कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर

  • Home
  • Nepal
  • Biratnagar
  • कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर

कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर Welcome to Koshi Province Police Training Centre, Biratnagar official page. This page should not be used for reporting crime.

Please dial 100 for Police support.

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न:१८ साउन, २०८३**************आज मिति २०८३ साउन १८ गते तालुक कोशी प्रदेश प्...
03/08/2026

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न:
१८ साउन, २०८३
**************
आज मिति २०८३ साउन १८ गते तालुक कोशी प्रदेश प्रहरी प्रमुख श्रीमान् प्रहरी नायव महानिरीक्षक शेखर खनालज्यूले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको निरीक्षण गर्नु भयो ।
निर्देशनका क्रममा उहाँले तालिम केन्द्र प्रहरी संगठनको आधारशिला भएकाले प्रशिक्षकहरूले अनुकरणीय भूमिका निर्वाह गर्दै नवप्रवेशी प्रहरीहरुलाई दक्ष, व्यव्सायिक, अनुशासित र सेवामुखी बनाउन विशेष ध्यान दिनुपर्ने साथै प्रशिक्षार्थी प्रहरीहरूले प्राप्त ज्ञान तथा सीपलाई सकारात्मक सोचका साथ ग्रहण गरी नागरिकको सेवामा समर्पित हुन निर्देशन दिनु भएको छ । धन्यवाद ज्ञापनका क्रममा यस तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले श्रीमान् प्रहरी नायव महानिरीक्षक शेखर खनालज्यूप्रति कृतज्ञता व्यक्त गर्दै प्राप्त निर्देशनहरुको अक्षरस पालना गर्ने गराउने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।
तस्विरमा.......................

31/07/2026
मिति २०८३ साउन १४ गते प्रहरी जवान आधारभूत तालिम ४-१४३ औं समूहको समुद्‍घाटन कार्यक्रम सम्पन्न।(प्रशिक्षार्थी संख्या: २९५)
30/07/2026

मिति २०८३ साउन १४ गते प्रहरी जवान आधारभूत तालिम ४-१४३ औं समूहको समुद्‍घाटन कार्यक्रम सम्पन्न।
(प्रशिक्षार्थी संख्या: २९५)

28/07/2026
शुभ जन्मोत्सव शुभकामना आदान प्रदान, Tea With Team साथै साँस्कृतिक कार्यक्रम सम्पन्न:.......................................
16/07/2026

शुभ जन्मोत्सव शुभकामना आदान प्रदान, Tea With Team साथै साँस्कृतिक कार्यक्रम सम्पन्न:................................................................................................
३२ असार २०८३, विराटनगर
कोशी प्रदेश प्रहरी प्रमुख श्रद्घेय श्रीमान् प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेज्यूको प्रमुख आतिथ्यमा असार महिनामा जन्मदिन पर्ने यस कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी कर्मचारी, आधारभूत तालिममा प्रशिक्षणरत प्रशिक्षार्थीहरूको सामूहिक रूपमा जन्मोत्सवको शुभकामना आदान प्रदान कार्यक्रम साथै यस केन्द्रको अतिरिक्त क्रियाकलाप अन्तर्गत आज मिति २०८३।०३।३२ गते विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठज्यू, प्रहरी उपरीक्षकज्यू, प्रहरी निरीक्षक, जुनियर प्रहरी अधिकृत ,प्रशिक्षक वर्ग, प्र.का.स. तथा प्रशिक्षणरत प्रहरी जवान आधारभुत तालिमका प्रशिक्षार्थीहरु समेतको उपस्थिति रहेको थियो ।
सम्बन्धित तस्विरहरु...............

कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा, सुनसरीमा सञ्चालन भएको प्राविधिक प्रहरी जवान पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्...
01/07/2026

कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा, सुनसरीमा सञ्चालन भएको प्राविधिक प्रहरी जवान पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन सम्बन्धी सूचना। (मिति: २०८३-०३-१७ गते)

Address

Biratnagar Municipality, Ward No. 12, Morang, Koshi Province
Biratnagar

Alerts

Be the first to know and let us send you an email when कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share