Panini Tapobhumi

Panini Tapobhumi Historical & beautiful place Panini Tapobhumi western Part Of Palpa
(1)

🙏 पावन निमन्त्रणा 🙏पाणिनी तपोभूमिधाममा भाद्र १२ गते जनै पूर्णिमाको पावन अवसरमा वैदिक मन्त्रले रक्षा बन्धन तथा जनै–डोरो(र...
27/08/2026

🙏 पावन निमन्त्रणा 🙏

पाणिनी तपोभूमिधाममा भाद्र १२ गते जनै पूर्णिमाको पावन अवसरमा वैदिक मन्त्रले रक्षा बन्धन तथा जनै–डोरो(रक्षा सुत्र)पूजन कार्यक्रम आयोजना हुँदैछ।

वैदिक सनातन परम्परा र संस्कृतिको संरक्षण तथा निरन्तरताका लागि आयोजित यस पवित्र कार्यक्रममा सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सादर उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।

🕉️ समय: बिहान ७:३० बजेदेखि

प्रसिद्ध ऐतिहासिक धार्मिक संस्कृत भाषाको उद्गम स्थल भासा,ज्ञान र साधानाको भूमि पाणिनि गाउपालिका वडा न.१ र २ मा अवस्थित प...
23/08/2026

प्रसिद्ध ऐतिहासिक धार्मिक संस्कृत भाषाको उद्गम स्थल भासा,ज्ञान र साधानाको भूमि पाणिनि गाउपालिका वडा न.१ र २ मा अवस्थित पाणिनि तपोभूमिधाममा २०४० सालदेखी ब्रम्हलिन १००८ स्वामी कृष्णानन्द परमहंस द्वारा संचालित २०७९ देखि संचालन गर्दै आइएको रुद्रीपुजा अनुष्ठान २०८३ असार २७ गतेदेखि सुरुवात गरि श्रावण ३१ गतेसम्म सफलता पुर्वक सम्पन्न गरिएकोछ।
प्रमुख संरक्षक १००८ स्वामी ज्ञानान्द सरस्वती महाराज ज्युको सल्लाह सुझाव, संरक्षक बाबा योगीराज ज्युको समुपस्तिथिमा पं श्री हिमलाल पोखरेल ज्यु कर्ता लोकराज पोखरेल भान्सा तर्फ निलकन्ठ पोखरेल समग्र कार्यमा दिपक भारद्वाज बाहिरी काम ब्यवस्थापनमा हुम बहादुर घर्ती मगर,पाणिनि तपोभूमि ब्यबस्थापन संरक्षण तथा सम्बर्द्धन समितिले आ आफ्नो जिम्मेवारी कासाथ कार्यगर्दै यो बिशाल धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ।
यश एक महिने धार्मिक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननिय रामजी प्रसाद घिमिरे ज्यु,अर्घाखाँचीका संघिय सांसद माननीय हरि भुसाल ज्यु,पाल्पा जिल्ला पुर्व संघिय सांसद ठाकुर गैरे ज्यु,विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीज्युहरु,पाणिनि गाउपालिका का अध्यक्ष टेकराज न्यौपाने ज्यु उपाध्यक्ष नरमदा पौडेल ज्यु,वडा अध्यक्ष ज्युहरु ,सदस्य ज्युहरु,लगायत जनप्रतिनिधि ज्युहरु,रैनादेवी छहरा गाउपालिकाका अध्यक्ष रुक्मांगद भट्टराई ज्यु,वडा अध्यक्ष ज्युहरु पाणिनि गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत ज्यु लगायत कर्मचारी ज्युहरु,पाणिनि गाउ पालिकाका पुर्व प्रसासकिय अधिकृत रोमनाथ न्यौपाने ज्यु पाणिनि गाउपालिकाका इन्जिनियर मोहराज पौडेल ज्यु विभिन्न बिधालयहरुबाट उपस्थित प्रधानाध्यापक,शिक्षक, विधार्थिहरु, विभिन्न मठ, मन्दिर बाट आउनुभएका सन्त महन्त ज्युहरु,धार्मिक ब्यक्तित्वहरु, पाणिनि तपोभूमि ब्यबस्थापन संरक्षण सम्बर्द्धन समितिका अन्तर्राष्ट्रिय अध्यक्ष नेत्र बन्धु पोखरेल ज्यु,बागमती उपसमितिका अध्यक्ष मोहन प्रसाद पन्थी ज्यु,महासचिव ज्यु,कोषाध्यक्ष ज्यु,पुर्व DIG राम कार्की,वन मन्त्रालयका अवकास प्राप्त सह सचिव धनन्जय पौडेल ज्यु,राम प्रसाद भट्टराई ज्यु,पुर्व वन निर्देशक इन्द्रमान पछाई ज्यु,लगायत विसिष्ठ ब्यक्तित्वहरु अर्घाखाँची,पाल्पा जिल्लाका सुरक्षा प्रमुख ज्यु तथा सुरक्षाकर्मी ज्युहरु,पत्रकार ज्युहरु,
पाणिनि ४ निगालिको राधाकृष्ण भजन समूहको भजन कृतन
पाणिनि २ पोख्रथोकको भजन समूहको भजन कृतन
रैनादेवी छहरा सोमादिको श्री अर्जुन पोखरेलको नेतृत्वमा झाकी सहित राधाकृष्ण भजन समुहको भजन कृतन
२७ गते औंसी विशेष धार्मिक तथा भब्य सांस्कृतिक कार्यक्रम हजारौं संख्यामा भक्तजनको ओइरो उक्तदिन पाणिनि १ पणेनाको गोपाल सिद्व भजन समूहको भजन कृतन
रास्ट्रीय लोकभजन चुड्का सैनामैनाको कृष्ण प्रसाद कडेलको नेतृत्वमा भजन समुहको भजन कृतन।
श्रावण २५ गते सयौं भक्तजनहरु तपोभूमि रिडि बोलबम भब्य यात्रा जलार्पण कार्यक्रम भजन कृतन सहित।
सोही दिनका भक्तजनहरुलाई रैनादेवी छहरा ४ छहरामा अवस्थित दिपिका फेन्शी पसलका प्रोप्राइटर प्रकाश पोखरेल तथा संगिता पोखरेलले प्रसादी सौजन्यको लागि रु ११०००/एघार हजार र सम्पुर्ण भक्तजनहरुबाट एक महिने धार्मिक कार्यक्रम सफल पार्न चडाउनु भएको भेटी र काटिएको रसिदबाट जम्मा रु ३८०५१८/तिनलाख असिहजार पाछ सय अठार विभिन्न विवरण र दक्षिणा खर्च रु २३९०३७/दुइलाख उन्चालिस हजार जिरो सैतिस बचत १४१४८१/एकलाख एकचालिस हजार चारसय एकासी रहेको जानकारी सहित माथी उल्लेख गर्दा छुट्नु भएका पाणिनि तपोभूमि ब्यबस्थापन संरक्षण सम्बर्द्धन द्वारा आयोजित एक महिने श्रावण रुद्री अनुष्ठान समीक्षा बैठक २०८३/४/३१धन्यवाद प्रस्ताव पारित गर्दै सम्पुर्णमा सम्मान ब्यक्त गर्दछौं।🙏

पाणिनि तपोभूमि ब्यबस्थापन संरक्षण सम्बर्द्धन समिती परिवार।

21/08/2026

कतारमा तिलक घिमिरेकाे पहलमा सहयाेग संकलन गरि पाणिनि तपाेभुमीलाई हस्तान्तरण

अर्घाखाँचीकाे पाणिनि तपोभूमि धाममा पुजामा सहभागी हुनुहुने भक्तजनहरुलाई यज्ञ मन्डप अगाडि ठाउँ नहुँदा भक्तजनहरू भिज्ने गरेको समस्या थियाे । पाणिनि सेवा समाज कतारको पहलमा, संस्थागत आर्थिक स्रोत तथा पदाधिकारी एवं कार्यसमिति सदस्यहरू लगायत अर्घाखाँची जिल्ला, पाणिनि गाउँपालिका बाट र कर्मभुमी कतारमा रहनु भएका सहयोगी महानुभावहरूको व्यक्तिगत आर्थिक सहयोगबाट संकलित पुर्ण सहयोग रकमबाट निर्मित विश्राम स्थल बनेको पाणिनि तपाेभुमी संरक्षण समितिले जनाएकाे छ । कतारमा पाणिनि-४ पटाैटी चाेराहा निवासी तिलकराम घिमिरेकाे विशेष पहलमा रकम संकलन भएको हाे ।

सहयोगदाता महानुभावहरूको विवरण:
१) पाणिनि सेवा समाज कतार संस्थाको तर्फबाट रु २,५८,०००
२) तिलक राम घिमिरे पाणिनि ४ चौराहा रु ५१०००
३) फर्सुराम बेल्बासे पाणिनि ५ रानिवास रु ५१०००
४) मनिराम गैरे पाणिनि ४ उपल्ला निगालि रु ५१०००
५) भुपेन्द्र शर्मा बर्दिया जिल्ला बड़ैयाताल ३ सत्पतिया रु ५१०००
६)नारायण सिंह पौडेल बाणगङ्गा १ कपिलवस्तु उत्तमनगर
रु २१०००
७)गणेश गैरे पाणिनि ४ उपल्ला निगालि रु १५०००
८)प्रेम नारायण गैरे सैनामैना १० सालझण्डि रु ११०००
९)धर्मराज बेल्बासे पाणिनि ४ उपल्ला निगालि रु ११०००
१०)अच्युत भट्टराई पाणिनि ८ पालि कोलडाँडा रु ११०००
११)नारायण न्यौपाने पाणिनि ४ उपल्ला पटौटि रु ११०००
१२)गोपाल बेल्बासे पाणिनि ४ उपल्ला निगालि चौतारा रु ११०००
१३) अर्जुन पोख्रेल पाणिनि १ पणेना रु १००००
१४)बिष्णु दर्लामि प्युठान सुर्मारानि ७ हात्तिखाल रु ६२२५
१५) बाबुराम घिमिरे मैदान ५ गैरेबारी ५५०५
१६) रुद्रमणि घिमिरे पटौटी ४ सिरान ५५००
१७)दिपक बेल्बासे पाणिनि ४ उपल्ला निगालि चौतारा रु ५०००
१८) प्रेमनारायण खनाल पाणिनि ८ पालि रु ५०००
१९) ढुन्डिराज घिमिरे ,शिवराज नगरपालिका-३ कपिलवस्तु रु ५०००
२०)राम प्रसाद घिमिरे शिवराज नगरपालिका ३ कपिलवस्तु रु ५०००

विश्रामस्थल भवन निर्माणमा सहयोग गर्नुहुने सम्पूर्ण दाताहरूप्रति हार्दिक आभारपाणिनि सेवा समाज कतारको पहलमा, संस्थागत आर्थ...
19/08/2026

विश्रामस्थल भवन निर्माणमा सहयोग गर्नुहुने सम्पूर्ण दाताहरूप्रति हार्दिक आभार
पाणिनि सेवा समाज कतारको पहलमा, संस्थागत आर्थिक स्रोत तथा पदाधिकारी एवं कार्यसमिति सदस्यहरू, अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिकाका महानुभावहरू तथा कर्मभूमि कतारमा रहनुभएका सहयोगी महानुभावहरूको व्यक्तिगत आर्थिक सहयोगबाट संकलित रकमबाट पाणिनि तपोभूमिमा विश्रामस्थल भवन निर्माण सम्पन्न भएको छ। यस पुण्य कार्यमा आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाता महानुभावहरूप्रति पाणिनि सेवा समाज कतार हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ।
सहयोगदाता महानुभावहरूको विवरण
१. पाणिनि सेवा समाज कतार — रु. २,५८,०००
२. तिलकराम घिमिरे, पाणिनि–४, चौराहा — रु. ५१,०००
३. फर्सुराम बेल्बासे, पाणिनि–५, रानिवास — रु. ५१,०००
४. मनिराम गैरे, पाणिनि–४, उपल्ला निगाली — रु. ५१,०००
५. भुपेन्द्र शर्मा, बर्दिया, बढैयाताल–३, सत्पतिया — रु. ५१,०००
६. नारायणसिंह पौडेल, बाणगङ्गा–१, कपिलवस्तु, उत्तमनगर — रु. २१,०००
७. गणेश गैरे, पाणिनि–४, उपल्ला निगाली — रु. १५,०००
८. प्रेमनारायण गैरे, सैनामैना–१०, सालझण्डी — रु. ११,०००
९. धर्मराज बेल्बासे, पाणिनि–४, उपल्ला निगाली — रु. ११,०००
१०. अच्युत भट्टराई, पाणिनि–८, पालि, कोलडाँडा — रु. ११,०००
११. नारायण न्यौपाने, पाणिनि–४, उपल्ला पटौटी — रु. ११,०००
१२. गोपाल बेल्बासे, पाणिनि–४, उपल्ला निगाली, चौतारा — रु. ११,०००
१३. अर्जुन पोख्रेल, पाणिनि–१, पणेना — रु. १०,०००
१४. विष्णु दर्लामी, प्युठान, स्वर्गद्वारी–७, हात्तिखाल — रु. ६,२२५
१५. बाबुराम घिमिरे, मैदान–५, गैरेबारी — रु. ५,५०५
१६. रुद्रमणि घिमिरे, पटौटी–४, सिरान — रु. ५,५००
१७. दीपक बेल्बासे, पाणिनि–४, उपल्ला निगाली, चौतारा — रु. ५,०००
१८. प्रेमनारायण खनाल, पाणिनि–८, पालि — रु. ५,०००
१९. ढुण्डिराज घिमिरे, शिवराज नगरपालिका–३, कपिलवस्तु — रु. ५,०००
२०. रामप्रसाद घिमिरे, शिवराज नगरपालिका–३, कपिलवस्तु — रु. ५,०००
सम्पूर्ण दानदाता महानुभावहरूप्रति संरक्षक बाबा योगीराज तथा पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा सम्बर्द्धन समिति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ।
तपाईंहरूको अमूल्य सहयोगका कारण अब पाणिनि तपोभूमिमा आउने भक्तजनहरू वर्षामा रुझ्नुपर्ने अवस्थाबाट मुक्त भएका छन्। तपाईँहरूले गर्नुभएको यो पुण्य सहयोग केवल एउटा भवन निर्माणमा सीमित नभई पवित्र तपोभूमिमा आउने साधक, सन्त तथा भक्तजनहरूको सेवामा समर्पित भएको छ। तपाईंहरू तथा तपाईंहरूका परिवारका सम्पूर्ण सदस्यहरूमा सदासर्वदा भगवान् शिवको कृपा र महर्षि पाणिनिको आशीर्वाद रहिरहोस्।
ॐ नमः शिवाय।🙏
जय महर्षि पाणिनि।🙏

सादर निमन्त्रणा जय श्री कृष्ण जय राधे।🙏🕉️
18/08/2026

सादर निमन्त्रणा जय श्री कृष्ण जय राधे।🙏🕉️

15/08/2026

रास्ट्रीय लोक भजन चुड्का सैनामैनाले ५० पिस सिरानी पाणिनि तपोभुमिको समितिलाई हस्तान्तरण गर्नुहुदै धेरै धेरै धन्यवाद रास्ट्रीय लोकभजन चुड्का प्रतिस्ठान नेपाल सैनामैना समितिलाई।🙏

Address

Panini Daha Arghakhanchi (पाणिनि दह)
Arghakot
32700

Telephone

+9779841288988

Website

Alerts

Be the first to know and let us send you an email when Panini Tapobhumi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share