सरिता तिमसिना भट्टराई , उपप्रमुख- सूर्यविनायक नगरपालिका

  • Home
  • Nepal
  • Bhaktapur
  • सरिता तिमसिना भट्टराई , उपप्रमुख- सूर्यविनायक नगरपालिका

सरिता तिमसिना भट्टराई , उपप्रमुख- सूर्यविनायक नगरपालिका Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सरिता तिमसिना भट्टराई , उपप्रमुख- सूर्यविनायक नगरपालिका, Social service, Balkot, Bhaktapur.

31/07/2026

जताततै फोहर नफालौ ।

आदरणीय सूर्यविनायक नगरवासीहरूमा हार्दिक अनुरोध । हाल निरन्तर वर्षाका कारण फोहोर व्यवस्थापनमा केही कठिनाइ उत्पन्न भएको छ।...
31/07/2026

आदरणीय सूर्यविनायक नगरवासीहरूमा हार्दिक अनुरोध ।

हाल निरन्तर वर्षाका कारण फोहोर व्यवस्थापनमा केही कठिनाइ उत्पन्न भएको छ।

यस अवस्थामा कृपया आफ्नो घर वा पसलबाट निस्कने फोहोर सडक, पेटी, चोक, गल्ली, पार्क , नदी किनार वा अन्य सार्वजनिक स्थानमा नराख्नुहोस्। यसवाट हुने प्रदुषणले पुनः हामी नागरिकलाइ नै असर गर्न सक्छ ।
त्यसैले
कृपया फोहोर संकलन गर्ने टोली घरमै नआएसम्म फोहोर आफ्नै घर वा परिसरमा सुरक्षित राखी सहयोग गरिदिनुहुन अनुरोध छ।

स्वच्छ, स्वस्थ र सुन्दर सूर्यविनायक निर्माणमा सबै नगरवासीको सहयोग अपरिहार्य छ।

"मेरो फोहोर, मेरो जिम्मेवारी। स्वच्छ सूर्यविनायक, हाम्रो साझा जिम्मेवारी।"
#सुर्यविनायक_नगरपालिका
#स्वच्छवातावरण
#सरसफाइ
#दक्षिणवाराहीपार्क

मिति २०८३ साउन १३ गतेका दिन सूर्यविनायक नगरपालिकाका उपप्रमुख, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरूको सहितको ट...
30/07/2026

मिति २०८३ साउन १३ गतेका दिन सूर्यविनायक नगरपालिकाका उपप्रमुख, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरूको सहितको टोलिले नागार्जुन नगरपालिकामा अवलोकन भ्रमण गरियो।भ्रमणका क्रममा दुवै स्थानीय तहबीच सुशासन, सेवा प्रवाह, विकास निर्माण , असल अभ्यास तथा स्थानीय तह सञ्चालनसम्बन्धी अनुभव आदानप्रदान गर्दै फलदायी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो।

यस प्रकारको अन्तरपालिका सहकार्य र अनुभव आदानप्रदानले स्थानीय सरकारहरूबीच समन्वय, सिकाइ र प्रभावकारी सेवा प्रवाहमा थप टेवा पुग्ने विश्वास लिइएको छ।Sarita Timsina Bhattarai

30/07/2026
🤝अन्तरपालिका समन्वय, सहकार्य तथा असल अभ्यास अध्ययन–अवलोकनअन्तरपालिका समन्वय, सहकार्य तथा असल अभ्यासहरूको अध्ययन–अवलोकन ग...
28/07/2026

🤝अन्तरपालिका समन्वय, सहकार्य तथा असल अभ्यास अध्ययन–अवलोकन
अन्तरपालिका समन्वय, सहकार्य तथा असल अभ्यासहरूको अध्ययन–अवलोकन गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिकाका कार्यपालिका सदस्यज्यूहरू सहितको टोलीले बुढानीलकण्ठ नगरपालिकाको अध्ययन भ्रमण सम्पन्न गरेको छ।
भ्रमणका क्रममा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासका क्षेत्रमा र न्यायिक समितिको कार्यसम्पादन, मेलमिलाप प्रणालीमा अवलम्बन गरिएका असल अभ्यासहरूको अध्ययन–अवलोकन गर्नुका साथै दुवै नगरपालिकाबीच अनुभव तथा सिकाइ आदान–प्रदान गरिएको छ।

यस अध्ययन–अवलोकन कार्यक्रमले स्थानीय तहबीच समन्वय, सहकार्य र आपसी सिकाइलाई थप सुदृढ बनाउँदै नागरिकलाई प्रभावकारी, गुणस्तरीय र उत्तरदायी सेवा प्रवाह गर्न उपयोगी अनुभव प्राप्त भएको विश्वास लिएका छौँ।

यस अवसरमा अध्ययन भ्रमण टोलीलाई न्यानो आतिथ्यता प्रदान गर्नुका साथै आफ्ना अनुभव, अभ्यास र सिकाइहरू उदारतापूर्वक साझा गरिदिनुभएकोमा बुढानीलकण्ठ नगरपालिकाप्रति सूर्यविनायक नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

आगामी दिनहरूमा पनि यस्ता अन्तरपालिका सहकार्य, अनुभव आदान–प्रदान र साझेदारीले स्थानीय शासन प्रणालीलाई अझ प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दछौँ।

#सूर्यविनायक_नगरपालिका #अन्तरपालिका_समन्वय #अध्ययनअवलोकन #असलअभ्यास #सुशासन #स्थानीयशासन #बुधानीलकण्ठ_नगरपालिका

24/07/2026

स्वस्थ्य वुड्यौली , Healthy Aging
#जेष्ठनागरिकसमन्वयसमिती
#सहारापरियोजना

17/07/2026

साउन १ गतेबाट डोलेश्वर मन्दिरमा श्रावणी मेलाको सुभारम्भ भएको छ।कलस यात्रामा सहभागि हुदै.....

14/07/2026
मेनोपजका कारण हुनसक्ने मानसिक तनाव तथा हर्मोनल गडबडी देखिने असर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।आजको कार्यक्रम...
12/07/2026

मेनोपजका कारण हुनसक्ने मानसिक तनाव तथा हर्मोनल गडबडी देखिने असर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।

आजको कार्यक्रममा मनोपरामर्शदाता रेखा शर्मा तथा डा. कोपिला राई ले मेनोपजका क्रममा देखिन सक्ने मानसिक तनाव, हर्मोनल परिवर्तन, स्वास्थ्यमा पर्ने प्रभाव तथा त्यसको व्यवस्थापनका व्यावहारिक उपायबारे अत्यन्त उपयोगी सहजीकरण गर्नुभयो।

४० बर्ष उमेर कटेका महिलाहरूमा महिनावारी सुक्न पुर्व सामान्यतया देखिन सक्ने केहि सिम्टमहरु वारे छलफल गर्दै मेनोपोज कुनै रोग नभई महिलाको जीवनको प्राकृतिक अवस्था हो। यस अवधिमा सही जानकारी, समयमै परामर्श, स्वस्थ जीवनशैली र परिवारको सकारात्मक साथले महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ भन्ने वारे जानकारी गराइयो ।

नगरपालिकाले संचालन गरेको यस प्रकारको जनचेतनामूलक कार्यक्रमले महिलाको शारीरिक र मानसिक स्वास्थ्य, सम्मानजनक जीवन तथा सशक्तीकरणलाई सदैव प्राथमिकतामा राख्दै महिलालाई आफ्नो स्वास्थ्यप्रति सचेत, आत्मविश्वासी र सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु।
साथै आगामी दिनमा समेत यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछु।।
#सुर्यविनायक_नगरपकलिका
#मनोपरामर्स
#मेनोपज
#महिला

Address

Balkot
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when सरिता तिमसिना भट्टराई , उपप्रमुख- सूर्यविनायक नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category