23/07/2026
📢 आवेदन आव्हान: नेपाल फर्केका नवप्रवर्तकहरु (RIN), समूह ३ को लागि आवेदनको समय सकिंदैछ !
हाम्रो उद्यमशीलता सम्बन्धि बुटक्याम्प, सम्बर्धन (Incubation), मार्गदर्शन (Mentorship) र व्यवसायिक प्रतिस्पर्धामा नि:शुल्क भाग लिनुहोस् र यो अनुभवलाई एक फस्टाउँदो व्यवसायमा परिणत गर्नुहोस् ।
कार्यक्रमका विशेषताहरु:
✅ ५ - दिने आवासीय बुटक्याम्प
✅उद्योगका बिज्ञहरुबाट सम्बर्धन (Incubation) र मार्गदर्शन (Mentorship)
✅अन्य उद्यमीहरूसँगको नेटवर्किङ
✅ बिजनेस पिच प्रतियोगिता
✅ व्यक्तिगत मार्गदर्शन (Mentorship) र निरन्तर सहयोग
✅ K-HaMi ऋण कार्यक्रममा पहुँचको अवसर
कार्यक्रमका चरणहरू:
🚀 प्रारम्भिक (Start) चरण – उद्यमी बन्न चाहनेहरू र तीन वर्षभन्दा कम समयदेखि सञ्चालनमा रहेका व्यवसायहरूका लागि। यसमा उद्यमशीलता बुटक्याम्प (Entrepreneurship Bootcamp), सम्बर्धन (Incubation), मार्गदर्शन (Mentorship) र व्यवसायिक प्रतिस्पर्धा समावेश छन्।
🏢 वृद्धि (Growth) चरण – तीन वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेका स्थापित व्यवसायहरूका लागि। यसमा सम्बर्धन (Incubation), मार्गदर्शन (Mentorship) र व्यवसायिक प्रतिस्पर्धा समावेश छन्।
आवेदन सम्बन्धी समय तालिका:
① आवेदन अवधि: ६ जुलाई – २९ जुलाई २०२६
② छनोट भएका सहभागीहरूको घोषणा: ३ अगस्ट २०२६ मा हुने अपेक्षा गरिएको छ
*परिस्थिति अनुसार तालिका परिवर्तन हुन सक्छ।
कसरी आवेदन दिने?
👉 आवेदन दिन लिंकमा क्लिक गर्नुहोस् वा फ्लायरमा रहेको QR स्क्यान गर्नुहोस्।
🚀 प्रारम्भिक (Start) चरण: https://forms.gle/D2BCMWnGWtcJrKwG7
🏢 वृद्धि (Growth) चरण: https://forms.gle/yKmdEE7mWMfGYHYj7
कृपया एउटा मात्रै आवेदन भर्नुहोला!!!
बन्दीपुर गाउँपालिका Bandipur Rural Municipality बन्दीपुर वडा नं. १ को कार्यालय, रिमाल्नि, तनहुँ Bandipur RM ward2 Bandipur ward 3 बन्दिपुर गाउँपालिका ४ नं. वडा कार्यालय बन्दिपुर, तनहुँ