Ministry of hypocrisy

Ministry of hypocrisy सबै कुरा स्पष्ट छ… बस सबैका लागि होइन।

18/08/2026

रास्वपाले स्थानीय निर्वाचनका लागि उम्मेदवारी दिन आवेदन माग गरिसक्दा पनि, विगतका निर्वाचनमा लगभग समाप्त हुने अवस्थामा पुगेका पुराना दलहरू अझै पनि आन्तरिक झगडा र कलहमै अल्झिरहनु कत्तिको उचित होला? यही पाराले त स्थानीय तहमा पनि उही अवस्था दोहोरिने देखिन्छ।

16/08/2026

खगेन्द्र सुनारले कसैलाई बाटोमा भेटेर व्यक्तिगत कुरामा गालीगलौज गरेका होइनन्, लेखा समितिको छलफलका क्रममा उठेका विषयमा बोलेका हुन्। तथापि, भाषिक सुधार गर्नुपर्ने कुरा पक्कै देखिन्छ। तर खगेन्द्र सुनार नै त्यस्ता व्यक्ति हुन्, जो यो सरकारलाई आफ्नै पार्टीभित्रबाटै हमला र विरोध हुँदा पनि समर्थनमा उभिन्छन् र उठेका प्रश्नहरूको जवाफ पनि कडा हिसाबले आफ्नै मौलिक शैलीमा दिन्छन्।

उनीबाहेक अरू कोही भएनन् भने प्रतिपक्षी दलकाहरूलाई पनि खगेन्द्रलाई कमजोर पार्न पाए अर्को बोल्ने मान्छे कोही हुँदैनथ्यो भन्ने परकै कुरा होला। त्यसैले अहिले जसरी उनीमाथि हमला भइरहेको छ, त्यो केही नियोजितजस्तो लागिरहेको छ।

16/08/2026
16/08/2026

अरू कुरा जे सुकै भए पनि गगन थापा ज्यूले अब खुरुखुरु पुराना सदस्यहरूको नवीकरण बिनासर्त गरेर, नयाँ थपिएकाहरूलाई पनि समेटेर महाधिवेशन गर्दा हुन्छ त। नयाँ लोकतान्त्रिक पार्टीमा खुला चुनौती दिन पनि राम्रै हुन्छ। प्रमुख प्रतिपक्षको दिनदिनैको किचलो कति दिन गर्ने हो?

अनलाइन नवीकरणका कुराहरू छन्, त्यो महाधिवेशनपछिको नेतृत्वले गर्दा राम्रो होला नि, होइन?

16/08/2026

शेरबहादुर देउवा पक्षको भेलामा हिन्दू र राजाको विषय जुनसुकै तरिकाबाट भए पनि बारम्बार उठ्नुको रहस्य के होला? नत्र हिजोको दिनमा कांग्रेसमा खास त्यस्तो कुरा सुन्न पाइँदैनथ्यो। कि दालमा केही त कालो छ?

16/08/2026

भाषण गर्दा निर्वाचन आयोग भन्ने पनि बिर्सिएर कुन आयोग हरे भनेर सोध्ने शेरबहादुर दाइले अब कांग्रेस पार्टी बचाइदिने रे, के हो कुरा?

15/08/2026

राजनीतिमा सधैँ व्यक्तिलाई नै प्रधान मानेर आफ्नो पक्षलाई राम्रो र सही देखाउन बारम्बार प्रयास गरिन्छ। अर्को पक्षको विरोध र भर्त्सना गर्ने परिपाटी सधैँ रहिआएको छ।
हिजोका दिनमा शेरबहादुर देउवा जी सभापति भइरहँदा गगन थापा पक्षलाई साह्रै थिचोमिचो हुन्थ्यो। उहाँहरूसँग न त कुनै सल्लाह-परामर्श हुन्थ्यो, न त उहाँहरूको योगदानको कदर नै हुन्थ्यो। यसप्रति हामी सर्वसाधारण जनताले पनि ठूलो विरोध गर्थ्यौँ र "शेरबहादुर जीले किन सबैलाई मिलाएर नलैजानुभएको?" भनेर प्रश्न गर्थ्यौँ।
तर, जति नै थिचोमिचो गरे पनि अन्तिममा ६०/४० को भागबन्डामा पुगेर कुरा मिल्थ्यो। यो दृश्य हामीले धेरै ठाउँमा देख्यौँ। देउवा जीले जति नै पेल्न खोजे पनि गगन जीले ४० प्रतिशत हिस्सा लिएरै छाड्नुहुन्थ्यो र देउवा जी पनि त्यो परिस्थिति स्वीकार्न बाध्य हुनुहुन्थ्यो।
तर, आज परिस्थिति बिल्कुलै फरक छ। गगन जी सभापति हुनुहुन्छ र केन्द्रीय समितिमा उहाँको १००% स्पष्ट बहुमत (Majority) छ। पार्टीको आधिकारिकता र सम्पूर्ण अधिकार स्वतः गगन जीसँगै छ।
त्यसैले, हिजो जुन विषयमा हामी शेरबहादुर जीलाई प्रश्न गर्थ्यौँ, आज त्यही प्रश्न गगन जीलाई सोध्न मिल्ने कि नमिल्ने?
अब शेरबहादुर देउवा पक्षका नेताहरूको भ्रष्टाचार र कमजोरीलाई मात्र देखाएर उहाँ पन्छिन मिल्दैन होला। यो त विशुद्ध राजनीतिक प्रश्न हो, त्यसैले यसलाई मिलाउन गगन जीले ठूलो प्रयास गर्नुपर्छ। भित्रभित्रै सायद प्रयास गर्नुभएको पनि होला, तर बाहिरबाट हेर्दा त गगन जीले "फुटेर गए जाओस्, जहाँ बढाउनुपर्ने थियो त्यहाँ हुरीले बढारिदियो" भनेजस्तै शैली अपनाउनुभएको हो कि भनेर प्रश्न गर्ने ठाउँ छ।
अहिलेका लागि यो प्रश्न त्यति महत्त्वपूर्ण नदेखिए पनि भविष्यले यो प्रश्नलाई निकै गम्भीरताका साथ जोड्नेछ। उहाँहरूलाई (इतर पक्षलाई) विश्वासमा लिएर उहाँहरूका माग पूरा गर्दा "महाधिवेशनमा म आफैँ कमजोर हुन्छु कि" भन्ने सोच हो भने, लोकतान्त्रिक पार्टीमा त प्रतिस्पर्धा गरेरै आउने हो। यदि उहाँसँग त्यो ल्याकत, आँट र समर्थन छ भने स्पष्टसँग भन्नुपर्‍यो, उहाँलाई कसले रोक्छ र? आखिर आम जनता त उहाँकै पक्षमा छन् नि, होइन र?
Gagan Thapa

13/08/2026

समय नै सबैभन्दा ठूलो खेलाडी रहेछ। समयलाई विश्वास गर्न सक्यो भने धेरै कुराहरू आफैँ ठीक हुँदा रहेछन्। हिजो जेन–जीबाट कुटिएका, सरकारले पक्राउ पुर्जी जारी गरेका देउबालाई आज भव्यताका साथ स्वागत गर्ने समय पनि आउँदो रहेछ। त्यसैले समयलाई विश्वास गरौँ, उतारचढावमा आफूलाई कमजोर पार्ने र निरुत्साहित हुने काम नगरौँ।

13/08/2026

शेरबहादुर देउबालाई कुट्नु गलत थियो र आज पनि उनले गल्ती गरेका छन् भने कानुनले कारबाही पनि गर्नुपर्छ। उनी आफ्नो देश फर्कने अधिकार राख्छन् र फर्किए पनि। तर फेरि राजनीतिमा सक्रिय भएर पुरानै खिचडी चाहिँ कम्तीमा नपकाऊँ यार। के दिन बाँकी छ र देउबाले?

13/08/2026

आफू लोकतन्त्र, वाक् स्वतन्त्रता, प्रेस स्वतन्त्रता जस्ता कुराको समर्थक हुँदाहुँदै पनि आज एक पत्रकार पक्राउ पर्दा त्यसको विरोधमा बोल्न निकै गाह्रो भयो। त्यसको कारण थियो, ती पत्रकारले पत्रकारिताको नाममा गरेका काम र आचरण।

पत्रकारिता भन्दैमा मानिसको व्यक्तिगत जीवन र गोपनीयता भङ्ग गर्ने, आफूलाई मन नपर्ने व्यक्तिका विरुद्ध दैनिकजसो अफवाह फैलाउने, महिलाको अनुमति बिना अङ्ग प्रदर्शन गरिदिने र आफू पत्रकार भएको नाममा सही प्रश्नभन्दा आफूलाई बाहिर राख्ने जस्ता कामले गर्दा उहाँको समर्थन गर्दै राज्यको विरोध गर्न सकिएन।

पत्रकार पनि आफ्नो मर्यादामा बस्नुपर्छ।

Address

Singa Durbar
Bharatpur

Telephone

+9779845394372

Website

Alerts

Be the first to know and let us send you an email when Ministry of hypocrisy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ministry of hypocrisy:

Shortcuts

Share