Taumadhi Youth Club

Taumadhi Youth Club "Dedicated to the Development of Self-esteem and Self-reliance of the Youths"
Taumadhi Youth Club

बैठक सम्बन्धी सूचना...      टौमढी यूथ क्लबको विशेष तथा अत्यावश्यक (साधारण सभा सम्बन्धी) बैठक निम्न उल्लेखित मिति, समय र ...
04/08/2026

बैठक सम्बन्धी सूचना...
टौमढी यूथ क्लबको विशेष तथा अत्यावश्यक (साधारण सभा सम्बन्धी) बैठक निम्न उल्लेखित मिति, समय र स्थानमा आयोजना गरिएको हुँदा क्लबका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित भई बैठकलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौं।
यस बैठकमा साधारण सभाको तयारी, क्लबका वर्तमान गतिविधिको समीक्षा, आगामी कार्यक्रमहरू, भावी कार्ययोजना तथा क्लबको समग्र विकास र व्यवस्थापन सम्बन्धी महत्वपूर्ण विषयहरूमा छलफल गरी आवश्यक निर्णयहरू गरिने भएकाले सबैको उपस्थितिलाई विशेष महत्वका साथ लिइएको छ।
तसर्थ, सम्पूर्ण पदाधिकारी एवं सदस्यज्यूहरूलाई तोकिएको समयमै उपस्थित भई आफ्नो महत्वपूर्ण सुझाव, सल्लाह तथा सक्रिय सहभागिता जनाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

रबिन्द्र कुमार श्रेष्ठ
सचिव
टौमढी युथ क्लब , परिवार

यस टौमढी युथ क्लबका सचिब श्री रबीन्द्र श्रेष्ठ ज्यूको ममतामही माता ( स्व.गीता श्रेष्ठ ) को असामहिक निधन भएको दु:खद खबरले...
15/04/2026

यस टौमढी युथ क्लबका सचिब श्री रबीन्द्र श्रेष्ठ ज्यूको ममतामही माता ( स्व.गीता श्रेष्ठ ) को असामहिक निधन भएको दु:खद खबरले हामी सम्पुर्ण टौमढी युथ क्लब परिवार मर्माहित भएका छौं । मुमा ८२ औं बर्षको उमेरमा भौत्तिक संसारबाट अध्यात्मिक संसारमा लिन हुनु भएकोले वहाँको आत्माको चीरशान्तिको कामना गर्दै बैकुण्ठबाँस होस भनी हार्दिक श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी भगवान श्री पशुपति नाथ सँग प्रार्थना गर्दछौं ।
अध्यक्ष
शिवराम भुजु
तथा
टौमढी युथ क्लब, परिवार

......टौमढीमा चौथो दिन पनि निरन्तर रक्तदान.......भक्तपुर नगरपालिका वडा नं. ५, टौमढीमा टौमढी युथ क्लवद्वारा सञ्चालनमा ल्य...
12/02/2026

......टौमढीमा चौथो दिन पनि निरन्तर रक्तदान.......
भक्तपुर नगरपालिका वडा नं. ५, टौमढीमा टौमढी युथ क्लवद्वारा सञ्चालनमा ल्याइएको दैनिक रक्त संकलन केन्द्रमा चौथो दिन पनि उल्लेखनीय सहभागितासहित रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी, भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालित केन्द्रमा स्थानीय नागरिक तथा युवाहरूले उत्साहपूर्वक रक्तदान गरेका छन्। क्लवका अनुसार केन्द्र सञ्चालनसँगै समुदायमा रक्तदानप्रति जागरुकता र सहभागिता क्रमशः बढ्दै गएको छ।
श्री शिबराम भुजु
अध्यक्ष
टौमढी युथ क्लव, परिवार

टौमढीको दैनिक रक्त संकलन केन्द्रमा दोस्रो दिन पनि उत्साह....           टौमढी युथ क्लवद्वारा भक्तपुर नगरपालिका वडा नं. ५,...
10/02/2026

टौमढीको दैनिक रक्त संकलन केन्द्रमा दोस्रो दिन पनि उत्साह....
टौमढी युथ क्लवद्वारा भक्तपुर नगरपालिका वडा नं. ५, टौमढीमा सञ्चालनमा ल्याइएको दैनिक रक्त संकलन केन्द्रको दोस्रो दिन पनि उत्साहजनक रूपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्थानीय बासिन्दा तथा युवाहरूको उल्लेखनीय सहभागितामा सुरक्षित रूपमा रक्त संकलन गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी, भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको केन्द्रबाट समुदायमा रक्तदानप्रति जनचेतना बढ्दै गएको महसुस भएको छ।
श्री शिबराम भुजु
अध्यक्ष
टौमढी युथ क्लव, परिवार

टौमढीमा दैनिक रक्त संकलन केन्द्र सञ्चालनमा...       बढ्दो रगत तथा रक्ततत्वको मागलाई ध्यानमा राख्दै टौमढी युथ क्लवले भक्त...
09/02/2026

टौमढीमा दैनिक रक्त संकलन केन्द्र सञ्चालनमा...
बढ्दो रगत तथा रक्ततत्वको मागलाई ध्यानमा राख्दै टौमढी युथ क्लवले भक्तपुर नगरपालिका वडा नं. ५, टौमढीमा दैनिक रक्त संकलन केन्द्र सञ्चालनमा ल्याएको छ। केन्द्रको उद्घाटन भ न पा वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छे ज्युले गर्नुभएको हो।
नेपाल रेडक्रस सोसाइटी, भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा सञ्चालनमा आएको उक्त केन्द्रले सुरक्षित र व्यवस्थित रूपमा रक्त संकलन गर्नेछ। उद्घाटन कार्यक्रममा वडा अध्यक्ष बिजुक्छेले रक्तदान मानव जीवन बचाउने महान कार्य भएको बताउँदै स्थानीय बासिन्दा तथा युवाहरूलाई नियमित रक्तदान गर्न आग्रह गर्नुभयो।
क्लवले यस केन्द्रबाट समुदायमा रक्तदानप्रति जनचेतना वृद्धि हुने विश्वास लिएको छ ।
श्री शिबराम भुजु
अध्यक्ष
टौमढी युथ क्लव , परिवार

🔴 रक्तदान = जीवनदान 🔴बढ्दो रक्त तथा रक्ततत्वको मागलाई मध्यनजर गर्दै—आफ्नो अमूल्य जन्मदिनको अवसरलाई अझ अर्थपूर्ण बनाउँदै ...
08/02/2026

🔴 रक्तदान = जीवनदान 🔴

बढ्दो रक्त तथा रक्ततत्वको मागलाई मध्यनजर गर्दै—

आफ्नो अमूल्य जन्मदिनको अवसरलाई अझ अर्थपूर्ण बनाउँदै रक्तदान गरेर शुभारम्भ गरौँ।

🩸 दैनिक रक्त संकलन केन्द्र 🩸

⏰ समय: बिहान ७:०० बजे देखि ११:०० बजे सम्म
📍 स्थान: तौमढीस्थित भैरव मन्दिर जाने बाटोको पाटि ,
भ.न.पा.–५, तौमढी

रक्तदान महादान हो। तपाईंको एक थोपा रगतले कसैको जीवन बच्न सक्छ।
सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई रक्तदान गर्न हार्दिक अनुरोध गर्दछौँ।

🔹 आयोजक: तौमढी युथ क्लब
🔹 प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी, भक्तपुर जिल्ला

श्री शिवराम भुजु
अध्यक्ष
तौमढी युथ क्लब

हाम्रो टौमढी युथ क्लबको स्थापना कालदेखि निरन्तर साथ, सहयोग र मार्गदर्शन प्रदान गर्दै क्लबलाई अघि बढाउन महत्वपूर्ण योगदान...
21/12/2025

हाम्रो टौमढी युथ क्लबको स्थापना कालदेखि निरन्तर साथ, सहयोग र मार्गदर्शन प्रदान गर्दै क्लबलाई अघि बढाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनु भएका, इमानदार, लगनशील, कर्तव्यनिष्ठ तथा सदैव सकारात्मक ऊर्जाले भरिपूर्ण व्यक्तित्व—यस क्लबका अध्यक्ष श्री शिवराम भुजुज्युज्यूको जन्मदिनको शुभ अवसरमा उहाँको उत्तम स्वास्थ्य, दीर्घ जीवन तथा निरन्तर सफलताको कामना गर्दछौँ।

– टौमढी युथ क्लब परिवार

Address

Taumadhi
Bhatgaon
44800

Telephone

+9779851223311

Website

Alerts

Be the first to know and let us send you an email when Taumadhi Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Taumadhi Youth Club:

Shortcuts

Share