हाम्रो अर्घाखाँची राम्रो डिभर्ना

  • Home
  • Nepal
  • Arghakot
  • हाम्रो अर्घाखाँची राम्रो डिभर्ना

हाम्रो अर्घाखाँची राम्रो डिभर्ना हाम्रो अर्घाखाँची जिल्लाको सुन्दर रमणिय स्थलहरु

13/08/2026

रक गार्डन डिभर्ना अर्घाखाँची

कला सस्कृतिको संरक्षण गरौं पर्यटन बिकासमा प्रवर्द्धन गरौं,भन्ने मुल उद्देश्यका साथ नेवा:समाज अर्घाखाँची-रुपन्देही बुटवलल...
27/07/2026

कला सस्कृतिको संरक्षण गरौं पर्यटन बिकासमा प्रवर्द्धन गरौं,भन्ने मुल उद्देश्यका साथ नेवा:समाज अर्घाखाँची-रुपन्देही बुटवलले ऎतिहासिक मौलिक भैरव नाँच निकाल्ने निर्णय गरेको हुदा यस भैरव नाँचलाइ कुसलताका साथ सफल पार्न आ-आफ्नो स्थानबाट आर्थिक ,नैतिक र भौतिक सहयोग गरि भैरव भगवानको आर्शिवाद लिई पुन्य कमाउनु हुन सबैलाई हार्दिक अनुरोध गर्दछौं।

हरिःॐ हरिःॐ ,भोलि हरिशयनी एकादशी त्रिवेणीचोक चुत्राबेशी जाऊँ भजन कृतनमा रमाऊँ,,,  हरिःॐ भजन कृतन समुह द्वारा भोलि हरिशयन...
24/07/2026

हरिःॐ हरिःॐ ,भोलि हरिशयनी एकादशी त्रिवेणीचोक चुत्राबेशी जाऊँ भजन कृतनमा रमाऊँ,,, हरिःॐ भजन कृतन समुह द्वारा भोलि हरिशयनी एकादशीको दिन अर्घाखाँचीको सन्धिखर्क चुत्राबेसीमा रहेको त्रिवेणी चोकमा भजन कृतनको कार्यक्रम रहेको हुनाले सम्पुर्ण भक्तजनहरुलाई हार्दिक निमत्रणा छ / समय दिउस ४:०० बजे देखि बेलुका ६:०० बजे सम्म ।।।

मानवीय सहयोगको लागि हार्दिक अपिलविषय: दुर्लभ रोगबाट पीडित बालक वरुण खनालको उपचारका लागि आर्थिक सहयोगको हार्दिक अनुरोधआदर...
21/07/2026

मानवीय सहयोगको लागि हार्दिक अपिल

विषय: दुर्लभ रोगबाट पीडित बालक वरुण खनालको उपचारका लागि आर्थिक सहयोगको हार्दिक अनुरोध

आदरणीय दातृ महानुभावहरू, संघसंस्था, मिडिया तथा सहयोगी मनहरू,

हामी सन्धीखर्क नगरपालिका–११, अर्घाखाँची निवासी लक्ष्मण खनाल र वर्षा पौडेल हौं। हाम्रो छोरा वरुण खनाल दुर्लभ आनुवंशिक रोग ARPC1B Deficiency (एआरपीसी वानबी डिफिसेन्सी) बाट पीडित छ।

यस रोगका कारण उहाँलाई पटक–पटक संक्रमण हुने, स्वास्थ्य अवस्था जटिल बन्ने तथा विशेषज्ञ चिकित्सकको निरन्तर निगरानी आवश्यक पर्ने भएको छ। हाल उहाँको उपचार AIIMS, नयाँ दिल्ली, भारत मा भइरहेको छ। चिकित्सकहरूले आवश्यक उपचारका रूपमा Bone Marrow Transplant (BMT) गर्नुपर्ने बताएका छन्, जसका लागि ठूलो आर्थिक खर्च लाग्ने भएको छ।

हाम्रो पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचारको सम्पूर्ण खर्च जुटाउन असमर्थ भएका छौं। त्यसैले सम्पूर्ण दातृ महानुभाव, संघसंस्था, मिडिया तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरी हाम्रो छोराको जीवन बचाइदिन हार्दिक अनुरोध गर्दछौं।

तपाईंहरूको सानो सहयोगले पनि एउटा निर्दोष बालकलाई नयाँ जीवन दिन ठूलो योगदान पुग्ने छ।

21/07/2026

बुटवल देखि अर्घाखाँची

10/07/2026

शुभ संध्याकाल सबैमा 🙏

!!हार्दिक श्रद्धाञ्जली !!अर्घाखाँची जिल्ला सनपा-११ निवासी समाज सेविब्यक्तीत्वको  असामायिक दु:खद निधन भएकोमा उहाँको आत्मा...
07/07/2026

!!हार्दिक श्रद्धाञ्जली !!

अर्घाखाँची जिल्ला सनपा-११ निवासी समाज सेविब्यक्तीत्वको असामायिक दु:खद निधन भएकोमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्द्छौ।

“हार्दिक श्रद्धाञ्जलि हार्दिक श्रद्धाञ्जलि हार्दिक श्रद्धाञ्जलि”अझै पनि विश्वास लाग्दैन, हजुर यति छिट्टै हामीहरु (डिभर्न...
04/07/2026

“हार्दिक श्रद्धाञ्जलि हार्दिक श्रद्धाञ्जलि हार्दिक श्रद्धाञ्जलि”

अझै पनि विश्वास लाग्दैन, हजुर यति छिट्टै हामीहरु (डिभर्ना वासी) लाई छोडेर जानुभयो। हजुरको माया र सम्झनाहरू सधैं हाम्रो हृदयमा जीवित रहनेछन्। हजुरको अभाव कहिल्यै पूरा हुने छैन।ईश्वरले हजुरको आत्मालाई चिरशान्ति प्रदान गरून् र सम्पूर्ण परिवारलाई यो असह्य पीडा सहने शक्ति प्रदान गरून्।

😢😢😢

Address

Arghakot

Alerts

Be the first to know and let us send you an email when हाम्रो अर्घाखाँची राम्रो डिभर्ना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category