Adesh Lama

Call Directions Website Contact the organization

Adesh Lama Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Adesh Lama, Bhaktapur.

16/03/2026

Funny 😄

15/03/2026

सडकमा ओभरटेकको सामान्य विवादले कुटपिटको रूप लिँदा दुई मोटरसाइकल राइडरमाथि कार चालकले आक्रमण गरेको घटना सामाजिक सञ्जालमा भाइरल भएको छ। ‘बागमती बीएसी ५२८१’ नम्बरको स्यान्ट्रो कारका चालकले अश्लील गालीगलौज गर्दै बीच सडकमै राइडरहरूलाई हातपात गरेको भिडियो सार्वजनिक भएको हो। भिडियोअनुसार रोकिएको गाडीलाई कारले अचानक ओभरटेक गर्दा विपरीत दिशाबाट आएका दुई राइडर दुर्घटनाबाट मुस्किलले जोगिएका थिए। त्यसपछि अगाडि रोकिएर भएको भनाभनका क्रममा चालकले आक्रमण गरेको देखिन्छ।

भिडियोमा चालकले राइडरहरूलाई ज्यान मार्ने धम्की दिँदै कुटपिट गरेको, गोप्रो क्यामेरा फुटाइदिने धम्की दिएको, बाइकको चाबी थुतेको र एउटा बाइक भुइँमा लडाइदिएको दृश्य देखिन्छ। राइडरहरूले ‘हाम्रो गल्ती भयो, सरी दाइ’ भन्दै माफी माग्दा पनि चालक शान्त नहुँदै ‘हाइवेमा जे पनि गरिदिन्छु’ भन्दै दादागिरी देखाएको सुनिन्छ। अन्त्यमा चालकले धम्क्याउँदै राइडरमध्ये एक जनाको फोन नम्बर समेत लिएको भिडियोमा देखिन्छ।

पीडित राइडरहरू युट्युब च्यानल ‘RG Rider Vlog’ का विशाल तामाङ र ‘RB Vlog Legend’ का लक्सकुमार राई रहेको खुलेको छ। उनीहरूका अनुसार घटना शनिबार मध्यान्ह करिब १२ बजे भक्तपुरको तेलकोट (नगरकोट) क्षेत्रमा भएको हो। पीडितहरूले जिल्ला प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएका छन् भने प्रहरीले घटनामा संलग्न कार चालकको खोजी गर्दै अनुसन्धान सुरु गरेको जनाएको छ। घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चालकको व्यवहारको तीव्र आलोचना हुँदै कडा कारबाहीको माग गरिएको छ। # #

24/02/2026

Love this pizza 🍕

18/02/2026

Address

Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Adesh Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Adesh Lama:

Shortcuts

Share