जिल्ला प्रशासन कार्यालय, बैतडी

  • Home
  • Nepal
  • Baitadi
  • जिल्ला प्रशासन कार्यालय, बैतडी

जिल्ला प्रशासन कार्यालय, बैतडी जिल्ला प्रशासन कार्यालय, बैतडीको पेजमा यहाँहरूलाई हार्दिक स्वागत छ।�
(1)

जिल्ला प्रशासन कार्यालय, बैतडीको अनुरोध
18/08/2026

जिल्ला प्रशासन कार्यालय, बैतडीको अनुरोध

गृह मन्त्रालयबाट बैतडी जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी मीना अर्यालज्यूलाई आज मिति २०८३-०४-२८ गते सुरक्ष...
13/08/2026

गृह मन्त्रालयबाट बैतडी जिल्लामा सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी मीना अर्यालज्यूलाई आज मिति २०८३-०४-२८ गते सुरक्षा निकायका प्रमुखहरू लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूबाट हार्दिक स्वागत गरियो।

जिल्ला प्रशासन कार्यालय, बैतडी परिवारको तर्फबाट प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईज्यूलाई हार्दिक विदाई गरिएको छ।बैत...
12/08/2026

जिल्ला प्रशासन कार्यालय, बैतडी परिवारको तर्फबाट प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईज्यूलाई हार्दिक विदाई गरिएको छ।
बैतडी जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहँदा जिल्लाको शान्ति सुरक्षा, सुशासन, तथा समग्र प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै कार्यालयको सेवा प्रवाहलाई थप सुदृढ, सरल, सहज, छिटोछरितो तथा नागरिकमैत्री बनाउन उल्लेखनीय एवं उदाहरणीय कार्यबाट सेवा प्रवाहमा देखिएको व्यवस्थापन सुधार, सेवाग्राहीमैत्री कार्यशैली, समन्वय र सहकार्यको भावना तथा जिम्मेवारीप्रतिको प्रतिबद्धता सबैका लागि प्रेरणादायी र अनुकरणीय रहेको छ।साथै, आगामी कार्यकाल संखुवासभा जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा अझ सफल, उपलब्धिमूलक र सुखद रहोस् भन्ने कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

सालिन, भद्र, इमान्दार तथा कर्मनिष्ठ सहायक प्रमुख जिल्ला अधिकारी श्री राजमणी निरौला ज्यूको सुनसरी जिल्लामा सरुवा भएको अवस...
01/08/2026

सालिन, भद्र, इमान्दार तथा कर्मनिष्ठ सहायक प्रमुख जिल्ला अधिकारी श्री राजमणी निरौला ज्यूको सुनसरी जिल्लामा सरुवा भएको अवसरमा उहाँले यस कार्यालयमा निर्वाह गर्नुभएको जिम्मेवारी, अनुशासित कार्यशैली, सहज नेतृत्व, प्रभावकारी समन्वयकारी भूमिका तथा सम्पूर्ण कर्मचारीसँग कायम गर्नुभएको आत्मीय सम्बन्ध सधैं स्मरणीय रहनेछन्।

उहाँको सरल स्वभाव, सेवाप्रतिको समर्पण, निष्पक्ष कार्यशैली तथा उच्च कार्यकुशलताले कार्यालयको समग्र कार्यसम्पादनलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। उहाँले पुर्‍याउनुभएको उल्लेखनीय योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै सम्पूर्ण कर्मचारी परिवारको तर्फबाट हार्दिक विदाइ गरिएको छ।

उहाँको नयाँ कार्यक्षेत्रमा पनि यही समर्पण, दक्षता र नेतृत्वदायी क्षमताका साथ अझ उच्च सफलता, निरन्तर प्रगति तथा विशिष्ट सम्मान हासिल गर्नुहुनेछ भन्ने पूर्ण विश्वासका साथ सम्पूर्ण कर्मचारी परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

सार्बजनिक सुचना
28/07/2026

सार्बजनिक सुचना

18/07/2026
सेवाग्राहीमैत्री, छिटो, सरल र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई थप सुदृढ बनाउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय...
17/07/2026

सेवाग्राहीमैत्री, छिटो, सरल र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई थप सुदृढ बनाउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्व तथा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख/प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा सरोकारवालाहरूको सहभागितामा "One Hour Service" कार्यक्रमको औपचारिक घोषणा गरिएको।यस पहलमार्फत अन्य कार्यालयहरुमा समेत उदाहरणिय हुनुका साथै जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवालाई अझ छिटो, पारदर्शी, उत्तरदायी र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। तोकिएका सेवाहरू आवश्यक कागजात पूरा भएको अवस्थामा एक घण्टाभित्र सम्पन्न गर्ने लक्ष्य सहित "One Hour Service" अवधारणाको कार्यान्वयन २०८३।०४।०१ वाट प्रारम्भ गरिएको छ।उक्त समयमा इन्टरनेट, सर्भरको समस्याका कारण वा अन्य कुनै कारणबाट सेवा प्रवाहमा ढिलो हुन गएमा सेवाग्राहिसँग माफि समेत माग्ने प्रतिवद्धता गरिएको छ।

राहदानी आवेदन फाराममा राष्ट्रिय परिचयपत्र (NID/NIN) नम्बर कायम गर्ने सम्बन्धी सुचना।
17/07/2026

राहदानी आवेदन फाराममा राष्ट्रिय परिचयपत्र (NID/NIN) नम्बर कायम गर्ने सम्बन्धी सुचना।

जिल्ला प्रशासन कार्यालयको सूचना
15/07/2026

जिल्ला प्रशासन कार्यालयको सूचना

09/07/2026

Address

Dasharathchand Municipality/4
Baitadi

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97795520582

Alerts

Be the first to know and let us send you an email when जिल्ला प्रशासन कार्यालय, बैतडी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला प्रशासन कार्यालय, बैतडी:

Shortcuts

Share