29/07/2026
२०८३ साल असार महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित
१३ साउन, २०८३
*************************
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत प्रहरी हवल्दार देवराज शर्माले यस कार्यालयको प्रशासन शाखाको तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगबाट सम्पादन गरी विमानस्थल सुरक्षामा महत्वपुर्ण योगदान पुर्याउनु भएकोले निजलाई २०८३ साल "असार महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)” का रुपमा छनौट गरि आज मिति २०८३/०४/१३ गते यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेश सिंहज्यूबाट नगद पुरस्कार र प्रशंसा पत्रद्वारा सम्मानित गर्नुभयो ।