20/10/2024
बेटर चितवन परिवारसँग जाेडिने याे अवसर नगुमाउनुहाेला ।
२०२४-२५ काे लागि बेटर चितवनले साधारण सदस्यता खुला गरेकाे छ र याेग्यता पुगेका नेपाली नागरिकले सदस्यताकाे लागि तल दिइएकाे सदस्यता फारम भर्नुपर्नेछ । याे साल बेटर चितवन १० औँ वर्षमा प्रवेश गर्दैछ । त्यसैकाे अवसरमा हामीले चितवनका सबै पालिकामा सदस्यता विस्तार र हाम्राे कार्य क्षेत्रमा रहेका अन्य जिल्लामा पनि समिति गठन गर्ने निर्णय गरेका छाैँ । जिल्ला बाहिरका साथीहरूले पनि याे पटक सदस्यताकाे लागि फारम भर्न सक्नुहुनेछ ।
👉 फारम भर्न: https://forms.gle/teE2yCq2JF9tfvut5
वर्षमा एक पटक मात्रै सदस्यता खुल्ने भएकाले अहिले नै सदस्यता फारम भर्नुहुन अनुराेध गर्दछाैँ । फारम भर्दा कुनै समस्या आएमा हामीलाई म्यासेज गर्न सक्नुहुनेछ वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । बेटर चितवनकाे वेवसाईट www.betterchitwan.com मार्फत थप जानकारी पनि लिन सकिनेछ ।
धन्यवाद!!