District Police Office, Chitwan

District Police Office, Chitwan Welcome To District Police Office, Chitwan Official page, For Emergencies, Dial 100 For Police Support .
(2)

यो जिल्ला प्रहरी कार्यालय चितवनको आधिकारिक फेसबुक पृष्ठ हो । चितवन प्रहरीसँग सम्बन्धित यहाँहरुको उजुरी, गुनासो वा सुझावहरु केही भएमा सन्देश मार्फत पठाउन सक्नुहुनेछ । हामी यहाँहरुको उजुरी, गुनासो वा सुझावहरुलाई गम्भिरतापुर्वक लिई कार्यान्वयन गर्नेछौं । तर अमर्यादित भाषा वा शब्द स्वीकार्य हुने छैन, यसरी कसैबाट अमर्यादित भाषा वा शब्द प्रयोग गरी सन्देश, पोष्ट वा कमेण्ट भएको पाईएमा कानून बमोजिम कारवाही हुनेछ ।

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपु...
01/09/2026

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सेवा ईकाइ चितवन र जनस्वास्थ्य कार्यालय भरतपुर चितवनको सहयोगमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० स्थितमा रहेको चितवन उधोग संघको परिसरमा विहान ०९.०० बजेदेखि १७.०० बजे सम्म भोटेकोशी नदीमा आएको बाढीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानको लागि First Degree Relation (बुबा,आमा,छोरा,छोरी) मध्ये कुनै एक जनाबाट DNA परीक्षणको लागि नमुना सङ्कलन कार्य गरिरहेको व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ।
नोट: DNA नमुना दिन आउनु हुने व्यक्तिहरुले आफ्नो पहिचान खुल्ने कागजात र दुई प्रति पासपोर्ट साईजको फोटो समेत लिई आउनु हुन अनुरोध गरिएको छ।

लागू औषध ट्रामाडोल सहित एक जना पक्राउ ।
01/09/2026

लागू औषध ट्रामाडोल सहित एक जना पक्राउ ।

30/08/2026

सूचना सूचना सूचना
विषय :- बाटो अबरुद्ध सम्बन्धी ।
मिति २०८३/०५/१४ गते धादिङको को बेनिघाट रोराङ् गा.पा.०७ कृष्णभीरमा बाढिको कारणले बाटो भासिएकाले बाटो दुई तर्फी अवरोध भएकोले नारायणघाटबाट काठमाण्डौं जाने र आउने सबै किसीमका सवारी साधनहरु अर्को सूचना प्रकाशीत नभएसम्मको लागि बाटो पूर्णरुपमा बन्द रहेको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध गरिएको छ ।
👉 कृपया जोखिमयुक्त स्थानमा नबस्नुहोस्।
👉 सम्बन्धित निकायको निर्देशन पालना गर्नुहोस्।
👉 आफ्नो तथा परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोस्।

सतर्क रहौँ, सुरक्षित रहौँ। 🙏

30/08/2026

सूचना सूचना सूचना
*****
मिति २०८३।०५।१४ गते रसुवाबाट पून बाढी पहिरो आएको सूचना प्राप्त अनुसार नारायणघाट देखी पोखरा, मुग्लिङ, काठमाण्डौं जाने र आउने सबै किसिमका रोकिएको सवारी साधनहरुको आवगमन पूर्णरुपमा सुचारु भएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध गरिएको छ ।

👉 कृपया जोखिमयुक्त स्थानमा नबस्नुहोस्।
👉 सम्बन्धित निकायको निर्देशन पालना गर्नुहोस्।
👉 आफ्नो तथा परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोस्।

29/08/2026

सूचना सूचना सूचना
*****
मिति २०८३।०५।१४ गते रसुवाबाट पून बाढी पहिरो आएको सूचना प्राप्त अनुसार बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै नदी जन्य तटीय क्षेत्रका सम्पूर्ण बासिन्दाहरूलाई सतर्क रहन अनुरोध गरिएको छ । साथै नारायणघाट देखी पोखरा, मुग्लिङ, काठमाण्डौं जाने र आउने सबै किसिमका सवारी साधनहरु अर्को सूचना प्रकाशीत नभएसम्मको लागि बाटो पूर्णरुपमा बन्द रहेको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध गरिएको छ ।

👉 कृपया जोखिमयुक्त स्थानमा नबस्नुहोस्।
👉 सम्बन्धित निकायको निर्देशन पालना गर्नुहोस्।
👉 आफ्नो तथा परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोस्।

सतर्क रहौँ, सुरक्षित रहौँ। 🙏

28/08/2026

रसुवा जिल्ला भोटेकोशीमा आएको बाढीबाट प्रभावित “पहिचान नखुलेको तथा बेवारिसे शव” सम्बन्धी विवरणहरुका लागि दिएको लिंकमा क्लिक गरी हेर्न सक्नुहुन्छ ।

26/08/2026

तत्काल सुरक्षा सूचना
*************
बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै नारायणी तटीय क्षेत्रका सम्पूर्ण बासिन्दाहरूलाई सतर्क रहन अनुरोध गरिएको छ।

सम्बन्धित बासिन्दाहरूलाई SMS तथा कलमार्फत तत्काल जानकारी गराई सुरक्षित स्थानमा स्थानान्तरण हुन अलर्ट गरिएको छ।

👉 कृपया जोखिमयुक्त स्थानमा नबस्नुहोस्।
👉 सम्बन्धित निकायको निर्देशन पालना गर्नुहोस्।
👉 आफ्नो तथा परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिनुहोस्।

सतर्क रहौँ, सुरक्षित रहौँ। 🙏

लागू औषध गाँजा सहित मानिसहरू पक्राउ।
25/08/2026

लागू औषध गाँजा सहित मानिसहरू पक्राउ।

25/08/2026
सचेतनामुलक कार्यक्रम सम्पन्न===================‍=मिति २०८३।०४।०५ गते जिल्ला प्रहरी कार्यालय चितवनको आयोजना तथा एसओएस बाल...
21/08/2026

सचेतनामुलक कार्यक्रम सम्पन्न
===================‍=

मिति २०८३।०४।०५ गते जिल्ला प्रहरी कार्यालय चितवनको आयोजना तथा एसओएस बालग्राम भरतपुर चितवन एवंम भरतपुर महानगरपालिका वडा नं. ५ को संयुक्त सहकार्यमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ५ स्थित ५ नं. वडा कार्यालयको सभाहलमा श्री राष्ट्रिय तोरीखेत माध्यामिक बिद्यालयका कक्षा ७, ८ र ९ का विद्यार्थिहरुलाई यस काकर्यालयका प्रहरी निरीक्षक खगेन्द्र अधिकारीद्वारा “साईबर सुरक्षा सम्बन्धी जनचेतनामुलक प्रशिक्षण कार्यक्रम” सम्पन्न भएको छ ।
कार्यक्रममा ५ नं. वडा कार्यालयका वडा अध्यक्ष बिशाल बाबु तिमल्सेनाज्यू, एसोयस बालग्रामका निर्देशक राजेन्द्र लम्सालज्यू, एसोएसका पदाधिकारीहरू, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुनिता श्रेष्ठज्यू, विद्यालयका शिक्षक शिक्षिकाहरु र विद्यार्थीहरू गरी १०८ जनाको उपस्थिति रहेको थियो ।

Address

Bharatpur Metropolitan-10, Bagamati Province
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when District Police Office, Chitwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office, Chitwan:

Shortcuts

Share