त्रिवेणी नगरपालिका ताेली, बाजुरा

  • Home
  • Nepal
  • Bajura
  • त्रिवेणी नगरपालिका ताेली, बाजुरा

त्रिवेणी नगरपालिका ताेली, बाजुरा Government Organization

बडीमालिका तथा नाटेश्वरी माताको पावन एवं पुण्यभूमिमा हुने बडीमालिका तथा नाटेश्वरी माताको पूजाको पावन अवसरमा देश तथा विदेश...
21/08/2026

बडीमालिका तथा नाटेश्वरी माताको पावन एवं पुण्यभूमिमा हुने बडीमालिका तथा नाटेश्वरी माताको पूजाको पावन अवसरमा देश तथा विदेशबाट पाल्नुहुने सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई त्रिवेणी नगरपालिका हार्दिक स्वागत तथा मंगलमय शुभकामना व्यक्त गर्दछ।
यस पवित्र तीर्थभूमिको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्वलाई आत्मसात् गर्दै बडीमालिका तथा नाटेश्वरी माताको दर्शन र पूजा अर्चनाबाट सम्पूर्ण भक्तजनहरूको जीवनमा सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने हार्दिक कामना गर्दछौँ।

जानकारी सम्बन्धमा ।
21/08/2026

जानकारी सम्बन्धमा ।

दाबी–विरोध सम्बन्धी सूचना ।
15/08/2026

दाबी–विरोध सम्बन्धी सूचना ।

प्रेस विज्ञप्ति एवं हार्दिक अपिल।
15/08/2026

प्रेस विज्ञप्ति एवं हार्दिक अपिल।

मिति २०८३ श्रावण २८ गते साँझदेखि परेको अविरल वर्षाका कारण राति करिब ११:१० बजे त्रिवेणी नगरपालिका वडा नं. ९, ताम्सु निवास...
14/08/2026

मिति २०८३ श्रावण २८ गते साँझदेखि परेको अविरल वर्षाका कारण राति करिब ११:१० बजे त्रिवेणी नगरपालिका वडा नं. ९, ताम्सु निवासी श्री धर्म थापा र श्री कर्ण थापाको घरमाथिबाट आएको पहिरोले घर पूर्ण रूपमा क्षति भएको तथा सोही पहिरोमा परी १ जनाको दुःखद् निधन र २ जना घाइते हुनुभएको घटनाप्रति त्रिवेणी नगरपालिका परिवार गहिरो दुःख व्यक्त गर्दछ।
उक्त पहिरोमा परी प्रतिक्षा थापाको दुःखद् निधन भएको छ भने श्री धर्म थापा र श्री धौली देवी थापा (रावल) घाइते हुनुभएको छ। घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल, मार्तडी पठाइएको छ।

घटना भएको खबर प्राप्त हुनासाथ राति करिब २:०० बजे नगर प्रमुख श्री कर्ण बहादुर थापा ज्यू, उप–प्रमुख श्री कमला कुमारी जैशी (न्यौपाने) ज्यू लगायतको टोली घटनास्थलतर्फ प्रस्थान गर्नुभएको थियो। त्यसैगरी, बिहान करिब ६:०० बजे प्रमुख प्रशासकीय अधिकृत श्री बुद्धिप्रसाद उपाध्याय ज्यू, विपद् व्यवस्थापन शाखा प्रमुख, प्राविधिक शाखा प्रमुख लगायतको टोली घटनास्थलमा पुगेर खोज तथा उद्धार एवं आवश्यक समन्वयको कार्यमा जुटेको थियो।
खोज तथा उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी, पत्रकार तथा स्थानीय जनसमुदायको सक्रिय सहभागिता रहेको थियो।
यस दुःखद् घटनामा परी ज्यान गुमाउनुभएकी प्रतिक्षा थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, घाइते श्री धर्म थापा र श्री धौली देवी थापा (रावल) को शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

कार्यदेश(Work Order) विना सेवा तथा वस्तु उपलब्ध नगराउने सम्बन्धी सूचना ।
22/07/2026

कार्यदेश(Work Order) विना सेवा तथा वस्तु उपलब्ध नगराउने सम्बन्धी सूचना ।

मौजुदा सुची दर्ताका लागि सुचिकृत हुने सम्बन्धि सूचना ।
22/07/2026

मौजुदा सुची दर्ताका लागि सुचिकृत हुने सम्बन्धि सूचना ।

उच्च सतर्कताका लागि अनुराेध ।
18/07/2026

उच्च सतर्कताका लागि अनुराेध ।

विदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्नआज मिति २०८३ साल श्रावण ०१ गते, यस कार्यालय अन्तर्गत वडा नं. ३ र वडा नं. ९ मा का...
17/07/2026

विदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न
आज मिति २०८३ साल श्रावण ०१ गते, यस कार्यालय अन्तर्गत वडा नं. ३ र वडा नं. ९ मा कार्यरत प्रशासन सहायक चौथो (वडा सचिव) श्री नेत्र बहादुर खाति र श्री उमेश चन्द्र भण्डारी, साथै वडा नं. ७ मा कार्यरत अ.स.ई. (थप जिम्मेवारी वडा सचिव) श्री जुनकला खड्काको सम्मानमा विदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रम वडा नं. ४ का वडा अध्यक्ष श्री गणेश बहादुर साउद ज्यूको अध्यक्षतामा संञ्चालन भएको थियो। कार्यक्रममा नि. प्रमुख प्रशासकीय अधिकृतज्यू, शाखा प्रमुखहरू तथा सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विदाई हुनुहुने कर्मचारीहरूको कार्यालयप्रतिको समर्पण, इमानदारी र योगदानको उच्च कदर गर्दै उहाँहरूको सम्मान गरियो साथै आगामी कार्यजीवन तथा व्यक्तिगत जीवन सुखद, सफल, स्वस्थ, समृद्ध र दीर्घायु रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

Address

Triveni Municipality
Bajura
44600

Alerts

Be the first to know and let us send you an email when त्रिवेणी नगरपालिका ताेली, बाजुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to त्रिवेणी नगरपालिका ताेली, बाजुरा:

Shortcuts

Share