08/08/2026
श्री सरस्वती माध्यमिक विद्यालय बिजगडा बझाङमा जम्मा सेवा अवधि ३७ बर्ष मध्ये ३३ बर्ष सेवा गर्नुभएका र २०८३ असार २९ गते अनिवार्य अवकास हुनुभएका यस विद्यालयका प्राथमिक तह द्दितीय श्रेणीका शिक्षक आदरणीय गुरु श्री अम्बादत्त जोशी ज्यूले सेवामा रहदा गरेकाे ईमान्दारीता, कर्तव्यनिष्ठ, अनुशासन, मिलनसार, कुशल जिम्मेवारी बहन तथा सादा जीवन उच्च विचार जस्ता असल गुणहरु विद्यालयले प्रेरणाको रुपमा सधैब सम्झिरहने छ । आदरणीय गुरुको योगदानको उच्च कदर गर्दै आगामी दिनहरुमा पनि सल्लाह, सुझाव र अभिभावकीय भूमिकाको अपेक्षा सहित सेवा निवृत्त जीवन सुख, सुस्वास्थ्य, दिर्घायु र पारिवारिक समृद्धिका साथ वितोस् भन्ने शुभकामना व्यक्त गर्दछाै ।
प्रधानाध्यापक
माधवराज जोशी
एवं
सम्पू्र्ण विद्यालय परिवार
श्री सरस्वती नमुना माध्यमिक विद्यालय बिजगडा बझाङ ।