यातायात व्यवस्था कार्यालय, भरतपुर

  • Home
  • Nepal
  • Bharatpur
  • यातायात व्यवस्था कार्यालय, भरतपुर

यातायात व्यवस्था कार्यालय, भरतपुर We Provide Most Of The Government Service Related To Transport Management
(5)

26/08/2026
( Smart Card ) वितरण सम्बन्धि सुचना !!!(नोट: नविकरण मिति एक वर्ष भन्दा कम मात्रै बाँकी रहेका लाईसेन्सहरुको स्मार्ट कार्ड...
21/08/2026

( Smart Card ) वितरण सम्बन्धि सुचना !!!
(नोट: नविकरण मिति एक वर्ष भन्दा कम मात्रै बाँकी रहेका लाईसेन्सहरुको स्मार्ट कार्ड भने छ्पाई भएका छैनन् ।)

पुरानो प्रणालीअन्तर्गत ट्रायल परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण आवेदकहरूले Application Tracking मार्फत आफ्नो आवेदनको अ...
18/08/2026

पुरानो प्रणालीअन्तर्गत ट्रायल परीक्षा उत्तीर्ण गर्नुभएका सम्पूर्ण आवेदकहरूले Application Tracking मार्फत आफ्नो आवेदनको अवस्था (Status) सही अवस्थामा पुगेपछि अगाडिको प्रक्रियाका लागि आवेदन दिई राजस्व भुक्तानी गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।

सेवाग्राही तथा सरोकारवालाज्यु हरुलाई जानकारी सम्बन्धमा |
06/08/2026

सेवाग्राही तथा सरोकारवालाज्यु हरुलाई जानकारी सम्बन्धमा |

नयाँ प्रणालीमा अझै केही समस्याहरु देखिइरहेका छन् । यीनीहरुको समाधानका निम्ति प्रदेश मन्त्रालय तथा यातायात व्यवस्था विभाग...
04/08/2026

नयाँ प्रणालीमा अझै केही समस्याहरु देखिइरहेका छन् । यीनीहरुको समाधानका निम्ति प्रदेश मन्त्रालय तथा यातायात व्यवस्था विभागलाई जानकारी गराइ सहकार्य गरिरहेका छौँ ।

कार्यालयमा अनलाईन आवेदनहरु प्राप्त भएका छन् र तीनको Verification र Approval गर्ने तयारी मा कार्यालय छ । प्रणालीले सही रुपमा काम गर्न थालेपछि नविकरण, प्रतिलिपी, नयाँ तथा वर्गथप, रिट्रायल परीक्षा लगायत सबै सेवाहरु सूचारु हुन थाल्नेछन् । आशा छ विभागले छिटै यी समस्याहरु समाधान गरेर सहज सेवाप्रवाह गर्न मिल्ने बनाउनेछ ।

• राजस्व calculation मा गडबडी छ ।
• License Number generation मा समस्या छ ।
• परीक्षार्थीहरुको सहि अवस्था पत्ता लगाएर सिस्टम अघि बढ्न सकेको छैन ।
• राजस्व तिरेको छैन तर application tracking गर्दा लाइसेन्स जारी भइसक्यो भन्ने देखिएको छ।
• Renew को medical, office approve नहुँदै सबै complete देखाएर payment गर भन्ने सन्देश देखिन्छ ।
• निश्चित वर्गको फाराम भर्न योग्य हुँदा पनि अवधि नपुगेको देखाएको छ
• Trial Pass को Online Payment गर्न जाँदा New form मा पुर्‍याईदिएको छ ।
• System ले ५ महिनाभन्दा बढी अवधि बाँकी रहेकोले renew गर्न मिल्दैन भन्ने देखाएको छ ।
• कर्मचारीहरुको तालिम, सेवाग्राहीहरुको ट्यूटोरियल तथा कार्यालयको म्यानुवल उपलब्ध भईसकेको छैन ।

सिस्टम साउन १ गते देखिनै लागु छ तर सहज रुपमा काम गर्न सकिएको छैन । थुप्रै Error हरु आइरहेकोले सेवाग्राहीहरु पनि अन्यौलमा हुनुहुन्छ र कार्यालयमा हामी पनि असमान्जस्य स्थितिथिमा छौँ ।

साउन १ गते बाट अहिले सम्म आइपुग्दा धेरै सुधारहरु भएका पनि छन् । अनलाईन पेमेन्ट गर्न मिल्ने भएको छ । पास भएर पेमेन्ट गरेपछि डिजिटल लाइसेन्स आउने भएको छ । थोरै मात्र डाक्टरहरु सक्रिय भएता पनि केही सेवाग्राहीहरुले मेडिकल सकाएर कार्यालय एप्रुभलको लागि पठाउनु भएको छ । पुरानो सिस्टमबाट लिखित, ट्रायल परीक्षा दिनुभएका सेवाग्राहीहरु नयाँ प्रणालीमा देखिन थालेको छ (केही सेवाग्राहीहरुको स्टेप मिलेको छैन) । अब छिटै हामी नविकरण / प्रतिलिपीका आवेदनहरुलाई भेरिफाई गर्दै यो सेवालाई सूचारु गर्ने चरणमा छौँ । त्यसपछि क्रमशः अन्य सेवाहरु पनि सूचारु हुँदै जानेछन् ।

हाल नेपाल सरकारले सवारीचालक अनुमतिपत्र सम्बन्धी नयाँ प्रणाली लागू गरेको  छ।नयाँ प्रणाली अन्तर्गत सेवा लिनका लागि तल दिइए...
30/07/2026

हाल नेपाल सरकारले सवारीचालक अनुमतिपत्र सम्बन्धी नयाँ प्रणाली लागू गरेको छ।
नयाँ प्रणाली अन्तर्गत सेवा लिनका लागि तल दिइएको लिङ्क प्रयोग गर्नुहुन जानकारी गराइन्छ ।
हाल नयाँ प्रणाली सुरुवाती चरणमा रहेकोले सामान्य त्रुटिहरु देखा परिरहेको र देखिएका त्रुटिहरु समाधान कार्य भैरहेको व्यहोरा समेत जानकारी गराइन्छ ।

Access Electronic Driving License (EDL) and Vehicle Registration System (VRS) services online.

29/07/2026

कार्यालयबाट राजश्व लिन मिलेको छैन । अहिले भुक्तानी गर्ने अनलाईनबाट मात्र हो ।

अनलाईनमा OTP प्राप्त नहुने र EBP Number जेनेरेट नहुने समस्या आइरहेको छ र यो विषय हामीले विभागमा Developer Team लाई जानकारी गराइसकेका छौँ ।

आफ्नो Application Tracking गर्दा अनलाईन सिस्टमले सही step देखायो भने मात्र भुक्तानी गर्नुहोला । नत्र केहिसमय पर्खनुहोस् । पुरानो सर्भरबाट नयाँमा डाटा सर्दैगरेको हुन सक्छ ।

ट्रायल पास भएका सेवाग्राहीहरुको पनि अनलाईनले ट्रायल परीक्षाको लागि राजश्व तिर्न भनेर देखाइरहेको छ । यो समस्या पनि जानकारी गराइसकिएको छ ।

केही समय धैर्‍य गरौँ र अनलाईनले सही stage देखाएको भए मात्र अगाडि बढ्नुहोला ।

Address

Chitwan
Bharatpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when यातायात व्यवस्था कार्यालय, भरतपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to यातायात व्यवस्था कार्यालय, भरतपुर:

Shortcuts

Share