण गर्न सराेकारवालाकाे सुझाव :

सामाजिक विकास संयोजक प्रेम महरको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष ज्वाला सिं साउँद प्रमुख अतिथी रहनु भएके थियो । प्रशासकीय अधिकृत संगिता ताम्राकारले पालिकाको बजेट निमार्ण प्रक्रिया र भएगरेका विकास निमार्णको वारेमा जानकारी गराउनुभएके थियो भने प्रमुख प्रशासकिय अधिकृत धौलराम शार्की, २ नम्वर वडा अध्यक्ष कुशलराज बुढा, ५ नम्वर वडा अध्यक्ष प्रकाश अधिकारी, गैससकर्मी भ्वानसिह शार्की, जनता नमूना मावीका प्रधानाध्यापक नृप विक, सञ्चारकर्मीहरुले बजेटमा युवाहरुको सहभागिता हुनुपर्नेमा जोड दिदै सुझाव दिएका थिए ।
कार्यक्रममा स्थानीय युवाहरू, बालकल्बका प्रतिनिधि, जनप्रतिनिधिहरू, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभातिगा रहेको थियो ।

Address

Mellekh Rural Municipality
Achham
10700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when मेल्लेख गाउँपालिका,अछाम Mellekh Rural Municipality, Achham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मेल्लेख गाउँपालिका,अछाम Mellekh Rural Municipality, Achham:

Shortcuts

Share