Lions Club of Siddharthanagar Youth

Lions Club of Siddharthanagar Youth This is an Official page of Lions Club of Siddharthanagar Youth under District 325 B2 inaugurated in 11th June, 2016.

मिति २०८३-०५-०१ गते लायन्स क्लव अफ सिद्धार्थनगर युथले छाता बितरण कार्यक्रमको सुरुवात गरेको छ । डिष्ट्रिक गभर्नर PMJF लाय...
19/08/2026

मिति २०८३-०५-०१ गते लायन्स क्लव अफ सिद्धार्थनगर युथले छाता बितरण कार्यक्रमको सुरुवात गरेको छ । डिष्ट्रिक गभर्नर PMJF लायन सन्दिप कौसधन ज्युको प्रमुख आतित्यथामा, बिशिष्ट अतिथि प्रथम भाईस डिष्ट्रिक भभर्नर PMJF लायन मिना पन्थी ज्युको उपस्थीतीका साथ कार्यक्रमको समुदघाटन भएको थियो । क्लबका संस्थापक अध्यक्ष तथा सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर PMJF लायन अर्चित श्रेष्ठ ज्युको संयोजक्तमा भएको कार्यक्रम क्लबले मानविय सेवा अन्तर्गत “एक छाता एक मुस्कान” सहित रुपन्देही जिल्ला भर सडक पेटीमा घाम पानी नभनी आफ्नो जिवीको पार्जन गर्ने ब्यक्तिको लागी बितरण गर्ने र जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नारा सहित अन्य आवश्यकता परेको ठाउँमा पनि छाता बितरण गरिने छ ।

जहाँ जहाँ आवश्यक परेको छ,
त्यहाँ त्यहाँ युथ फैलीएको छ ।

मिति २०८३-०५-०१ गते लायन्स क्लव अफ सिद्धार्थनगर युथको संयोजकत्वमा बसडिलुवा शिव मन्दिर परिसरमा निःशुल्क चिया बितरण तथा मध...
19/08/2026

मिति २०८३-०५-०१ गते लायन्स क्लव अफ सिद्धार्थनगर युथको संयोजकत्वमा बसडिलुवा शिव मन्दिर परिसरमा निःशुल्क चिया बितरण तथा मधुमेह परिक्षण शिबिर सम्पन्न भएको छ । उक्त कार्यक्रममा अन्य क्लब हरु लायन्स क्लव अफ अफ सिद्धार्थनगर टुलीप , लायन्स क्लव अफ सिद्धार्थनगर सिर्जनशिल, लायन्स क्लव अफ तिलोत्तमा युथ र लियो क्लब अफ सिद्धार्थनगर युथको पनि सक्रिय सहभागिता रहि संयुक्त कार्यक्रम संचालन भएको थियो । डिष्ट्रिक गभर्नर PMJF लायन सन्दिप कौसधन ज्युको प्रमुख आतित्यथामा, बिशिष्ट अतिथि प्रथम भाईस डिष्ट्रिक भभर्नर PMJF लायन मिना पन्थी ज्यु र क्लबका संस्थापक अध्यक्ष तथा सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर PMJF लायन अर्चित श्रेष्ठ ज्युको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा करिव ६०० जना भक्तजनहरुलाई सेवा गर्ने मौका मिलेको कार्यक्रम संयोजक लायन दिपेश गुप्ता ज्युले बताउनु भएको थियो ।

शुभ जन्मदिन दीर्घायुरारोग्यमस्तु सुयश:भवतु विजय:भवतु जन्मदिनशुभेच्छा ! यस क्लबका पुर्व अध्यक्ष लायन प्रसान्त मणी रामदाम ...
16/08/2026

शुभ जन्मदिन दीर्घायुरारोग्यमस्तु
सुयश:भवतु विजय:भवतु जन्मदिनशुभेच्छा !

यस क्लबका पुर्व अध्यक्ष लायन प्रसान्त मणी रामदाम MJF ज्यू र सदस्य लायन अनुप भट्टराई ज्यु को आज मिती २०८३.०४.३१ गते आईतबारका दिन पर्न गएको जन्मोत्सवको अवसरमा यस क्लव परिवारको तर्फ देखी उहाँलाई शुख, शान्ति अनि समृद्धिको हार्दिक मंगलमय शुभकामना सहित उँहाको उत्तरोउत्तर प्रगतिको कामना गर्दछौ । 🎂🎉 🎁


हरि आचार्य
अध्यक्ष

बिरेन्द्र ज्ञावली
सचिव

बिबेक रघुवंशि
कोषाध्यक्ष
एंव
लायन्स क्लब अफ सिद्धार्थनगर युथ परिवार

वृहत रक्तदान कार्यक्रम लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी अन्तर्गत रहेको एरिया ५ को आयोजना तथा लायन्स क्लब अफ सिद्धार्थन...
10/08/2026

वृहत रक्तदान कार्यक्रम

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी अन्तर्गत रहेको एरिया ५ को आयोजना तथा लायन्स क्लब अफ सिद्धार्थनगर युथ को सक्रियतामा मिति २०८३-०४-२३ गते शनिबारको दिन भैरहवामा वृहत रक्तदान कार्यक्रम सम्पन भएको छ ।

एरिया ५ को पहिलो कार्यक्रम लायन्स क्लब अफ सिद्धार्थनगर युथले कोर्डिनेटर लिएर सफलता पुर्वक भब्यता का साथ सम्पन्न गरेको हो ।

सोही कार्यक्रममा युथले एरियामा सबै भन्दा धेरै रक्त संकलन (डोनर) दिई सम्मान गरहण पनि गरेको थियो।

यस वृहत रक्तदान कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्न एरिया ५ अन्तर्गतका २६ क्लबका क्लब अध्यक्ष ज्यु तपाईको भुमिका एकदमै महत्वपुर्ण रहेको छ यदि तपाईको साथ सहयोग सपोर्ट र समर्थन नभएको भए आज यो कार्यक्रम सफल हुने थिएन।

हामी एकदमै आभारी छौ एरिया टिम प्रति तपाईको कार्य कुसलता, लगनसिलताले हाम्रो एरिया लाई अझै उच्च बिन्दुमा हामी पुर्याउने छौ । तपाईहरुको साथ समर्थन र सपोर्ट क्लबलाई अझै उर्जा बनेर आएको छ।
त्यसैले हामी तपाई लगायत सम्पुर्ण क्लब परिवार प्रति हृदय देखी नै आभारी छौ यस कार्यक्रमलाई सफलता पुर्वक सम्पन गर्न तपाईले निभाउनु भएको महत्वपुर्ण भुमिका एकदमै अतुलनिय छ ।

हामी आभारी छौ कार्यक्रका प्रमुख अतिथी मल्टिपल डिष्ट्रिक कन्भेन्सन कोर्डिनेटर तथा पास्ट डिष्ट्रिक गभर्नर आदरणिय अग्रज व्यत्तित्व PMJF lion ARJUN MAN SAINJU ज्यु, IPDG PMJF LION BALARAM BHATTRAI ज्यु , मल्टिपल डिष्ट्रिक रिडिंग एक्सन प्रोग्राम कोर्डिनेटर तथा पास्ट डिष्ट्रिक गभर्नर आदरणिय अग्रज MJF LION PURSOOTAM BHAKTA PRADHANANG ज्यु , पास्ट डिष्ट्रिक गभर्नर आदरणिय अग्रज PMJF LION NAVRAJ NEUPANE ज्यु, DISTRICT ACTION TEAM (one area one project) संयोजक MJF LION SANGAM NEUPANE ज्यु , DISTRICT ACTION TEAM CSR तथा सिद्धार्थ उधोग बाणिज्य संघ अध्यक्ष आदरणिय PMJF LION NETRA ACHARYA ज्यु र अन्य उपस्थित लायन लिडर ज्यु प्रति हृदय देखी नै आभारी छौ ।


पुनः एक पटक कार्यक्रम सफलतामा महत्पुर्ण भुमिका खेल्नु हुने तपाई सम्पुर्ण प्रति बिशेष आभारी छौ आगामी दिनमा पनि यो साथ सहयोग सपोर्ट र समर्थन निरन्तरता रहिरहने छ भन्ने बिश्वास पनि लिएका छौ ।

धन्यवाद !
जय लायन्स वाद !

लायन्स क्लब अफ सिद्धार्थनगर युथ

अबिरल सेवाको यात्रामा युथ 🦁 Lions Clubs International Foundation LCIF मा सिद्धार्थनगर युथको यस बर्ष २०२६/२०२७ को हाल सम्...
09/08/2026

अबिरल सेवाको यात्रामा युथ 🦁
Lions Clubs International Foundation LCIF मा सिद्धार्थनगर युथको यस बर्ष २०२६/२०२७ को हाल सम्मको योगदान र आगामी दिनमा पनि योगदान निरन्तर जारी रहने छ ।

लायन्स क्लब अफ सिद्धार्थनगर युथको तर्फ बाट, LCIF मा योगदान दिनुहुने हाम्रा लायन लिडर ज्यु प्रति हार्दिक सम्मान, तथा कृतज्ञता व्यक्त गर्दछौँ।

🦁 चार्टर प्रेसिडेन्ट तथा सेकेन्ड भाईस डिस्ट्रिक्ट गभर्नर (SVDG) लायन अर्चित श्रेष्ठ PMJF - १००$
🦁 पास्ट प्रेसिडेन्ट तथा डिस्ट्रिक्ट डिपार्टमेन मेम्बर लायन संन्दिप नाथ गोंगल - १००$
🦁 प्रेसिडेन्ट लायन हरि आचार्य - ३००$
🦁 सेकेन्ड भाईस प्रेसिडेन्ट लायन सचिन्द्र तुलाधर - ५०$
🦁 सर्भिस चियरप्रसन लायन जवाहिर अग्रहरि MJF - २००$
यस गौरवपूर्ण योगदानका लागि सम्पूर्ण योगदान कर्ता ज्युहरुलाई क्लब परिवारको तर्फबाट हार्दिक बधाई, सम्मान तथा धन्यवाद सहित शुभकामना व्यक्त गर्दछौँ।

लायन हरि आचार्य
अध्यक्ष
एवम्
लायन्स क्लब अफ सिद्धार्थनगर युथ परिवार

शुभ जन्मदिन दीर्घायुरारोग्यमस्तु सुयश:भवतु विजय:भवतु जन्मदिनशुभेच्छा ! यस क्लबका पुर्व अध्यक्ष लायन सन्दिप नाथ गोंगल ज्य...
08/08/2026

शुभ जन्मदिन दीर्घायुरारोग्यमस्तु
सुयश:भवतु विजय:भवतु जन्मदिनशुभेच्छा !

यस क्लबका पुर्व अध्यक्ष लायन सन्दिप नाथ गोंगल ज्यू को आज मिती २०८३.०४.२३ गते शनिबारको दिन पर्न गएको जन्मोत्सवको अवसरमा यस क्लव परिवारको तर्फ देखी उहाँलाई शुख, शान्ति अनि समृद्धिको हार्दिक मंगलमय शुभकामना सहित उँहाको उत्तरोउत्तर प्रगतिको कामना गर्दछौ । 🎂🎉 🎁


हरि आचार्य
अध्यक्ष

बिरेन्द्र ज्ञावली
सचिव

बिबेक रघुवंशि
कोषाध्यक्ष
एंव
लायन्स क्लब अफ सिद्धार्थनगर युथ परिवार

२०८२-०४-१६ गते शनिबारका दिन लायन्स क्लब अफ बुटवल हार्टसको फुड फर अल अन्तर्गत रहेको भोजन कार्यक्रममा लायन्स क्लब अफ सिद्ध...
01/08/2026

२०८२-०४-१६ गते शनिबारका दिन लायन्स क्लब अफ बुटवल हार्टसको फुड फर अल अन्तर्गत रहेको भोजन कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर युथले पनि एक हप्ताको खाना खुउने अवसर प्राप्त गरि कार्यक्रम सफलता पुर्वक सम्पन गरेको छ। लायन्स क्लव अफ सिद्धार्थनगर युथ का पुर्व अध्यक्ष लायन संन्दिप नाथ गोंगल ज्युको जन्मदिनको अवसर पारी उक्त कार्यक्रम बुटवल हार्टस संग सहकार्य गर्ने अवसर मिलेको थियो।

With vision
With passion
With integrity

शुभ जन्मदिन दीर्घायुरारोग्यमस्तु सुयश:भवतु विजय:भवतु जन्मदिनशुभेच्छा ! यस क्लबका निवर्तमान अध्यक्ष लायन युवराज श्रेष्ठ ज...
01/08/2026

शुभ जन्मदिन दीर्घायुरारोग्यमस्तु
सुयश:भवतु विजय:भवतु जन्मदिनशुभेच्छा !

यस क्लबका निवर्तमान अध्यक्ष लायन युवराज श्रेष्ठ ज्यू को आज मिती २०८३.०४.१५ गते शनिबारको दिन पर्न गएको जन्मोत्सवको अवसरमा यस क्लव परिवारको तर्फ देखी उहाँलाई शुख, शान्ति अनि समृद्धिको हार्दिक मंगलमय शुभकामना सहित उँहाको उत्तरोउत्तर प्रगतिको कामना गर्दछौ । 🎂🎉 🎁


हरि आचार्य
अध्यक्ष

बिरेन्द्र ज्ञावली
सचिव

बिबेक रघुवंशि
कोषाध्यक्ष
एंव
लायन्स क्लब अफ सिद्धार्थनगर युथ परिवार

21/07/2026

भैरहवा, ४ साउन । लायन्स क्लब अफ सिद्धार्थनगर युथले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका३ स्थित संस्कृत विद्या सं.....

20/07/2026

२०८३, श्रावण ४ गते

लायन्स सिद्धार्थनगर युथद्वारा गौ आहार वितरण तथा वृक्षारोपण
खबर पात्रो
सोमवार , श्रावण ४, २०८३
लायन्स सिद्धार्थनगर युथद्वारा गौ आहार वितरण तथा वृक्षारोपण
भैरहवा, ४ साउन । लायन्स क्लब अफ सिद्धार्थनगर युथले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित संस्कृत विद्या संन्यास आश्रम, भैरहवामा आइतबार गौ आहार वितरण तथा वृक्षारोपण कार्यक्रम गरेको छ । गौ आहार वितरण कार्यक्रमलाई वर्षभरी नै निरन्तरता दिइने क्लबका कोषाध्यक्ष विवेक रघुवंशीले बताउनुभयो ।
विद्या आश्रम आफैमा पुण्यको ठाउँ भएको, साथै फल र फूलको विरुवाले अझै सुनमा सुगन्ध दिइ सुन्दर, शान्त तथा हराभरा बनाउन केही सहयोग पुगोस भन्ने उद्देश्यले वृक्षारोपण गरिएको क्लबका सचिव विरेन्द्र ज्ञावलीले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका संस्थापक गभर्नर नवराज न्यौपानेले लायन्स क्लब अफ सिद्धार्थनगर युथले एक दशक पार गरेर सधै आफ्नो पहिलो कार्यक्रम गौ आहार वितरण गर्नु पुण्यको काम भएको बताउनुभयो । उहाँले आश्रममा वृक्षारोपण गर्नु पनि सराहनीय रहेको बताउनुभयो ।

कार्यक्रममा आश्रमका पीठाधीश श्री १००८ स्वामी शान्तानन्द सरस्वती महाराज, रिजन चेयरपर्सन निर्मला श्रेष्ठलगायतले बोल्नुभएको थियो। आश्रममा रोपिएको विरुवाको संरक्षण तथा रेखदेख गर्ने आश्रम व्यवस्थापन समिति तथा आश्रममा बसोबास गर्नेको रहेको र क्लवले पनि रोपिएको विरुवाको निगरानी गरिरहने क्लबका द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक सचिन्द्र तुलाधरले जानाकारी दिनुभयो ।

क्लबका अध्यक्ष हरि आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्वअध्यक्ष तथा एम्बाष्टर अफ गभर्नर प्रशान्तमणि रामदाम, पूर्वअध्यक्ष तथा जिएसटी सन्दिप नाथ गोंगल, जोन चेयरपर्सन अनित कुमार गुप्ता, क्लबका निर्वतमान अध्यक्ष युवराज श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Address

Siddharthanagar Palika
Bhairahawa
32900

Telephone

+9779857023979

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club of Siddharthanagar Youth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions Club of Siddharthanagar Youth:

Shortcuts

Share

Category