JCDS Nepal

JCDS Nepal "Helping Community Thrive Sustainably, Not Just Survive"
&
"Campaign Against Human Trafficking"

आज मिति २०८३ साल साउन ७ गते ज्योति सामुदायिक विकास सेवा नेपालद्वारा महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत आत्मनिर्भरता, स्व...
23/07/2026

आज मिति २०८३ साल साउन ७ गते ज्योति सामुदायिक विकास सेवा नेपालद्वारा महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत आत्मनिर्भरता, स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको ५-महिने सिलाई–कटाई तालिमको उद्घाटन समारोह सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व संस्थाका संस्थापक एवं अध्यक्ष राजन सुनारले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा भरतपुर महानगरपालिकाका का.वा. नगर प्रमुख चित्रसेन अधिकारीको गरिमामय उपस्थिति रहेको थियो।
त्यसैगरी, विशिष्ट अतिथिहरूमा भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख सुशीला वाग्ले, गैरसरकारी संस्था समन्वय तथा सामुदायिक परिचालन शाखाका शाखा प्रमुख पञ्चमाया तामाङ, तथा भरतपुर महानगरपालिका वडा नं. ११ का वडा सदस्य सागर कुमारको उपस्थिति रहेको थियो।
कार्यक्रममा अतिथिका रूपमा नवजीवन सामुदायिक विकास सेवाका संस्थापक तथा अध्यक्ष किरण खाती, ज्योति सामुदायिक विकास सेवा नेपालका कार्यक्रम संयोजक जीवन गहतराज, संस्थाका प्रतिनिधिहरू जोसेफ गहतराज र राजेन्द्र वि.क., तालिमका प्रशिक्षक प्रभा सेन्चुरी, तालिममा सहभागी प्रशिक्षार्थीहरू तथा विभिन्न क्षेत्रका समाजसेवी एवं सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन श्री जखडीमाई आधारभूत विद्यालयका प्रधानाध्यापक आशिष गोपाल परियारले गर्नुभएको थियो।
कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समन्वय र सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरूप्रति ज्योति सामुदायिक विकास सेवा नेपाल हार्दिक आभार व्यक्त गर्दछ। साथै, तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई सफल, उपलब्धिमूलक तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछ।

आज  मिति २०८३ असार ३२ गते जिल्ला चितवन माडी नगरपालिकाद्वारा आयोजित वार्षिक समीक्षा कार्यक्रममा यस ज्योति नेपाल संस्थाका ...
16/07/2026

आज मिति २०८३ असार ३२ गते जिल्ला चितवन माडी नगरपालिकाद्वारा आयोजित वार्षिक समीक्षा कार्यक्रममा यस ज्योति नेपाल संस्थाका अध्यक्षज्यूले संस्थाले आर्थिक वर्षभरि सञ्चालन गरेका कार्यक्रम, हासिल भएका प्रमुख उपलब्धिहरू तथा समग्र प्रगति विवरण प्रस्तुत गर्नुभएको छ। स्थानीय सरकारसँगको समन्वय, सहकार्य र साझेदारीमार्फत समुदायको समग्र विकास, मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण, सुरक्षित आप्रवासन, बाल संरक्षण तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा संस्था सदैव प्रतिबद्ध छ ।

We continued working closely with the local community by building positive relationships, encouraging active participati...
13/07/2026

We continued working closely with the local community by building positive relationships, encouraging active participation, and collaborating to address community needs. Through these efforts, we strengthened cooperation and promoted sustainable community development.

संयुक्त प्रयास, मानवताको लागि प्रतिबद्धता ।नेपाल–भारतका सम्बन्धित सुरक्षा निकाय तथा ज्योति सामुदायिक विकास सेवा नेपाल (ज...
30/06/2026

संयुक्त प्रयास, मानवताको लागि प्रतिबद्धता ।
नेपाल–भारतका सम्बन्धित सुरक्षा निकाय तथा ज्योति सामुदायिक विकास सेवा नेपाल (ज्योति नेपाल) बीचको प्रभावकारी समन्वय र सहकार्यबाट एक बालिकाको सफल उद्धार तथा सुरक्षित स्वदेश फिर्ता सम्पन्न भएको छ। ज्योति सामुदायिक विकास सेवा नेपाल मानव बेचबिखन नियन्त्रण, पीडित संरक्षण तथा सुरक्षित पुनर्स्थापनाका कार्यमा निरन्तर प्रतिबद्ध रहेको छ।

मकवानपुर जिल्ला, राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित, ज्योति सामुदायिक विकास सेवा नेपाल अन्तर्गत नमुना महिला समूहका स...
23/06/2026

मकवानपुर जिल्ला, राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित, ज्योति सामुदायिक विकास सेवा नेपाल अन्तर्गत नमुना महिला समूहका सदस्यहरूले बोट बिरुवाको संरक्षण गर्दै, यस्तो कार्यक्रमले वातावरण स्वच्छ बनाउँछ र जमिनलाई पहिरोबाट जोगाउन सकिन्छ।

गणतन्त्र दिवसको हार्दिक शुभकामना !!
28/05/2026

गणतन्त्र दिवसको हार्दिक शुभकामना !!

Three-Day Capacity Building Training in the Community
27/05/2026

Three-Day Capacity Building Training in the Community

20/04/2026
14/04/2026

Address

Bharatput/11
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when JCDS Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to JCDS Nepal:

Shortcuts

Share

Category