03/06/2026
नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न
****************************
मिति २०८३ जेठ २० गते बागलुङ नगरपालिका–१४, बलेवास्थित श्री जनताधन मा.वि.मा जिल्ला प्रहरी कार्यालय बागलुङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको संयुक्त आयोजनामा “नागरिकप्रति उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न भयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, व्यवसायी, सञ्चारकर्मी, आमा समूह, क्लब तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले शान्ति सुरक्षा, अपराध अनुसन्धान, साइबर अपराध, लागूऔषध, घरेलु हिंसा, ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षासम्बन्धी जिज्ञासा, गुनासा तथा सुझाव राखेका थिए । उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईज्यू तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक मिनबहादुर कुँवरज्यूले सहभागीहरूको जिज्ञासाको सम्बोधन गर्दै थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।