हरि पन्त समर्थक,जय घण्टी

  • Home
  • Nepal
  • Birgunj
  • हरि पन्त समर्थक,जय घण्टी

हरि पन्त समर्थक,जय घण्टी सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी ,पर्सा जिल्ला
Chairman
Rastriya Swatantra Party
Parsa District

06/09/2026

सांसद बुद्धिप्रसाद पन्तको संसद्को चेतावनी यथार्थमा परिणत: वीरगन्ज क्यासिनो काण्डले पुष्टि गर्‍यो नीतिगत मिलेमतो
काठमाडौं, भदौ २१ (सेप्टेम्बर ६, २०२६): पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य मा. बुद्धिप्रसाद पन्तले संघीय संसद्मा उठाउनुभएको विषय अन्ततः सत्य साबित भएको छ। वीरगन्जको एक क्यासिनोमा स्थानीय प्रशासनका जिम्मेवार सुरक्षा अधिकारी र जनप्रतिनिधि नै जुवा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ परेपछि सांसद पन्तको पूर्व चेतावनी यथार्थमा परिणत भएको हो।

संसद्मा सांसद पन्तको के थियो चेतावनी?
यसअघि संघीय संसद्को बैठकमा विशेष समय लिँदै सांसद बुद्धिप्रसाद पन्तले वीरगन्जका क्यासिनोहरूमा प्रहरी र स्थानीय प्रशासनको मिलेमतोमा नेपाली नागरिकहरूलाई अवैध रूपमा सहजै प्रवेश गराइने गरेको जनगुनासो सार्वजनिक गर्नुभएको थियो।
संसद्मा बोल्दै उहाँले भन्नुभएको थियो:

"वीरगन्जका क्यासिनोहरूमा स्थानीय प्रहरी र प्रशासनिक अधिकारीहरूको मिलेमतो र सेटिङमा नेपाली नागरिकहरूलाई खुला रूपमा भित्र छिर्न दिइएको छ। यसले गर्दा कयौँ मध्यमवर्गीय परिवार र युवा उद्यमीहरू बर्बादीको बाटोमा लागेका छन्। नियम उल्लंघन गर्ने क्यासिनो र सेटिङ मिलाउने अधिकारीहरूमाथि कडा कारबाही गरियोस्।"

घटनाले पुष्टि गर्‍यो मिलेमतोको जालो
सांसद पन्तले संसद्मा आवाज उठाएको केही समयमै शनिबार राति वीरगन्ज–१४ गण्डकस्थित क्लार्क रिसोर्टको 'गोल्डेन फिंगर गेमिङ जोन' मा प्रहरीले छापा मार्दा संसद्मा उठाइएको दाबी सही ठहरियो। क्यासिनोबाट इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप पौडेल र सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव जुवा खेलिरहेकै अवस्थामा पक्राउ परे।
प्रहरी प्रमुख आफैँ आफ्नो कार्यक्षेत्र (पोखरिया) छाडेर सीमा पार गर्दै वीरगन्जको क्यासिनोमा सेटिङकै आधारमा भित्र छिरेको र जनप्रतिनिधिले सरकारी गाडी चढेर जुवा अखडा धाएको भेटिएपछि सांसद पन्तले औँल्याएको प्रशासनिक मिलेमतोको जालो छताछुल्ल भएको छ।

पन्तको माग: छानबिनको दायरा बढाउनु पर्ने
यो घटना सार्वजनिक भएपछि वीरगन्ज र पर्सा क्षेत्रमा सांसद पन्तको संसद् सम्बोधनको भिडियो र भनाइहरू फेरि चर्चामा आएका छन्। यसअघि पनि उनले क्यासिनोमा नेपालीको प्रवेश पूर्ण रूपमा रोक्न र यसमा संलग्न हुने होटल सञ्चालक तथा प्रशासनका अधिकारीलाई कानुनी दायरामा ल्याउन गृह मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।
स्थानीय बासिन्दाहरूले संसद्मा जनआवाज बुलन्द गर्ने पन्तको प्रयासकै कारण अहिले प्रहरी प्रशासनमाथि दबाब बढेको र यो छापा मारिएको बताएका छन्। हाल पक्राउ परेका प्रहरी निरीक्षक पौडेल र गाउँपालिका अध्यक्ष यादवसहित ८ जनामाथि जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धान अघि बढाएको छ।

04/09/2026

१८ भदौ, काठमाडौं । रास्वपाका सांसद हरि (बुद्धिप्रसाद) पन्तले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर सम्पर...

04/09/2026

भदौ १० गते रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीपछि बारा र पर्साका ४३ जना नागरिक अझै सम्पर्कविहीन रहेको जि.....

🦚 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना🦚
04/09/2026

🦚 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना🦚

31/08/2026

वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि)ले सञ्चारमाध्यमले गलत सूचना तथा समाचा....

28/08/2026

वीरगन्ज हेल्थकेयरले प्रधानमन्त्री दैवीप्रकोप राहतकाेषमा सहयाेग गरेपछि सांसद हरि पन्तले दिए धन्यवाद !

#पर्सा #हरिपन्त

🕊️ हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना 🙏प्रतिनिधिसभाका माननीय सांसद श्री टेकबहादुर शाक्यज्यूका पूजनीय पिता रामबहादुर ...
28/08/2026

🕊️ हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना 🙏

प्रतिनिधिसभाका माननीय सांसद श्री टेकबहादुर शाक्यज्यूका पूजनीय पिता रामबहादुर शाक्यज्यूको १०० वर्षको उमेरमा आज भएको दुःखद निधनको खबरले स्तब्ध र मर्माहत बनाएको छु।

उहाँको निधनसँगै माननीय सांसद श्री टेकबहादुर शाक्यज्यू तथा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा पितृशोक पर्न गएकोमा गहिरो दुःख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गर्दछौँ।

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा यो अपूरणीय क्षति सहन गर्ने धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौँ।

दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। 🙏

🇳🇵 राष्ट्रिय स्वतन्त्र पार्टी

"ऋषि तर्पणी, रक्षा बन्धन र गुँपुन्ही (क्वाँटी खाने दिन) को अवसरमा समस्त आफन्त तथा मित्रजनहरूमा सुख, शान्ति र सुस्वास्थ्य...
28/08/2026

"ऋषि तर्पणी, रक्षा बन्धन र गुँपुन्ही (क्वाँटी खाने दिन) को अवसरमा समस्त आफन्त तथा मित्रजनहरूमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना! आजको दिन सबैको शुभ रहोस्।" ✨🙏

26/08/2026

रसुवा भोटेकोशीमा आएको बाढिले पुर्याएको ठूलो क्षतिप्रति अत्यन्तै दु:ख ब्यक्त गर्दछु ।

साथै सम्पुर्णमा बिनम्र जानकारिको लागी ।।।

1. उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरी परिचालन गरिएको छ अन्य जिल्लाहरू बाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्र तर्फ move भइसकेको छ ।

2. विपद् व्यवस्थापन प्राधिकरण सक्रिय छ, मेडिकल टिम, स्काउट, रेडक्रस सबै सँग समन्वय हुँदै आवश्यक कदम चाल्न काम शुरु भएको छ । अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पनि प्रभावित एरियामा पठाउने प्रक्रिया अघि बढिसकेको छ ।

3. तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित CDO लाई निर्देशन दिईएको छ , sms कल मार्फत जानकारी गराउने सुरक्षित स्थानमा जान अलर्ट गरिएको छ ।

4. सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई प्रभावित क्षेत्र तर्फ पठाइएको छ । निजी हेलिकप्टर कम्पनीहरूलाई पनि हेलिकप्टरहरु standby राख्न जानकारी गराइएको छ भने केही हेलिकप्टर प्रभावित क्षेत्र तर्फ गएका छन् ।

5. अबको केही बेरमा आगामी आवश्यक कदमहरू चाल्न उच्च स्तरीय बैठक बोलाइएको छ ।

6. सबै जना सुरक्षित स्थानमा बस्नुहोला र आफन्तहरू सँग सम्पर्क नभएमा हाम्रो निकायहरूको रेस्क्यु अपडेट कुर्नुहोला । १२३४ / १००/ 1111 नम्बरमा सम्पर्क गरी अन्य जानकारी र राहत बारे बुझ्न सकिनेछ ।

🌙 ईद–ए–मिलाद–उन–नबी ﷺ को हार्दिक शुभकामना 🌙पवित्र पैगम्बर हजरत मुहम्मद ﷺ को जन्मजयन्तीको पावन अवसरमा सम्पूर्ण मुस्लिम नग...
26/08/2026

🌙 ईद–ए–मिलाद–उन–नबी ﷺ को हार्दिक शुभकामना 🌙

पवित्र पैगम्बर हजरत मुहम्मद ﷺ को जन्मजयन्तीको पावन अवसरमा सम्पूर्ण मुस्लिम नगरवासी, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

यस पवित्र दिनले हामी सबैमा प्रेम, सद्भाव, शान्ति, सहिष्णुता र मानव सेवाको भावना अझ प्रगाढ बनाओस्। विविधतामा एकता र आपसी भाइचाराको सम्बन्ध अझ मजबुत बनाउँदै समृद्ध समाज निर्माणतर्फ अघि बढौँ।

ईद–ए–मिलाद–उन–नबी ﷺ मुबारक! 🤲🌙

Address

Birgunj
44300, 44301

Alerts

Be the first to know and let us send you an email when हरि पन्त समर्थक,जय घण्टी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share