श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ

  • Home
  • Nepal
  • Aiselukharka
  • श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ

श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ, Public School, Rakha Bangdel, Aiselukharka.

24/09/2026

अत्यावश्यक सूचना

आज र भोलि पठनपाठन स्थगन सम्बन्धमा

सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीज्यूहरूमा हार्दिक नमस्कार ।

ऐसेलुखर्क गाउँपालिकाबाट प्राप्त सूचना तथा अनुरोधलाई उद्धृत गर्दै, पछिल्लो समय भइरहेको अत्यधिक वर्षाका कारण विद्यार्थीहरूमा पर्न सक्ने सम्भावित जोखिम तथा क्षतिलाई मध्यनजर गर्दै मिति २०८३ असोज ८ र ९ गते विद्यालयमा हुने सम्पूर्ण पठनपाठन तथा शैक्षिक गतिविधि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

उक्त अवधिमा सम्पूर्ण विद्यार्थीहरूलाई घरमै सुरक्षित रहन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा विद्यालय/सम्बन्धित शिक्षकहरूसँग नियमित सम्पर्कमा रहन हार्दिक अनुरोध गरिन्छ ।

साथै, गाउँपालिका र विद्यालयबाट प्राप्त हुने थप आधिकारिक सूचना तथा निर्देशनअनुसार विद्यालयको पठनपाठन सञ्चालनसम्बन्धी जानकारी गराइनेछ ।

विद्यार्थीको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो ।
सबैजना सुरक्षित रहनुहुन हार्दिक अनुरोध ।

धन्यवाद ।

हार्दिक समवेदनाहाम्रा आदरणीय शिक्षक श्री जयराम राईज्यूका पूजनीय पिता श्री चतुरराज राईज्यूको मिति २०८३/०५/३१ गते बेलुकी ४...
17/09/2026

हार्दिक समवेदना

हाम्रा आदरणीय शिक्षक श्री जयराम राईज्यूका पूजनीय पिता श्री चतुरराज राईज्यूको मिति २०८३/०५/३१ गते बेलुकी ४ः२१ बजे ८७ वर्षको उमेरमा भएको दुःखद निधनको खबरले विद्यालय परिवार अत्यन्त मर्माहत एवं स्तब्ध भएको छ ।

यस दुःखद घडीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त शिक्षकज्यू तथा सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ । यस कठिन समयमा शोकसन्तप्त परिवारलाई धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौँ ।

परमात्माले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा शोकाकुल परिवारजनलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरून् ।

शोकसन्तप्त परिवारप्रति विद्यालय परिवारको हार्दिक समवेदना ।

16/09/2026

आज मिति २०८३ साल भदौ मसान्तका दिन प्र.अ. श्री रमेश कुमार राईको अध्यक्षतामा बैठक बसी विद्यालयका विभिन्न समितिहरू गठन गर्नुका साथै समितिहरूको कार्यविभाजन तथा जिम्मेवारी बाँडफाँड गरिएको छ ।

विद्यालयका सम्पूर्ण कामलाई व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउने उद्देश्यले निम्नानुसारका समितिहरू गठन गरी जिम्मेवारी प्रदान गरिएको छ :

१. खेलकुद समिति:
विष्णु राजभण्डारी - संयोजक
बुद्धिसिँह विष्ट – सदस्य
बलिधन कार्की – सदस्य

२. कम्प्युटर तथा ICT समिति:
दिलिप राई – संयोजक
रञ्जित कुमार साह – सदस्य
राजिव कुमार चौधरी – सदस्य

३. अतिरिक्त क्रियाकलाप समिति:
राजिव कुमार चौधरी – संयोजक
रञ्जित कुमार साह – सदस्य
देविका श्रेष्ठ – सदस्य

४. परीक्षा तथा मूल्याङ्कन समिति:
दुर्गा प्रसाद शर्मा – संयोजक
दिलिप राई – सदस्य
मुना कसेजु – सदस्य

५. संगीत, गायन तथा नृत्य समिति:
भिष्म कला राई – संयोजक
दुर्गा प्रसाद शर्मा – सदस्य
तीर्थ कुमारी बस्नेत – सदस्य

६. सरसफाइ तथा फोहोरमैला व्यवस्थापन समिति:
शुक्र बहादुर राई – संयोजक
अरुण कुमार चौधरी – सदस्य
सृजना थापा – सदस्य

७. विद्यार्थी परामर्श समिति:
देविका श्रेष्ठ – संयोजक
अदिल मगर – सदस्य
दुर्गा प्रसाद शर्मा - सदस्य

८. विद्यालय-समुदाय सम्बन्ध समिति:
जयराम राई – संयोजक
विष्णु राजभण्डारी – सदस्य
सृजना थापा – सदस्य

९. विद्यार्थी अनुशासन समिति:
अदिल मगर – संयोजक
सृजना थापा – सदस्य
अरुण कुमार चौधरी – सदस्य

साथै, विद्यालयबाट प्रवाह हुने सूचना तथा जानकारीलाई व्यवस्थित, सहज, प्रभावकारी र पारदर्शी रूपमा सम्प्रेषण गर्ने उद्देश्यले श्री दिलिप राईलाई सूचना अधिकारीको जिम्मेवारी तोकिएको छ ।

यसबाट विद्यालयसँग सम्बन्धित सूचना तथा जानकारीमा सहज पहुँच, समन्वय र उत्तरदायित्व थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

त्यसै गरी, बाल क्लबका गतिविधिहरूलाई व्यवस्थित, प्रभावकारी र विद्यार्थीमैत्री रूपमा सञ्चालन गर्न श्री राजिव कुमार चौधरीलाई बाल क्लब संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

नवनियुक्त सम्पूर्ण जिम्मेवार शिक्षकहरूलाई हार्दिक बधाई तथा सफल र उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना!

विद्यालयलाई रू. ४२,०००/- बयालीस हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएकोमा यस विद्यालयको भूतपूर्व शिक्षक शिवसङ्कर साह सरलाई ह...
15/09/2026

विद्यालयलाई रू. ४२,०००/- बयालीस हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएकोमा यस विद्यालयको भूतपूर्व शिक्षक शिवसङ्कर साह सरलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । उहाँ अत्यन्तै प्रतिभाशाली, विषयवस्तुमा पोख्त र मनका धनी शिक्षक हुनुहुन्थ्यो । तपाईंले यस विद्यालयमा रहुन्जेल पुर्याउनुभएको योगदानको सधै ऋणी रहने छौँ ।

विद्यालयको अत्यन्तै नाजुक अवस्थामा रहेको आर्थिक पक्षलाई तपाईंको यो सहयोगले ठूलो टेवा पुग्ने विश्वास गरेका छौं ।

14/09/2026

Melina, Tirsana, Nabika, Anjali, Rekha and Ritu performing their dance

ऐसेलुखर्क गाउँपालिका, शिक्षा तथा खेलकुद शाखाद्वारा ६२ औं बाल दिवस २०८३ को उपलक्ष्यमा आयोजित "जलवायु परिवर्तन र यसको असर ...
14/09/2026

ऐसेलुखर्क गाउँपालिका, शिक्षा तथा खेलकुद शाखाद्वारा ६२ औं बाल दिवस २०८३ को उपलक्ष्यमा आयोजित "जलवायु परिवर्तन र यसको असर न्यूनीकरणमा विद्यार्थीको भूमिका" शीर्षकमा मा.वि.स्तरीय वक्तृत्वकला प्रतियोगितामा हाम्रो विद्यालयको तर्फबाट सहभागी भएकी कक्षा १२ कि छात्रा मन्दिरा राईले तृतीय स्थान हासिल गर्न सफल भएकोले हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको लागि शुभकामना ।

14/09/2026

तेक्वान्दो खेलाडीहरूको प्रदर्शन
बाल दिवस कार्यक्रम २०८३

"बालापनको रक्षा, भविष्यको सुरक्षा" भन्ने मूल नाराका साथ आज विविध कार्यक्रमहरू आयोजना गर्दै ६२ औं बाल दिवस २०८३ मनाइएको छ...
14/09/2026

"बालापनको रक्षा, भविष्यको सुरक्षा" भन्ने मूल नाराका साथ आज विविध कार्यक्रमहरू आयोजना गर्दै ६२ औं बाल दिवस २०८३ मनाइएको छ ।

24/08/2026

लोवर मिड रावाखोला हाइड्रोपावर प्रोजेक्ट लि.द्वारा विद्यालयलाई रु. ५०,०००/- आर्थिक सहयोग गरेकोमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौं ।

सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूमा अत्यन्त जरुरी सूचना यस विद्यालयको शैक्षिक क्यालेन्डरअनुसार वर्षे बिदा वि.सं. २०...
28/06/2026

सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूमा अत्यन्त जरुरी सूचना

यस विद्यालयको शैक्षिक क्यालेन्डरअनुसार वर्षे बिदा वि.सं. २०८३ साल असार १५ गतेदेखि प्रारम्भ हुने उल्लेख भए पनि, अधिकांश विद्यार्थी तथा अभिभावकज्यूहरू यस विषयमा अलमलमा पर्नुभएको जानकारी प्राप्त भएकाले यो सूचना पुनः सम्प्रेषण गरिएको हो ।

आइतबार परेको बिदाको पुरताल (समायोजन) गर्नुपर्ने भएकाले ऐसेलुखर्क गाउँपालिकाको निर्णयअनुसार विद्यालय असार १९ गते (शुक्रबार) सम्म नियमित रूपमा सञ्चालन हुनेछ ।

त्यसैले सम्पूर्ण विद्यार्थीहरूलाई असार १९ गते (शुक्रबार) सम्म नियमित रूपमा विद्यालयमा उपस्थित भई पठनपाठनमा सहभागी हुन तथा अभिभावकज्यूहरूलाई आफ्ना बालबालिकालाई नियमित रूपमा विद्यालय पठाइदिन हार्दिक अनुरोध गरिन्छ ।

Address

Rakha Bangdel
Aiselukharka
56200

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to श्री कालिका बाल विकास मा.वि., ऐसेलुखर्क-१, राखाबाङ्देल, खोटाङ:

Shortcuts

Share

Category