भरतपुर वितरण केन्द्र

भरतपुर वितरण केन्द्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भरतपुर वितरण केन्द्र, Syauli Bazar, Bharatpur.

विजुली दिने संस्था
लाइन नहुनासाथ ११५० डायल गरि ८ थिच्नुहोस् , भरतपुर अन्तर्गतको यो ठाउमा यस्तो समस्या छ भनेर कम्प्लेन दर्ता गराउनुहोस् । केही समयमै बिजुली बल्छ । chitwan jilla lai ahile kendriya star bat nepal ma sabai bhanda chuwahat badhi hune jilla bhanera sabaile chiniraheka chhan, nepal ko janatalai hami yo chuwahat swo star bat nai ghatai, namuna jilla banauna chahanchhau, so kasaile pani ch

uwahat nagaridinu hola, hami kohi pani monthly rs five hundred tirna nasakne aawasthama chahi pakkai chhainau

⚡ विद्युत् सेवा अवरुद्ध रहने सम्बन्धी सूचनानेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्र अन्तर्गत पोखरा–भरतपुर वितरण प्...
05/09/2026

⚡ विद्युत् सेवा अवरुद्ध रहने सम्बन्धी सूचना
नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्र अन्तर्गत पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना मार्फत वितरण लाइन सुधार तथा सुदृढीकरणसम्बन्धी आवश्यक प्राविधिक कार्यहरू गर्नुपर्ने भएकाले मिति 2083/05/21 गते, आइतबार देहायबमोजिमका फिडर तथा लाइनहरूबाट आपूर्ति हुने विद्युत् सेवा तोकिएको समयमा अस्थायी रूपमा अवरुद्ध रहने व्यहोरा सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराइन्छ।

🔹१. ११ केभी न्यू फिडर तथा भृकुटी फिडर
समय: दिउँसो 2:00 बजेदेखि 5:00 बजेसम्म

कार्य विवरण:
भाटभटेनी, कल्भर्ट, नहर साइड तथा नेपाल पोलिटेक्निक कलेज आसपासको क्षेत्रमा आयोजनाले निर्माण गरेको नारायणघाट ‘बी’ फिडरबाट ट्याप गरी न्यू फिडरलाई चार्ज गर्ने कार्य ।

प्रभावित क्षेत्रहरू:
भरतपुर महानगरपालिका अन्तर्गत वडा नं. २, ३, ४, ५ तथा १६ का बेलचोक, लकूं पुल, कमलनगर, न्यू रोड, नगरवन, रामघाट, शिवघाट, नौघरे, बाह्घरे, लक्ष्मीपुर, फुर्तीचोक, घोडापालन, वैकुण्ठचोक, खोरे टोल, धारापानीचोक, आदर्शचोक, टाइगरचोक, शान्तिचोक, विशालचोक लगायत आसपासका क्षेत्रहरू।

🔹 २. ११ केभी क्षेत्रपुर फिडर
समय: बिहान 8:30 बजेदेखि 9:00 बजेसम्म

कार्य विवरण:
आँपटारीस्थित आयोजनाले निर्माण गरेको नारायणघाट ‘बी’ फिडरलाई नो–लोड अवस्थामा चार्ज गर्ने कार्य।

प्रभावित क्षेत्रहरू:
भरतपुर महानगरपालिका वडा नं. १, २ र ३ अन्तर्गत लायन्सचोक, सहिद चोक, बेलचोक, पुलचोक, उद्योग संघ क्षेत्र, लीलाचोक, पुतलीबजार, बालकुमारी कलेज लगायत आसपासका क्षेत्रहरू।

🔹 ३. ११ केभी भरतपुर–१ फिडर तथा गैँडाकोट ‘ए’ फिडरअन्तर्गतका LT लाइनहरू
समय: बिहान 9:00 बजेदेखि 12:00 बजेसम्म

कार्य विवरण:
रिजालचोक तथा बुद्ध गुम्बाको अपोजिट गणेशस्थानचोकस्थित विद्यमान LT लाइन सटडाउन गरी आयोजनाले निर्माण गरेको भूमिगत केबलमार्फत LT विद्युत् आपूर्ति सञ्चालन गर्ने कार्य गरिनेछ।

प्रभावित क्षेत्रहरू:
रिजालचोक, बुद्ध गुम्बा, गणेशस्थानचोक लगायत आसपासका क्षेत्रहरू।

तोकिएको समयअगावै कार्य सम्पन्न भएमा विद्युत् लाइन सोभन्दा अगावै पुनः सञ्चालन गर्न सकिनेछ।

यसबाट उपभोक्ता वर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्र क्षमाप्रार्थी छ।

नेपाल विद्युत् प्राधिकरण
भरतपुर वितरण केन्द्र

05/09/2026
विद्युत् आपूर्ति अवरुद्ध हुने सूचनाभोलि मिति २०८३/०५/२१ गते आइतबार भरतपुर वितरण केन्द्रअन्तर्गत विभिन्न स्थानमा बुस कटिङ...
05/09/2026

विद्युत् आपूर्ति अवरुद्ध हुने सूचना

भोलि मिति २०८३/०५/२१ गते आइतबार भरतपुर वितरण केन्द्रअन्तर्गत विभिन्न स्थानमा बुस कटिङ (Bush Cutting) , रुखको हान्गा कटान कार्य सञ्चालन गरिने भएकाले निम्नानुसार स्थान र समयमा विद्युत् आपूर्ति अवरुद्ध रहने जानकारी गराइन्छ।

१. ११ के भि रामेश्वोर र मौलाकालिका फिडर (आपटारी क्षेत्र):
भरतपुर महानगरपालिका–१ अन्तर्गत आपटारी चोक देखि देवघाट जाने बाटो तथा देवघाट प्रहरी चौकि, खानेपानी , देवघाट पुल वारि र सो आसपासका क्षेत्रमा
समय: बिहान ८:३० बजेदेखि दिउँसो १२:३० बजेसम्म (करिव ४ घन्टा)

२. ११ के भि देवघाट र रामेश्वोर फिडर:
भरतपुर महानगरपालिका–१ र २९ अन्तर्गत आपटारि चोकदेखि रामनगर बजार सम्म
समय: दिउसो १:०० बजेदेखि दिउँसो ४:०० (करिव ४ घन्टा)

निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति निर्धारित समयअघि नै सुचारु गरिनेछ।

यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं।

भरतपुर वितरण केन्द्र , चितवन

05/09/2026
04/09/2026

विद्युत सेवा अवरुद्ध हुने सूचना

चितवन, भदौ २० — नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले मिति २०८३ साल भाद्र २० गते शनिबार विभिन्न स्थानमा जीर्ण ११ केभी पोल बदली कार्य गरिने भएकाले सम्बन्धित क्षेत्रमा विद्युत सेवा अस्थायी रूपमा अवरुद्ध हुने जनाएको छ।

वितरण केन्द्रका अनुसार भरतपुर महानगरपालिका–४ स्थित चाणक्य चोकमा रहेको एक थान जीर्ण ११ केभी पोल बदली गर्नुपर्ने भएकाले बिहान ९ः०० बजेदेखि १०ः३० बजेसम्म भृकुटी फिडर अन्तर्गतको विद्युत सेवा अवरुद्ध रहनेछ। यस अवधिमा चाणक्य चोक, आनन्द चोक, विशाल चोक, कालु गुरुङ प्लटिङ, अद्धै चोक तथा आसपासका क्षेत्रमा विद्युत सेवा प्रभावित हुनेछ।

त्यसैगरी, भरतपुर महानगरपालिका–४ लक्ष्मी मावि अगाडि रहेको एक थान ११ केभी पोल पूर्ण रूपमा बदली गर्नुपर्ने भएकाले नौलोफुट तथा आसपासका क्षेत्रमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म विद्युत सेवा अवरुद्ध रहनेछ।

यस्तै, भरतपुर महानगरपालिका–११ स्थित पुरानो वडा कार्यालय अगाडि रहेको एक थान ११ केभी पोल बदली कार्यका लागि दिउँसो २ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म विद्युत सेवा अवरुद्ध गरिनेछ। यसबाट पोलिटेक्निक क्षेत्र, भोजाड, गाईखर्क लगायत आसपासका क्षेत्र प्रभावित हुनेछन्।

भरतपुर वितरण केन्द्रले निर्धारित समयभन्दा अगावै मर्मत तथा पोल बदली कार्य सम्पन्न भएमा विद्युत सेवा तत्काल पुनः सञ्चालन गरिने जनाएको छ। साथै, सेवाग्राहीहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ।

⚡ विद्युत् सेवा अवरुद्ध रहने सम्बन्धी सूचनानेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्र अन्तर्गत पोखरा–भरतपुर वितरण प्...
04/09/2026

⚡ विद्युत् सेवा अवरुद्ध रहने सम्बन्धी सूचना
नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्र अन्तर्गत पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना मार्फत विद्युत् वितरण प्रणाली सुधार तथा सुदृढीकरणसम्बन्धी प्राविधिक कार्य गर्नुपर्ने भएकाले मिति २०८३/०५/२० गते शनिबार देहायबमोजिमका फिडर तथा लाइनहरू निर्धारित समयका लागि बन्द (Shutdown) रहने व्यहोरा सम्पूर्ण उपभोक्तावर्गमा जानकारी गराइन्छ।

🔴 १. ११ के.भी. क्षेत्रपुर फिडर तथा भृकुटी फिडर
समय: बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म

कार्य विवरण:
आँपटारी चोक तथा प्रहरी तालिम केन्द्रको तल्लोपट्टि, देउती टोलस्थित आयोजनाले निर्माण गरेको भृकुटी ‘A’ फिडरबाट ट्यापिङ गरी क्षेत्रपुर फिडरलाई चार्ज गर्ने कार्य गरिनेछ।

प्रभावित क्षेत्रहरू:
भरतपुर महानगरपालिका वडा नं. १, २, ३, ४ र ५अन्तर्गतका लायन्स चोक, शहीद चोक, बेलचोक, पुलचोक, उद्योग संघ, लिला चोक, पुतली बजार, बालकुमारी कलेज, घोडा पालन, बैकुण्ठ चोक, खोरे टोल, धारापानी चोक, आँपटारी चोक, टाइगर चोक, शान्ति चोक, विशाल चोक लगायत आसपासका क्षेत्रहरू।

🔴 २. ११ के.भी. गैँडाकोट ‘A’ फिडर अन्तर्गतको LT लाइन
समय: दिउँसो ३:०० बजेदेखि ५:०० बजेसम्म

कार्य विवरण:
साझा पेट्रोल पम्पको विपरीत राधाकृष्ण टोल तथा बुद्ध गुम्बाको विपरीत गणेशस्थान चोकस्थित LT लाइनमा सटडाउन गरी आयोजनाले निर्माण गरेको भूमिगत केबलमार्फत LT विद्युत् आपूर्ति सञ्चालन गर्ने कार्य गरिनेछ।

प्रभावित क्षेत्रहरू:
साझा पेट्रोल पम्प, राधाकृष्ण टोल, बुद्ध गुम्बा, गणेशस्थान चोक लगायत आसपासका क्षेत्रहरू।

तोकिएको समयअगावै कार्य सम्पन्न भएमा विद्युत् लाइन सोभन्दा अगावै पुनः सञ्चालन गर्न सकिनेछ।

उक्त कार्यका कारण सम्बन्धित उपभोक्तावर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्र क्षमाप्रार्थी छ।

नेपाल विद्युत् प्राधिकरण
भरतपुर वितरण केन्द्र

04/09/2026

भरतपुर ११ बाईपास रोड नहर चोकमा ३३ के भि चनौलि तथा देबनगर लाईनको तल केबल नेटको तारमा आगोलागि हुदै।

04/09/2026

१३२ के.भि केन्द्रिय प्रशारण लाइन अबरुद्धका कारण सम्पुर्ण क्षेत्रहरुमा विद्युत सेवा अबरुद्ध रहेको छ ।

सामन्यतय केन्द्रिय प्रशारण लाइन अबरुद्ध भइ पुन सुचारु हुन करिब ३० देखि ४५ मिनेटको समय लाग्ने हुन्छ, तसर्थ केही समय धैर्य गरिदिनुहुन अनुरोध छ। @12:32.

⚡ विद्युत् सेवा अवरुद्ध रहने सम्बन्धी सूचनानेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्र अन्तर्गत पोखरा–भरतपुर वितरण ला...
04/09/2026

⚡ विद्युत् सेवा अवरुद्ध रहने सम्बन्धी सूचना
नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्र अन्तर्गत पोखरा–भरतपुर वितरण लाइन शुद्धीकरण योजना मार्फत ११ केभी गैँडाकोट ‘ए’ फिडरको LT लाइन तथा भरतपुर ‘१’ फिडरको LT लाइन अन्तर्गत भूमिगत केबलमार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने कार्य गर्नुपर्ने भएकाले आज मिती :-२०८३/०५/१९ गते देहायका स्थानमा विद्युत् सेवा अस्थायी रूपमा अवरुद्ध रहने व्यहोरा सम्बन्धित उपभोक्ताहरूमा जानकारी गराइन्छ।

📍 १. दुर्गा मन्दिर अगाडि
समय: बिहान १०:४५ बजेदेखि ११:४५ बजेसम्म

प्रभावित स्थान: दुर्गा मन्दिर अगाडि रहेको ट्रान्सफर्मरबाट सप्लाई भएका क्षेत्रहरू

कार्य विवरण: LT लाइनमा आयोजनामार्फत निर्माण गरिएको भूमिगत केबलबाट LT विद्युत् आपूर्ति सञ्चालन गर्ने कार्य।

📍 २. आँपटारी बुट क्लब नजिक र रिजाल चोक
समय: दिउँसो ३:०० बजेदेखि ५:०० बजेसम्म

प्रभावित स्थान:
* आँपटारी बुट क्लब नजिक रहेको ट्रान्सफर्मर बाट सप्लाई भएका क्षेत्रहरू
* रिजाल चोकस्थित ट्रान्सफर्मरबाट सप्लाई भएका क्षेत्रहरू

कार्य विवरण: एलटी साइडमा आयोजनामार्फत निर्माण गरिएको भूमिगत केबलबाट एलटी विद्युत् आपूर्ति सञ्चालन गर्ने कार्य।

उल्लिखित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा सम्बन्धित क्षेत्रमा सोहीअनुसार विद्युत् सेवा चाँडै पुनः सञ्चालन गरिनेछ।

उक्त कार्यका क्रममा विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता वर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्र हार्दिक क्षमाप्रार्थी छ।

नेपाल विद्युत् प्राधिकरण
भरतपुर वितरण केन्द्र

Address

Syauli Bazar
Bharatpur

Alerts

Be the first to know and let us send you an email when भरतपुर वितरण केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to भरतपुर वितरण केन्द्र:

Shortcuts

Share