New Leadership Bhojpur

New Leadership Bhojpur “जनताको आवाज, समाजको सेवा—निःस्वार्थ राजनीति नै मेरो पहिचान हो।”🤱❤️

13/09/2026

बाढी पिडित हरुलाई रात वितरण गर्दै गर्दा भावुक बन्यो पीडित 😥🙏

12/09/2026

श्रम संस्कृति पार्टी, प्रदेश नं. १ का अध्यक्ष प्रताप राईज्यू लगायत होल टिम रसुवाका बाढीपीडितहरूको साथमा। 🙏
विपद्को समयमा भाषणभन्दा श्रम, सहयोग र मानवता ठूलो कुरा हो।
श्रम संस्कृति पार्टीको टोलीले रसुवामा पुगेर बाढीपीडित परिवारहरूलाई राहत सामग्री वितरण गर्दै पीडामा साथ दिइरहेको छ।
दुःखमा साथ दिनु नै सच्चा मानवता हो।
दुःखमा साथ दिऔँ, मानवता जोगाऔँ। ❤️🇳🇵
जय श्रमदान ✊
जय मानवता ❤️
जय माटो 🇳🇵

04/09/2026

भोजपुरको टिम रसुवामा अहिले। 🙏

27/08/2026

📢 अत्यन्त जरुरी सूचना

श्रम संस्कृति पार्टीका वरिष्ठ श्रमदाता आदरणीय सुदन किराती ज्यूको सन्देशअनुसार हाललाई तय भएका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको जानकारी गराइन्छ।

यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ। कार्यक्रम पुनः सञ्चालन हुने मिति तथा समयबारे आवश्यक जानकारी पछि सार्वजनिक गरिनेछ।

श्रममै सम्मान, संस्कृतिमै पहिचान।
🙏 धन्यवाद।

22/08/2026

पाखैभरि, जङ्गलैभरि—श्रमदातै श्रमदाता! 💪🌿
श्रमको लहर, परिवर्तनको रहर।
जय श्रमदान! जय देश।🇳🇵

21/08/2026

श्रमदानबाट बाटो सरसफाइ सम्पन्न
भोजपुर नगरपालिका–१० वडा कार्यालय छेउदेखि भोटेखर्क जाने बाटो, हाल निर्माण भएको पारुहाङ–सुम्निमाको संरचनासम्मको बाटो श्रमदानमार्फत सरसफाइ कार्य सफलतापूर्वक सम्पन्न गरिएको छ। 🙏
आफ्नो ठाउँ आफैँ बनाउने अभियानमा सहभागी भई श्रमदान गर्नुहुने सम्पूर्ण श्रमदाता तथा सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। ❤️
श्रममै सम्मान, संस्कृतिमै पहिचान।
जय श्रमदान! जय देश! 🇳🇵

भदौ ५ गते बिहान ६:३० बजे भो.न.पा.–१०, डाँडाखर्कमा भेटौँ। 🙏आफ्नो ठाउँ, आफैँ बनाऔँ।श्रमदानमा जुटौँ, विकासमा हातेमालो गरौँ।...
20/08/2026

भदौ ५ गते
बिहान ६:३०
बजे भो.न.पा.–१०,
डाँडाखर्कमा भेटौँ। 🙏
आफ्नो ठाउँ, आफैँ बनाऔँ।

श्रमदानमा जुटौँ, विकासमा हातेमालो गरौँ। 💪❤️
जय श्रमदान! ✊
जय देश! 🇳🇵

आज दोस्रो दिन पनि निरन्तरता! ✊श्रम संस्कृति पार्टी कोशी प्रदेश कमिटीको पूर्ण बैठक प्रदेश अध्यक्ष प्रताप राईज्यूको अध्यक्...
18/08/2026

आज दोस्रो दिन पनि निरन्तरता! ✊
श्रम संस्कृति पार्टी कोशी प्रदेश कमिटीको पूर्ण बैठक प्रदेश अध्यक्ष प्रताप राईज्यूको अध्यक्षतामा आज पनि गहन छलफल तथा महत्वपूर्ण विषयहरूमाथि विमर्श गर्दै निरन्तर चलिरहेको छ।
संगठन सुदृढीकरण, आगामी कार्यदिशा र जनमुखी अभियानलाई थप प्रभावकारी बनाउने विषयमा बैठक केन्द्रित रहेको छ।
श्रममै सम्मान, संस्कृतिमै पहिचान।
जय माटो! जय श्रमदान! 🇳🇵

प्रकृति | संस्कृति | प्रविधिश्रममै सम्मान, संस्कृतिमै पहिचानभोजपुर नगरपालिका–१०, भैँसीपङ्खा, डाँडाखर्कमा यही भदौ ५ गते श...
17/08/2026

प्रकृति | संस्कृति | प्रविधि
श्रममै सम्मान, संस्कृतिमै पहिचान
भोजपुर नगरपालिका–१०, भैँसीपङ्खा, डाँडाखर्कमा यही भदौ ५ गते शुक्रबार बिहान ६:३० बजे बृहत् श्रमदान कार्यक्रम आयोजना गरिएको छ।
सम्पूर्ण श्रमजीवी तथा श्रमदाताज्यूहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ। सम्भव भएसम्म कुटो, कोदालो, झम्पल, हँसिया तथा सेफ्टी पञ्जा लिएर उपस्थित हुनुहोला।
📍 स्थान: भोजपुर नगरपालिका–१०, भैँसीपङ्खा, डाँडाखर्क
⏰ समय: बिहान ६:३० बजे
📅 मिति: भदौ ५ गते, शुक्रबार
🛠️ कार्य विवरण:
वडा कार्यालय छेउदेखि भोटे खर्क जाने बाटो, हाल निर्माण भएको पारूहाङ–सुम्निमा (स्ट्रक्चर) जाने बाटोको सरसफाइ तथा मर्मत गरिनेछ।
आउनुहोस्! हातेमालो गरौँ! श्रमदान गरौँ! आफ्नो ठाउँ आफैँ बनाऔँ! 💪🌱
हाम्रो श्रम, हाम्रो गर्व — हाम्रो ठाउँ, हाम्रो जिम्मेवारी।
🇳🇵 जय श्रम! जय माटो! जय देश! 🇳🇵

इसिबुको विकासका लागि एकताबद्ध हुँदै अघि बढौँ 🤝श्रमलाई संस्कार, एकतालाई शक्ति र जनसहभागितालाई परिवर्तनको आधार बनाउँदै   #...
16/08/2026

इसिबुको विकासका लागि एकताबद्ध हुँदै अघि बढौँ 🤝

श्रमलाई संस्कार, एकतालाई शक्ति र जनसहभागितालाई परिवर्तनको आधार बनाउँदै #हर्क साम्पाङज्यूले अघि बढाउनुभएको श्रम संस्कृति अभियानलाई देशभर विस्तार गर्ने यात्रामा आज तेह्रथुममा पनि एउटा महत्वपूर्ण पाइला थपिएको छ।

“हामी आफैँ केही गरौँ, आफ्नो ठाउँ आफैँ बनाऔँ” भन्ने भावनासहित समृद्ध इसिबु निर्माणका लागि हातेमालो कार्यक्रममा आफ्नो अमूल्य समय दिएर सहभागी हुनुभएका सम्पूर्ण इसिबुबासी दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏

आजको सहभागिता नै भोलिको परिवर्तनको आधार बन्नेछ।
हातेमालो गर्दै अघि बढौँ, श्रमलाई सम्मान गरौँ र आफ्नो गाउँ–ठाउँलाई आफैँ समृद्ध बनाऔँ।

जय श्रम संस्कृति!
जय माटो! 🙏

Address

Bhojpur
Bhojpur
ZEROLOSSPOLICY

Website

Alerts

Be the first to know and let us send you an email when New Leadership Bhojpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to New Leadership Bhojpur:

Shortcuts

Share

Category