04/09/2026
मानवीय एकता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण! 🤝
वीरगञ्ज महानगरपालिका–३, छपकैया स्थित मदरसा बरकतुल्लाह मरकजले रसुवा, नुवाकोट, धादिङलगायतका बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार हस्तान्तरण गरेको छ।
कठिन समयमा पीडितहरूको साथमा उभिनु नै सच्चा मानवता हो। मदरसा बरकतुल्लाह मरकज परिवारलाई हार्दिक धन्यवाद तथा साधुवाद! 🙏✨