Pride of Nepal

Pride of Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pride of Nepal, Bhaktapur.

नेपालको गौरव, इतिहास, संस्कृति, प्रतिभा र उपलब्धिहरूलाई उजागर गर्ने हाम्रो सानो प्रयास।
हाम्रो देश, हाम्रो पहिचान, महान व्यक्तित्व, संस्कृति, इतिहास, प्राकृतिक सौन्दर्य र सफसफलताका कथाहरूलाई संसारभर पुर्‍याउने प्लेटफर्म।

02/04/2026

संगठित अपराधलाई अब माफी दिने काम सत्ता वा सम्बन्धले होइन, न्यायको कठोर हातले गर्नेछ। अब संगठित अपराधको माफी कसैले होइन, न्यायले दिन्छ

भ्रष्टाचार चरम सीमा पार गरिसकेपछि तत्कालीन राजा Gyanendra Shah ले संसद् भंग गरेर भ्रष्टाचार नियन्त्रण गर्ने प्रयास गरेका...
01/04/2026

भ्रष्टाचार चरम सीमा पार गरिसकेपछि तत्कालीन राजा Gyanendra Shah ले संसद् भंग गरेर भ्रष्टाचार नियन्त्रण गर्ने प्रयास गरेका थिए। देशलाई भ्रष्टाचारको दलदलबाट निकाल्न उनले शाही आयोग गठन गरे र उच्च तहका नेताहरूको सम्पत्ति तथा क्रियाकलापमाथि छानबिन सुरु भयो।

यस क्रममा Sher Bahadur Deuba र Prakash Man Singh लगायतका नेताहरूविरुद्ध मुद्दा चलाइयो र उनीहरू जेल पुगे। करिब ९ महिना जेल जीवन बिताउँदा दलहरू एकजुट भएर आन्दोलनमा उत्रिए।

जंगलमा रहेको Communist Party of Nepal (Maoist) समेत भ्रष्टाचारको मुद्दाबाट जोगिन खोजिरहेका दलका नेताहरूसँग मिल्यो। अन्ततः Supreme Court of Nepal ले भ्रष्टाचार छानबिन गर्न बनेको शाही आयोग नै खारेज गरिदियो। त्यसपछि देउवा र प्रकाशमान जेलमुक्त भए।

त्यसपछि भएको 2006 People's Movement (१९ दिने आन्दोलन) ले राजालाई संसद् पुनर्स्थापना गर्न बाध्य बनायो।
त्यो आन्दोलनको अन्त्यसँगै राजा पराजित भए र भ्रष्ट नेताहरू विजयी भए।

राजतन्त्र अन्त्य भयो, गणतन्त्र आयो।
तर प्रश्न आज पनि उस्तै छ —
के भ्रष्टाचार अन्त्य भयो ?

बरु त्यसपछि त भ्रष्टाचारले झन् खुलेआम नाच्न थाल्यो।
सत्ता बदलियो, व्यवस्था बदलियो, तर भ्रष्ट प्रवृत्ति बदलिएको देखिएन।

आज फेरि एक जना व्यक्तिले भ्रष्टाचारको विरुद्ध खुला चुनौती दिएका छन् — B***n Shah।

त्यो बेला भ्रष्टाचारविरुद्ध लड्दा Gyanendra Shah लाई जनताको साथ थिएन।
तर आज B***n Shah सँग करिब तीन करोड नेपालीको आशा र समर्थन देखिन्छ।

इतिहासले अधुरो छोडेको एउटा लडाइँ छ —
भ्रष्टाचारविरुद्धको लडाइँ।

सायद अहिले त्यो लडाइँ नयाँ पुस्ताको हातमा पुगेको छ।

३० वटा सार्वजनिक निकाय खारेज वा समायोजनसरकारले सार्वजनिक निकायहरूमा हुँदै आएको अनावश्यक खर्च घटाउने, प्रशासनिक संरचना सु...
01/04/2026

३० वटा सार्वजनिक निकाय खारेज वा समायोजन

सरकारले सार्वजनिक निकायहरूमा हुँदै आएको अनावश्यक खर्च घटाउने, प्रशासनिक संरचना सुधार गर्ने तथा राजनीतिक भर्तीको प्रवृत्ति अन्त्य गर्ने उद्देश्यले ठूलो संरचनात्मक सुधारको घोषणा गरेको छ। यस अन्तर्गत ३० वटा सार्वजनिक निकाय खारेज वा समायोजन गर्ने निर्णय गरिएको छ।

सरकारका अनुसार यस निर्णयबाट अर्बौँ रुपैयाँ बचत हुने र सयौँ पदहरू कटौती हुने अपेक्षा गरिएको छ।

🔴 खारेज गरिने निकायहरूमा
बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति,
न्यूनतम पारिश्रमिक निर्धारण समिति,
नेपाल रेल्वे बोर्ड,
शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण,
जग्गा विकास चक्र कोष,
नगर विकास समितिहरू,
बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना,
बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना,
सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना,
राष्ट्रिय दुग्ध विकास बोर्ड,
जिल्ला निर्वाचन कार्यालयहरू,
श्रम स्वीकृति प्रणाली तथा
वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने एनओसी प्रणाली समेत समावेश छन्।

🟡 प्रदेश सरकारलाई हस्तान्तरण गरिने कार्यक्रमहरूमा
तराई–मधेस समृद्धि कार्यक्रम,
राष्ट्रिय चुरे संरक्षण समिति,
वनस्पति अनुसन्धान केन्द्र,
पशुपक्षी रोग अन्वेषण परियोजना,
विभिन्न सिँचाइ आयोजना,
जनताको तटबन्ध कार्यक्रम तथा
पर्यटन संरक्षण तथा विकास समितिहरू रहेका छन्।

सरकारले यो निर्णयले प्रशासनिक खर्च घट्ने, दोहोरो संरचना अन्त्य हुने र सेवा प्रवाह प्रभावकारी हुने दाबी गरेको छ।

देशको खर्च घटाउने र अनावश्यक संरचना अन्त्य गर्ने यस्तो साहसी निर्णयका लागि बालेन सरकारलाई धेरै–धेरै धन्यवाद।” 🙏🇳🇵

Address

Bhaktapur

Telephone

+97715141086

Website

Alerts

Be the first to know and let us send you an email when Pride of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pride of Nepal:

Share